१. श्वास–प्रश्वासका साथ गरिने मन्त्रजपको भावनालाई अजपा–जप भन्दछन् ।
२. मन जहाँ जहाँ जान्छ, त्यहीँ त्यहीँ समाधिको भावना गरेर अखण्ड समाधिको अभ्यास गर्नुपर्छ ।
३. बुद्धियोग नै चित्तको चञ्चलता दूर गर्ने महान् अस्त्र हो ।
४. मनको अस्तित्वबोध नै उसको नाश हो ।
५. मनुष्य शरीरको गौरव केबल ब्रह्मालाई प्रत्यक्ष बुझ्नुमा हो । केवल स्वयम्ले ब्रह्मानन्दको भोग गर्नुमा छैन, अपितु निर्विशेष रुपमा ब्रह्मानन्दको वितरण सबैमा गर्ने अधिकार प्राप्त गर्नुमा छ ।
६. धर्मनिरपेक्षताको विचार हिन्दू मस्तिष्कहरुबाटै निस्क्यो र हिन्दू युवावर्गलाई नै यसले आफ्नो शिकार बनाउँदै गइरहेको छ ।
७. निःस्वार्थ कर्म गर्ने स्फूर्ति प्रदान गर्न मनुष्यलाई कुनै धर्म वा निष्ठाको आवश्यकता पर्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













