• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गाँजा खेतीलाई वैधानिक बनाउँदै जर्मनी

by
१५ भदौ २०८०,
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ। कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई वैधानिक बनाउने तयारी भएको हो। निर्धारित परिमाणमा गाँजा किन्न र राख्न पाइने मस्यौदा कानुनलाई सरकारले अनुमोदन गरेको छ।

संसद्ले पनि उक्त कानुनलाई अनुमोदन गर्ने विश्वासका साथ गाँजा सेवन गर्नेहरू क्लबमा आबद्ध हुन थालेका छन्। गँजेडीका ‘क्यानाबिस सोशल क्लब’ धमाधम खुलेका छन्। एउटा क्लबमा पाँच सयभन्दा बढी सदस्य बन्न नपाइने प्रावधान लागू गरिएको छ।

सरकारी नियमअनुसार एक जनाले तीन वटा गाँजाका विरुवा लगाउन पाउनेछ भने सोशल क्लबबाट दैनिक २५ ग्राम र एक महिनामा अधिकतमा ५० ग्राम गाँजा किन्न पाइनेछ। देशभर यस्ता क्लबको सङ्ख्या एक सय नाघेको छ।

आफ्नो पूरा नाम उल्लेख गर्न नचाहने तर आफूलाई हेनरी विकरका रुपमा एएफपीसमक्ष आफ्नो पहिचान सार्वजनिक गरेका सोशल क्लबका संस्थापक ५८ वर्षीय पूर्वविद्युत् इन्जिनियरले क्बलमा आबद्ध हुन आठ सय जनाले आवेदन गरेका बताए। उनले ५७ जनाको आवेदनमात्र स्वीकृत गरिएको जानकारी दिँदै उनीहरूसँग व्यक्तिगत छलफल नगरी क्लबको सदस्यता नदिने बताएका छन्।

सरकारले गाँजा, हेरोइन र मनोद्दिपक पदार्थलाई लागूपदार्थको एउटै वर्गमा सूचीबद्ध गरेकाले कानुनी झमेलामा नफस्न उनले आवेदकहरूको आशय र उद्देश्य स्पष्ट नभई समूहमा सामेल नगर्ने बताए।

हेनरीको क्लबले १८ देखि २१ वर्ष समूहक सदस्यलाई एक महिनामा अधिकतम ३० ग्राम गाँजा उपलव्ध गराउने नीति लिएको छ। हाललाई क्लबको सदस्य बन्न २० युरो तिर्नुपर्छ भने हरेक महिना मासिकरुपमा पाँच युरो बुझाउनुपर्नेछ। एक ग्राम गाँजाको मोल पाँचदेखि १५ युरोसम्म निर्धारण गर्नुपर्ने उनले बताए। अठार वर्षमुनिका मानिसलाई सदस्यता दिइँदैन।

गाँजालाई वैधानिकता दिने सरकारी योजनाको चिकित्सक तथा कानुन कार्यान्वयन निकायका अधिकारीले विरोध गरेका छन्। विपक्षी दलका नेताले प्रस्तावको खुलेर निन्दा गरेका छन्। लागू औषध दुरुपयोगलाई प्रोत्साहन गर्ने प्रस्तावित विधेयक देशका निम्ति अनुपयुक्त भएको उनीहरूको तर्क छ।

यसैबीच, अमेरिकी स्वास्थ्य र मानव सेवा विभागले ड्रग इन्फोर्समेन्ट एजेन्सी ९डिईए०लाई गाँजासम्बन्धी सङ्घीय कानुन उदार बनाउन आह्वान गरेको छ।

अमेरिकाका ५० मध्ये ४० राज्यले कुनै न कुनै रूपमा यसको प्रयोगलाई वैधानिक बनाउने कानुन पारित गरे पनि सङ्घीयतहमा यो अवैध मानिन्छ। स्वास्थ्य तथा मानव सेवा विभाग ९एचएचएस०ले डिर्ईएसमक्ष आफ्नो राय पेश गरिसकेको छ। गत वर्ष राष्ट्रपति जो बाइडनले महान्यायाधिवक्ता तथा स्वास्थ्यमन्त्रीलाई कम जोखिमयुक्त औषधिको रूपमा गाँजालाई सूचीबद्ध गर्न सकिनेनसकिने भन्नेबारेमा समीक्षा गर्न निर्देशन दिएका थिए।

Previous Post

शनिबार काठमाडौं र ललितपुरमा साढे ८ घन्टा विद्युत अवरूद्ध हुने

Next Post

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

गोसाइँकुण्ड पुगेका तीर्थ यात्रु फर्कनेक्रम जारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In