काठमाडौं । सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
श्रेष्ठले आफूले जीवन र कर्मबाट हासिल गरेको ज्ञान, सीप, अनुभव तथा विज्ञतालाई काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि उपयोग गर्ने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेकी हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै उनले काठमाडौंको विकास र रूपान्तरणका लागि मेयर पदमा प्रतिस्पर्धा गर्न लागेको बताएकी छन् ।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । यद्यपि, पछिल्लो समय उनले रास्वपा छाडेकी छन् ।




















