• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ मंसिर २०८३,
0
विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

म्याग्दी। मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत् आयोजनाको विद्युत् उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।

कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युत्गृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्‍याएको हो ।

विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ । यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ ।

कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना–खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका–१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ । धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ ।

प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत् आपूर्ति पुन:सञ्चालन गरिएको थियो । क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी–१, नीलगिरी–२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।

बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताउनुभयो । त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युत्गृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो ।

त्यसपछि गत असोजको बाढीपहिरोले बाँधमा थप क्षति पुर्‍याएको छ । विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार रु एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताउनुभयो ।

कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६ दशमलव तीन मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताउनुभयो ।

मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्याङ्करमा बाढीले क्षति पुर्‍याएको प्रवर्द्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो । बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुङ्गा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्ग क्षति गरेको छ ।

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरस्थित विद्युत्गृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्‍याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युत्गृहमा पानी पसेर डुबान भएको थियो । हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो ।

म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँचमार्ग र ढुवानीको समस्या देखिएको छ । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला–१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताउनुभयो । कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ । दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ ।

यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले–चिमखोला–राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत् आयोजनाको उत्पादन नियमित रहेको छ । बाढीपहिरोले जलविद्युत् आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ ।

जलविद्युत् क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँचमार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

अघिल्लो समाचार

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा
समाचार

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
समाचार

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
खेलमैदान

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै
राजनीति

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
टुरिजम

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

१ मंसिर २०८३,
सामूहिक फूलखेतीले दिलाएको सफलता…
समाचार

सामूहिक फूलखेतीले दिलाएको सफलता…

१ मंसिर २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन