उदविलाव मानवीय क्रियाकलापहरु गर्न सक्ने एवं मानिसले जस्तै हाँस्न सक्ने अनौठो गुण भएको जीव हो । आफ्नो सम्पूर्ण जीवन हाँसेर नै बिताउने उदविलाव लोपोन्मुख जीव हो । हाल यो विश्वमा कमै मात्रामा पाइन्छ । यो अनौठो प्राणीले १५ मिनेटसम्म सास रोक्न सक्छ ।
यो चिसो समुद्रतिर पाइन्छ । पानीमा निथु्रक्क भिज्दा पनि यसको रौँबाहेक अन्य शरीर भिज्न पाउँदैन । वैज्ञानिकका अनुसा उदविलाव ३०० लाख वर्ष पहिलेदेखि पृथ्वीमा देखा परेको थियो । यसले प्रायः स्तनधारी जीवलाई निशाना बनाएर सिकार गर्छ । उक्त सिकारलाई समुद्रको पानीभित्र लगेर निकैबेर रगडेर राम्रोसँग धुन्छ र अनि मात्र खाने गर्छ ।
साभारः ‘अनौठा कुरा’ पुस्तकबाट













