• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १ मंसिर २०८३
Metakhabar
  • गृह
  • समाचार
    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१ मंसिर २०८३,
0
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ । गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै चलायमान हुन थालेसँगै यतिबेला ठमेलका गल्लीहरूमा विदेशी पर्यटकको उपस्थिति बाक्लिएको हो ।

पर्यटकीययाम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । नेपालमा सेप्टेम्बर, अक्टोबर र नोवेम्बर महिना पर्यटकीय महिनाका रूपमा लिइन्छ । ठमेलको त्रिदेवीमार्गस्थित रेड कास्मिर पश्मिना व्यवसाय गर्दै आएका अनुप श्रेष्ठले भोटेकोशी बाढीबाट थला परेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा फर्केसँगै यहाँका व्यवसायीमा उत्साह थपेको बताए ।

“देशमा विभिन्न समयमा हुने विपद्का घटनाले व्यवसायीलाई निराशा बनाउँदै आएको छ । त्यसका बाबजुदपनि नेपाललाई विदेशी पर्यटकको साथ र सहयोग निरन्तर रहँदा निराशासँगै उत्साह थपेको छ”, उनले भने । श्रेष्ठले पश्मिना व्यवसायमा पछिल्लो समय नक्कली पश्मिना उत्पादन गरी सस्तो दरमा बिक्री गर्दा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेका बताए ।

ठमेलको लेखनाथ मार्गस्थित काठमाडौँ आगन्तुक होटलका सञ्चालक पशुपति कँडेलले विगतको तुलनामा पर्यटकको सङ्ख्या बढे पनि व्यवसाय भने घटेको बताए । “हस्पिटालिटी क्षेत्रमा भएको अस्वस्थ प्रतिस्पर्धा र सस्तो मूल्यमा होटलका कोठा बिक्री गर्दा विगतको तुलनामा व्यवसाय घटेको छ”, उनले भने । सुरुको समयमा केही निराशाजस्तो भएपनि पछिल्लो समय भने ठमेलमा पर्यटकको चहलपहल राम्रो रहेको उनको भनाइ छ ।

ठमेलस्थित अमृत मार्गमा सगुन पुस्तक पसल सञ्चालन गर्दै आएका किरणदेव घिमिरेले पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताए । “पछिल्लो समय ठमेलका पसलमा विदेशी पर्यटक देखिन थालेका छन्”, उनले भने ।

नेपाल आउने ८० प्रतिशत विदेशी पर्यटक ठमेल घुम्न आउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलका गल्लीमा विदेशी पर्यटक क्रमश: बढ्न थालेको बताए । “पर्यटकीययाम सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको सहजता र सुरक्षाका लागि परिषद्ले काम गरिरहेको छ”, उनले भने ।

रातको समयमा ठमेलभित्र हुने भीडभाड र शान्ति सुरक्षालाई मध्यनजर गरी परिषद्ले नेपाल प्रहरी, ट्राफिक प्रहरी, पर्यटक प्रहरी, महानगर प्रहरीसँग सहकार्य गरेर सुरक्षा योजनासमेत बनाइरहेको उनको भनाइ छ । काठमाडौँको प्रमुख पर्यटकीय, सांस्कृतिक तथा व्यावसायिक केन्द्रका रूपमा मानिएको ठमेलले लामो समयदेखि अन्तरराष्ट्रिय पहिचान बनाएको छ । पदयात्रा, पर्वतारोहण, किनमेल, रेस्टुरेण्ट, सांस्कृतिक अनुभव र रात्रिकालीन मनोरञ्जनका लागि ठमेल विदेशी पर्यटकको रोजाइमा पर्दै आएको छ ।

