• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, २८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

    मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

    घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

    घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

    सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

    सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

    १५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

    १५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

    प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

    अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै

१४ साउन २०८०,
0
पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण गरिँदै
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको ऐतिहासिक पाँचधारे पोखरी र किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ ।

एकीकृत पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर संरक्षण थालिएको हो ।

विसं १९४४ मा स्थापना गरिएको उक्त पोखरी र किरातेश्वर ढुङ्गे बगैँचालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आर्थिक पक्षसँग जोड्ने लक्ष्यका साथ संरक्षण गर्न थालिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताए ।

यस वर्ष केन्द्र सरकारअन्तर्गत पर्यटन मन्त्रालयले पोखरीमा आवश्यक संरचना निर्माण गर्न तथा बगैँचाको विकासका लागि २० लाखका दरले बजेट विनियोजन भएको उनले जानकारी दिए ।

“पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पोखरीको संरक्षण गरिरहेका छौँ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भने, “यस क्षेत्रको विकासका लागि केन्द्र सरकारले केही बजेट दिएको छ । उक्त बजेटले थप संरचना निर्माणमा सहयोग पुग्नेछ ।” पोखरीको ऐतिहासिकस्वरुपलाई यथावत राख्दै नयाँ संरचना निर्माण गरिने उनको भनाइ छ ।

पोखरी नजिकै रहेको बगैँचालाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न योजना बनाइएको वडाध्यक्ष माङ्गपाहाङ्गले बताए ।

“यो क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको एकीकृत विकासका लागि काम गरिरहेका छौँ”, उनले भने, “किरातेश्वर ढुङ्गे बगैँचा गुफाको संरक्षणका लागि यस वर्ष काम गर्ने योजना छ । यहाँ आउने पर्यटकले दुई स्थानको एकैसाथ अवलोकन गरेर आनन्द लिन सकुन् भन्ने हाम्रो लक्ष्य छ ।” बाह्रै महिना पानी आउने पाँच मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको स्थानीय बाबुराम शाक्यले बताए । यहाँको पोखरीमा रहेका माछा कसैले मारेर खाए त्यसले बाधा पुग्ने जनविश्वास रहेको उनको भनाइ छ ।

“पाँचधारे एक ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल हो”, शाक्यले भने, “यहाँ दर्शन गरे चिताएको पुग्ने धार्मिक विश्वास छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नसके आर्थिक उपार्जन बढ्ने देखिन्छ ।”

उनका अनुसार यस पोखरीमा किरात समुदायका वान्तावा माङ्गपाहाङ्ग राईहरुले वंशावली भेला भएर पूजाआजा गर्ने गर्दछन् । पोखरीको नामबाट महिनामा दुई पटक बजार लाग्ने गरेको स्थानीय जानकार अधिराज राईले बताए । यहाँ दैविशक्ति रहेको थाहा पाएपछि परापूर्वकालमा धनगञ्ज राईले यसको स्थापना गरेका उनको भनाइ थियो । वडा कार्यालयको पहलमा अहिले पोखरीको संरक्षण थालिएपछि स्थानीय खुसी भएका छन् ।

“किरातमा यो पोखरीप्रति आस्था छ”, राईले भने, “स्थानीय सरकारको पहलमा संरक्षण भएपछि हामीमा उत्साह थपिएको छ । पोखरीको अवलोकन तथा दर्शन गर्न विभिन्न ठाउँबाट मानिस यहाँ आउने गरेका छन् ।”

विगतमा यस पोखरीको नाममा टेम्केमैयुङ–५ खावा केराबारीमा ८० मुरी धान फल्ने गुठी रहे पनि अहिले त्यो हराएको उनले जानकारी दिए । पोखरीको गुठीका रुपमा रहेको जग्गा खोजी गरेर त्यसको संरक्षण गर्नुपर्ने स्थानीय टङ्क घिमिरेले बताए ।सरकारको एक सय घुम्नैपर्ने गन्तव्यभित्र पर्न सफल पर्यटकीयस्थल मुन्दुम पदमार्ग टेम्केमैयुङ गाउँपालिकामा रहेकाले यसले पनि पर्यटकको आवागमनमा थप टेवा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । पालिकाले पर्यटकीय तथा ऐतिहासिक क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

“यहाँका पर्यटकीय क्षेत्रको विकास गर्दै गाउँपालिकाको आयवृद्धि गर्ने योजनाका साथ काम गरिरहेको छौँ”, प्रशासकीय अधिकृत न्यौपानेले भने, “पर्यटकीय क्षेत्रको विकासले स्थानीयको सहज जीवनयापनमासमेत टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो । यस्ता ठाउँको संरक्षणसँगै प्रचारप्रसारमा पनि ध्यान दिएका छौँ ।”

टेम्केमैयुङ गाउँपालिकामा धेरै पर्यटकीयस्थल रहेकाले त्यस्ता क्षेत्रको संरक्षण गर्दै विकासमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

“हाम्रो गाउँपालिका प्राकृतिक स्रोतसाधनको क्षेत्रबाट निकै धनी छ”, उनले भनिन्, “भौगोलिकरुपमा ठूलो रहेकाले सबै ठाउँमा सोचेअनुसार बजेट विनियोजन गर्न सकिएको छैन । प्रदेश र केन्द्र सरकारसँग योजना माग गरेर पर्यटकीय महत्व भएका क्षेत्रको विकासमा जुटेका छौँ ।”

पाँचधारे प्रशस्त पर्यटकीय सम्भावना बोकेको क्षेत्र रहेकाले यहाँको संरक्षण र विकासमा गाउँपालिकाले जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । “पर्यटन क्षेत्रका साथै पालिकाभित्र रहेका सबै सम्भावित क्षेत्रको योजनाबद्धरुपमा विकास थालनी गरेका छौँ”, उनले भने, “पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रशस्त हरियाली चरन क्षेत्र छन् । यस्ता ठाउँको स्तरोन्नति गर्दै स्थानीयलाई कृषि तथा पशुपालनमा जोड्ने योजना छ ।”

अघिल्लो समाचार

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

अर्को समाचार

बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं

सम्बन्धित खबर

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु
आर्थिक

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

२८ कात्तिक २०८३,
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
आर्थिक

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

२८ कात्तिक २०८३,
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
आवाज

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
अन्तर्राष्ट्रिय

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

२८ कात्तिक २०८३,
१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी
फिचर-ब्यानर

१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

२८ कात्तिक २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत
अन्तर्राष्ट्रिय

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

२८ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

बाबुरामले भने– कोशीमा नयाँ सरकार बनाउन मध्यावधिमा जाऔं

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

२८ कात्तिक २०८३,
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

२८ कात्तिक २०८३,
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

सैन्य क्षमता विस्तारमा जापान, रक्षा बजेट ६० ट्रिलियन येन पुर्‍याउने तयारी

२८ कात्तिक २०८३,
१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

१५ सरकारी प्रणालीसँग जोडियो राष्ट्रिय परिचयपत्र, सर्वोच्च अदालतदेखि स्थानीय तहसम्म अन्तरआवद्धताको तयारी

२८ कात्तिक २०८३,
प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

२८ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन