• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका

by
२५ साउन २०८०,
0
विकासका काममा केन्द्रित सिञ्जा गाउँपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जुम्ला। जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल गाउँवासीको परिवर्तनका लागि बाहक बनेका छन्। अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेदेखि उनले विकास निर्माणका साथै यहाँका नागरिकको मागअनुसार सेवा प्रवाहलाई निरन्तरता दिँदै आएका छन् ।

अध्यक्ष धितालले आव २०८०/८१ को बजेट वडामा समानुपातिक तरिकाले विनियोजन गर्दै विकास निर्माणका योजनामा प्रत्यक्ष निगरानी गर्दै आएका छन् । पालिकाले सञ्चालन गर्ने विकासे आयोजनामा आम नागरिकको चासो र जिज्ञासा सम्बोधन होस् भनेर यो आर्थिक वर्षको बजेट वडाबाटै समयमै कार्यान्वयन हुने गरी काम भइरहेको उनले बताए ।

विद्यालयमा शिक्षक दरबन्दीअनुसार पदपूर्ति नहुँदा शिक्षण सिकाइमा निकै सकस हुने गरेको जनगुनासो आएपछि पालिकाभित्रका सामुदायिक विद्यालयका लागि खुल्ला प्रतिस्पर्धाबाट स्वयंसेवक शिक्षक छनोट गरिएको छ । प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद्सँगको समन्वयमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान भई काम अगाडि बढेको छ । पालिकाको आफ्नै प्रशासकीय भवन हुँदाहुँदै भाडाको घरमा बस्दै आएकामा अध्यक्ष धितालले आफ्नै भवनमा कार्यालय राख्न कर्मचारीलाई निर्देशन दिएपछि अहिले सोही भवनबाट सेवा प्रवाह हुँदै आएको छ ।

पालिकाको तला थप गर्न रु चार करोड पाँच लाखको लागतमा ठेक्का सम्झौता भई काम सञ्चालन भइसकेको छ । सिञ्जाली जनतालाई कर तिर्नदेखि अन्य सेवा लिन सहज होस् भनेर गाउँपालिकाको प्रशासकीय कार्यालयभित्र राष्ट्रिय वाणिज्य बैंकको काउण्टर स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

विकास निर्माणका काम तीव्र गतिमा अघि बढेका र गतवर्ष सातवटा ग्रामीण सडकका लागि बोलपत्र आह्वान गरिएकामा अहिले ती सडक सञ्चालनमा आएका छन् । पालिकाको आन्तरिक आर्थिक स्रोतलाई बलियो बनाउन सार्वजनिक खरिद ऐनभित्र रही बालुवा गिट्टी र ढुङ्गा उत्खनन, बिक्री तथा व्यवस्थापनासम्बन्धी मापदण्डलाई लागू गरिएको र खुला प्रतिस्पार्धामार्फत ठेक्का आह्वनबाट आर्थिक वर्ष २०७९/८० मा २९ लाख तीन हजार राजस्व संकलन गरिएको थियो ।अर्थ मन्त्रालयसँगको समन्वय र कडा मेहनतपछि सिञ्जाको आचार्य लिहि, धिताललिहि, नराकोट जाँच हुँदै कनकासुन्दरी मन्दिरसम्म पुग्ने बाटोका लागि रु १२ करोड बजेट प्राप्त भएकामा अहिले ठेक्कामार्फत काम भइरहेको अध्यक्ष धितालले जानकारी दिए।

स्वास्थ्य सेवा सहजरूपमा प्रवाह गर्न नराकोट स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भिडियो एक्सरेसहितको ल्याबसेवा सञ्चालन गरिएको छ । वडा नं २ मा प्रसूतिगृह र वडा नं ६ मा आधारभूत स्वास्थ्यचौकी स्थापना भई दक्ष स्वास्थ्यकर्मीबाट सेवा प्रवाह भइसकेको छ । पालिकाको हरेक वडामै गएर ज्येष्ठ नागरिकको घरदैलो निःशुल्क उपचार गर्ने व्यवस्थासमेत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

ग्रामीण सडकलाई बाढीपहिरोबाट मुक्त गर्न र सडकलाई थप स्तरवृद्धि गर्न पालिकाको आफ्नै डोजर र रोलरले काम गर्न थालेको छ । मालपोत र नापी कार्यालय सिञ्जाको नगरकोटमै स्थापना गर्न संघीय सरकारको मन्त्रालयमा प्रस्ताव गरिएको छ । पालिकाबाट सञ्चालित ९६ वटा योजनामध्ये सबै सम्पन्न भइसकेका छन् ।उक्त पालिकाले ९९ प्रतिशत योजनाको भौतिक प्रगति हासिल गर्न सफल भएको सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत स्थानीयवासीलाई जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताए ।

जनआकांक्षा र सिञ्जाको विकासका लागि काम गर्दागर्दै पनि केही सीमित व्यक्तिले शिक्षकको काज सरुवाबारे अनावश्यक टिप्पणी गरेको अध्यक्ष धितालले गुनासो गरे।

आफ्ना मान्छेलाई गाउँपालिकाका विषयगत शाखाको नेतृत्व दिएको भन्ने आरोपमा ती सबै कर्मचारी लोकसेवा आयोगबाट खुल्ला प्रतिस्पर्धा गर्नाका साथै सरकारले कर्मचारी समायोजन गरेसँगै घर नजिकको स्थानीय तह रोजेर वा कर्मचारी समायोजन गरेर स्थानीय तहमा पठाएको स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले बताए।

नागरिकका कामलाई जतिबेला भनेपनि पालिकाका सम्पूर्ण कर्मचारीले सेवा प्रवाह गरिरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालको भनाइ थियो । ‘आफू लोकसेवा आयोगबाट एक नम्बरमा सिफारिसमा परेको र जुन स्थानीय तहमा गए पनि शिक्षा शाखाको प्रमुख भएर बस्ने हो तर अध्यक्षको नजिकैको मान्छे भएर मैले पनि जिम्मेवारी पाएको होइन मेरो योग्यता र क्षमताले गाउँपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा बसेको हुँ, ‘ शिक्षा शाखा प्रमुख शङ्कर धितालले भने ।

Previous Post

रोचक प्रसङ्गः हाँसेरै जीवन बिताउने उदविलाव

Next Post

सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

सरस्वती नेपालीलाई अमेरिकामा अवार्ड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In