नेपालका हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकका लागि आवश्यक पर्ने ज्याकेट, जुत्ता, ब्याग, ट्रेकिङ सामग्री र अन्य उपकरण ठमेलमा सहजै उपलब्ध हुन्छन् । त्यसैले नेपाल आउने धेरै पर्यटकको भ्रमण सूचीमा ठमेल पर्ने गरेको छ । होटल, ट्राभल एजेन्सी, ट्रेकिङ पसल, रेस्टुरेण्ट, बार, स्पा, ट्याटु स्टुडियो र अन्य सेवा व्यवसायको बाक्लो उपस्थितिले ठमेललाई पर्यटनसँग जोडिएका विभिन्न व्यवसायको केन्द्र बनाएको छ ।

ठमेल काठमाडौँ महानगरपालिका-१६, १७, २६ र २७ मा फैलिएको छ भने यसको ठूलो हिस्सा वडा नम्बर २६ मा पर्दछ । पर्यटकीययाममा ठमेलमा देखिएको चहलपहलले नेपालको पर्यटन क्षेत्र प्राकृतिक विपत्तिका चुनौतीबीच पनि आफ्नो गतिमा फर्किन खोजिरहेको सङ्केत गरेको छ । पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, यातायात, ट्रेकिङ, किनमेल र अन्य सेवा व्यवसायमा आर्थिक गतिविधि बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।

ठमेलमा बढेको विदेशी पाहुनाको चहलपहलले यस वर्षको पर्यटकीय सिजनप्रति व्यवसायीमा नयाँ आशा जगाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाई मार्ग हुँदै सन् २०२६ को १० महिनामा १० लाख आठ हजार ६१६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमध्ये अक्टोबरमा मात्र एक लाख ३२ हजार ८१४ पर्यटक नेपाल आएका हुन् ।

बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३, फ्रेबुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मेमा एक लाख दुई हजार ६२६, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगष्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २५६ विदेशी पर्यटक नेपाल आएका छन् ।

पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाले पछिल्लो समय नेपालमा पर्यटक आगमनको सङ्ख्या समग्र रूपमा बढेको बताए । उनका अनुसार गत वर्षको तुलनामा सन् २०२६ को अप्रिलदेखि अक्टोबरसम्म पर्यटक आगमनमा पाँच दशमलव ३६ प्रतिशतले बढेको हो ।

अप्रिलमा सात दशमलव तीन प्रतिशत घटेका, मेमा १९ दशमलव तीन प्रतिशत बढेको, जुनमा १९ दशमलव पाँच प्रतिशत बढेको, जुलाईमा दुई दशमलव तीन प्रतिशत बढेको, अगस्टमा तीन दशमलव छ प्रतिशत घटेको, सेप्टेम्बरमा १२ दशमलव एक प्रतिशत बढेको र अक्टोबरमा तीन दशमलव चार प्रतिशतले बढेको धमलाले जानकारी दिए ।

यस वर्षको शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि कात्तिक २० गतेसम्म ७७ देशका एक हजार ६१३ आरोहीले अनुमति लिएका पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल आउने अधिकांश पर्यटक नेपालका हिमालको अवलोकन तथा आरोहणका लागि आउने गरेका छन् ।

यसवर्षको शरद ऋतुमा नेपालका ४७ हिमाल आरोहणका लागि आरोहण अनुमति प्रदान गरेबापत पर्यटन विभागले रु ३३ करोड २९ लाख चार हजार ९२२ राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो समाचार

सामूहिक फूलखेतीले दिलाएको सफलता…

अर्को समाचार

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना
समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा
समाचार

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै
समाचार

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै
खेलमैदान

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै
राजनीति

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
सामूहिक फूलखेतीले दिलाएको सफलता…
समाचार

सामूहिक फूलखेतीले दिलाएको सफलता…

१ मंसिर २०८३,
थप समाचार
अर्को समाचार
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

विपद्को चपेटामा म्याग्दीका जलविद्युत् आयोजना

१ मंसिर २०८३,
ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

ध्यान र साधनाका लागि योगीको समूह मुन्दुम पदमार्गमा

१ मंसिर २०८३,
मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

१ मंसिर २०८३,
एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल : पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर २०८३,
कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

कांग्रेसले आजदेखि देशव्यापी ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्दै

१ मंसिर २०८३,
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

१ मंसिर २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन