• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नौबाट सुरु, पुजिए नौ हजार कन्या

by
२१ भदौ २०८०,
0
नौबाट सुरु, पुजिए नौ हजार कन्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपाको भोलाखा टोलमा नौ हजार कन्याको पूजा गरिएको छ । यो १२१ वर्षअघिको निरन्तरता हो । विक्रम संवत् १९५९ भदौ ५ गते सुरु गर्दा भने नौ जना कन्यालाई नवकन्याको प्रतीक मानी बुइँगलमा पूजा गरिएको थियो ।

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीमा एकैसाथ हजारौँ कन्या पूजा गर्ने परम्परा अनुसार बुधबार नौ हजार कन्या पुजिएका हुन् । यस पूजालाई सनातन कन्या पूजा सञ्चालक समितिले निरन्तरता दिइरहेको छ । यस वर्ष बुधबार नौ हजार कन्या पूजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सुरकृष्ण वैद्यले जानकारी दिए ।

बुइँगलबाट चोक, चोकबाट टोल र टोलबाट बस्तीभरि कन्यालाई राखेर पूजा गरिन थालिएको हो । बुधबार पूजा गरिएका कन्या काभ्रेपलाञ्चोक, भक्तपुर र सिन्धुपाल्चोकबाट ल्याइएका हुन् । पूजाका लागि सुरुमा स्थानीय भद्रभलादमीको उपस्थितिमा ३१७ रुपियाँ ५० पैसा जगेडा कोष स्थापना गरिएको अभिलेख पाइन्छ ।

बनेपा वकुटोलका लालबहादुर भोछिभोयाले यो प्रचलन सुरु गर्नुरेका हुन् । ३१७ रुपियाँबाट सुरु भएको अक्षयकोषमा यतिबेला १९ लाख रुपियाँ मौज्दात छ । भोलाखा टोलबाट सुरु भएको कन्या पूजाको इतिहास अहिले बनेपाकै पुलबजार, नाला, बुडोलसँगै शारदा बतासे, पनौती र दाप्चासम्म पनि फैलिएको छ । यस वर्ष पाँच स्थानबाट १५ हजारभन्दा धेरै कन्याको पूजा गरिएको आँकलन गरिएको छ । त्यसमध्ये बनेपामा मात्रै नौ हजार कन्या पुजिएका हुन् ।

शिशुको भ्रुण पहिचान गरेर छोरी भए गर्भपतन गराउने संस्कार झाँगिदै गएको समयमा हजारौँ कन्यालाई प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपा सहरमा पूजा गरेर छोरीको महत्वलाई बढावा दिएको बनेपा नगरपालिकाका उपप्रमुख बिमला सापकोटाले उल्लेख गरिन्।

प्राचीनकालमा भुजुङ र प्रागःइतिहासमा सातगाउँ भनिएको बनेपामा भोछिभोया खलकले अन्यन्तै दुःख पाएपछि दुःख हट्ने विश्वाससाथ प्रत्येक वर्ष भाद्र कृष्ण पञ्चमी र भाद्र कृष्ण सप्तमीका दिन १० वर्षमुनिका कन्यालाई पूजा गरिँदै आएको छ । त्यतिबेला सातगाउँ भनिएको बनेपाका भोछिभोया खलक चण्डेश्वरी देवीका सन्तति मानिन्छन् ।

चण्डेश्वरी पनि कन्या भएकाले यहाँ हुने जुनसुकै पूजामा पनि सबैभन्दा कम उमेरको कन्यालाई प्रसाद खुवाएर ठूलालाई खुवाउने प्रचलन छ । मान्यता अनुसार यस पूजामा संलग्न भएपछि हरेक कार्यसिद्ध हुनुका साथै चेलीबेटी निरोगी रहन्छन् ।

दक्षिणा, स्वारी, मालपुवा, सेल, हलुवा र मिठाइलगायत आफ्नो क्षमता अनुसारका सामग्री दिएर कन्या पूजा गरिन्छ । समितिका कोषाध्यक्ष दिनेश कायस्थले यस वर्ष अक्षयकोषबाट आएको ब्याजको चार लाख रुपियाँ खर्च गरेको उल्लेख गर्नुभयो । दुई सय दाताले स्वतःस्फूर्त रूपमा दक्षिणा, चक्लेट, कापी, कलम उपहार दिन खर्च गरेका छन् ।

रजस्वला नभएका १० वर्षमुनिका कन्या बनेपा सहरको दायाँबायाँ लस्करै बस्छन् । बाजागाजासहित पुरोहितको पूजासँगै अन्य स्थानीय व्यक्तिले साथ दिन्छन् । अन्धविश्वास त्याग्नुपर्छ, सत्यलाई खोज्नुपर्छ र समाजको कन्यामा आत्मविश्वास भर्नुपर्छ भन्ने उद्घोषसाथ बर्सेनि यो पूजा हुने गरेको स्थानीय नवराज मानन्धरले बताए । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Previous Post

यस्तो छ बिहीबार विदेशी मुद्राको विनिमय दर

Next Post

बच्चालाई ज्वरो आउँदा ध्यान दिनुपर्ने कुरा

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : संयुक्त राष्ट्रसंघ

बच्चालाई ज्वरो आउँदा ध्यान दिनुपर्ने कुरा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In