• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै

by
१८ भदौ २०८०,
0
मोतियाबिन्दुको शल्यक्रिया सेवा अब वालिङमै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वालिङ– स्याङ्जाको वालिङ स्थित गह्रौँ प्राथमिक अस्पतालमा मोतियाबिन्दुको शल्यक्रिया सेवा सुरुआत हुने भएको छ । यसका लागि हिमालय आँखा अस्पताल पोखरा र जिल्ला आँखा उपचार केन्द्रका बीचमा मासिक शल्यक्रिया सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।

सो केन्द्र गह्रौँ प्राथमिक अस्पतालमा सञ्चालनमा रहेको छ । आँखा उपचार सेवालाई विस्तार गरी सक्दो धेरै मानिसको पहुँचमा पुर्‍याउने उद्देश्यले ती संस्थाबीचमा सहकार्य भएको हो ।

सम्झौतापत्रमा हिमालय आँखा अस्पताल पोखराका प्रा।डा इलिया श्रेष्ठ र गह्रौँ प्राथमिक अस्पताल वालिङका व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप खाँणबीच आइतबार पोखरामा हस्ताक्षर गरेका हुन् ।

सम्झौता भएको मितिले सुरुमा एक वर्ष र त्यसपछिका वर्षहरूमा सम्झौता अवधि नवीकरण गर्दै लैजाने सहमति दुई पक्षबीच भएको छ । गण्डकी प्रदेशका नागरिकमा आँखाको उपचारसम्बन्धी सहज पहुँच पुर्‍याउन सकियोस् भन्ने मुख्य उद्देश्यसहित वालिङबाट पनि मासिकहरूमा शल्यक्रिया सेवा दिने तयारी गरिएको हिमालय आँखा अस्पताल पोखराका प्रा।डा श्रेष्ठले बताए।

‘हिमालय आँखा अस्पताल पोखराबाट आँखाका विशेषज्ञ डाक्टरको टोली उपकरणसहित वालिङ गएर शल्यक्रिया सेवा दिनुहुन्छ’, उनले भने, ‘प्रत्येक महिनाको १२ गते शल्यक्रिया गर्छौं ।’ विशेष गरी मोतियाविन्दुका बिरामीको आँखाको शल्यक्रिया गर्ने र आँखासम्बन्धी अन्य बिरामीलाई आवश्यक उपचार तथा परामर्श दिइने उनले बताए । एक दिनमा २०–३० जनासम्म बिरामीको आँखाको शल्यक्रिया गरिने छ ।

आँखाको शल्यक्रिया गर्नका लागि पोखरा तथा अन्य टाढाका अस्पतालमा जानुपर्ने बाध्यता हटेर गएको व्यवस्थापन समितिका अध्यक्ष खाँणले बताए । आँखाका विशेषज्ञ तथा डाक्टरको टोलीले वालिङमै आएर शल्यक्रिया सेवा दिने भएपछि टाढा जानुपर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ थियो ।

‘शल्यक्रियाका लागि अस्पतालमा शल्यक्रिया कक्ष निर्माण गरी तयारी अवस्थामा छौँ’ अध्यक्ष खाँणले भने, ‘मासिकरुपमा मोतियाविन्दुको शल्यक्रिया सेवा आफ्नै ठाउँमा विस्तार भएपछि यस क्षेत्रका नागरिकमा अन्धोपना न्यूनीकरणमा सहयोग पुग्ने छ ।’ दुई पक्षबीच भएको समझदारी पत्रमा मासिक मोतियाविन्दु शल्यक्रिया सेवा विस्तार गरी अन्धोपन न्यूनीकरण गर्ने, आँखा उपचारसम्बन्धी सेवा अभिवृद्धि गर्न सहकार्य गर्ने, गह्रौँ प्राथमिक अस्पतालमा शल्यक्रिया कक्ष स्थापना गरी मासिक मोतियाबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्ने, सेवालाई दिगो र प्रभावकारी बनाउन दुवै पक्षले आवश्यक पहल गर्ने उल्लेख छ ।

अस्पतालमा आँखाका बिरामीको चाप बढ्दै गएको छ । यहाँ दैनिक ६०(७० जना आँखाका बिरामी दैनिक परीक्षण गर्न आउने गरेका गह्रौँ प्राथमिक अस्पतालमा रहेको जिल्ला आँखा उपचार केन्द्रका प्रमुख तेज गुरुङले बताए। परीक्षणमा आउने बिरामीमा आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएमा वालिङमा शल्यक्रिया सेवा नभएकाले जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

‘यहाँ आँखाको परीक्षण गर्न आएका बिरामीमा मोतियाविन्दुको लक्षण देखिएमा हामीले नाम संकलन गरी १२ गते शल्यक्रियाका लागि बोलाउँर्छौं’, उनले भने, ‘मासिक २५–३० जनाको हाराहारीमा यहाँ मोतियाविन्दुका बिरामीलाई शल्यक्रियाका लागि अन्यत्र पठाउँदै आएका थियौँ ।’

शल्यक्रिया सेवा अस्पतालमा सुरु हुने भएपछि यहाँका नागरिक अन्यत्र जान नपर्ने भएपछि सहज हुने भएको हो । हाल अस्पतालमा स्याङ्जासहित दक्षिण पर्वतको केही भेगका नागरिकले सेवा लिन पाउँछन् ।

Previous Post

आठ विद्युत आयोजनालाई ईआईए गर्न रोक

Next Post

चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेनः नीर शाह

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेनः नीर शाह

चलचित्रकर्मीकै कारण नेपाली चलचित्र क्षेत्रले प्रगति गर्न सकेनः नीर शाह

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In