• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    एनपीएलमा आज दुई खेल हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    एनपीएलमा आज दुई खेल हुँदै

    एनपीएलमा आज दुई खेल हुँदै

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    यस्तो छ आजको मौसम पूर्वानुमान

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२७ कात्तिक २०८३,
0
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
2
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

रसुवा । रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो । गोसाइँकुण्ड क्षेत्रमा रहेका दर्जनौँ साना–ठूला तालतलैयामध्ये भैरवकुण्डलाई भय र निषेधसँग जोडिएको कुण्डका रूपमा लिने गरिन्छ ।

समुद्री सतहबाट उच्च हिमाली क्षेत्रमा रहेको मुख्य गोसाइँकुण्ड (छोकर) भन्दा तल र सरस्वतीकुण्ड (वाङ्लत्ती) भन्दा माथि भैरवकुण्ड अवस्थित छ। स्थानीय तामाङ समुदायले यसलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा चिन्ने गरेका छन् ।

गोसाइँकुण्डलाई शुद्धता, जीवन र आशीर्वादको प्रतीक मानिन्छ भने भैरवकुण्डलाई भय र निषेधको प्रतीकका रूपमा बुझिन्छ । यही धार्मिक मान्यताका कारण गोसाइँकुण्ड दर्शन गर्न पुग्ने तीर्थयात्री भैरवकुण्डमा स्नान गर्दैनन् । गोसाइँकुण्डको परिक्रमा गरी फर्किँदा भैरवकुण्डतर्फ फर्केर हेर्नसमेत नहुने जनविश्वास छ ।

गोसाइँकुण्ड गाउँपालिका–५ की कार्यवाहक वडाध्यक्ष डोल्मा याङजेन तामाङका अनुसार गोसाइँकुण्डमा श्रद्धापूर्वक स्नान गर्ने तीर्थयात्री भैरवकुण्डमा भने नहेरी र नस्नाई अगाडि बढ्ने परम्परा छ । उक्त परम्परालाई निरन्तरता दिँदै आगन्तुकलाई जानकारी दिन सुरक्षित पदमार्ग निर्माण र सूचना पाटी राख्ने योजना वडा कार्यालयले बनाएको उनले बताइन् ।

भैरवकुण्डको उत्पत्तिसँग हिन्दु र बौद्ध धर्मका विभिन्न पौराणिक कथा तथा जनश्रुति जोडिएका छन् । हिन्दु धार्मिक मान्यताअनुसार सत्ययुगमा भगवान् शिवले ब्रह्माको शिर छेदन गरेपछि लागेको दोष निवारण गर्न तथा शारीरिक कष्ट शान्त पार्न गोसाइँकुण्डभन्दा तल यो कुण्ड निर्माण गरी तपस्या गरेका थिए ।

अर्को कथनअनुसार देवता र दानवले समुद्र मन्थन गर्दा निस्किएको विष सृष्टिको रक्षाका लागि महादेवले पिएका थिए । घाँटीमा अड्किएको विषको डाह सहन नसकी महादेवको शरीरबाट बगेको पसिना जमेर भैरवकुण्ड बनेको विश्वास गरिन्छ । विषयुक्त पसिनाबाट कुण्ड बनेको मान्यताका कारण यहाँ विषालु नागको बास रहेको र यसको पानी अशुद्ध हुने जनविश्वास छ ।

बौद्ध धर्मसँग सम्बन्धित जनश्रुतिअनुसार भने महादेवका दाजु ‘छोना’ ले भैरवकुण्ड निर्माण गरेका हुन् । रसुवाका लेखक फुर्पा तामाङद्वारा लिखित ‘जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म–संस्कृति’ पुस्तकमा उल्लेख भएअनुसार स्वच्छ बासस्थानको खोजीमा निस्किएका दाजुभाइमध्ये दाजु छोनाले उपयुक्त स्थान भेटेपछि भाइलाई बिर्सिए । दाजुको व्यवहारबाट क्रोधित महादेवले ‘मन कालो भएकाले तिमीले बनाएको कुण्ड पनि कालो होस्’ भनी श्राप दिएको कथन छ ।

त्यही श्रापका कारण छोनाले बनाएको कुण्ड कालोकुण्ड अर्थात् भैरवकुण्ड र महादेवले बनाएको कुण्ड सेतोकुण्ड अर्थात् गोसाइँकुण्ड कहलिएको जनविश्वास रहेको पुस्तकमा उल्लेख छ ।

धुन्चेका स्थानीय तथा लामा गुरु रिन्जेन घलेका अनुसार बौद्ध र तामाङ परम्परामा गोसाइँकुण्डलाई ‘छोकर’ अर्थात् शुद्ध सेतो कुण्ड र भैरवकुण्डलाई ‘छोना’ अर्थात् कालोकुण्डका रूपमा बुझिन्छ । भैरवकुण्डमा क्रोध र विसर्जनको ऊर्जा रहने धार्मिक विश्वासका कारण त्यहाँ स्नान गर्न र फर्केर हेर्नसमेत निषेध गरिएको उनी बताउँछन् । यस्तो मान्यताले प्रकृति र धार्मिक आस्थाप्रतिको अनुशासनलाई पनि झल्काउने उनको भनाइ छ ।

भैरवकुण्डसँग तामाङ समुदायको गोले थरका मानिसको विशिष्ट कुलपरम्परा पनि जोडिएको छ । पुर्ख्यौली कथनअनुसार प्राचीनकालमा गोले थरका एक झाँक्री श्रीमतीसहित गोसाइँकुण्ड क्षेत्रमा पुगेका थिए । भैरवकुण्डमा रहेको विषालु नागलाई वशमा पार्ने उद्देश्यले उनले आफू कुण्डभित्र रहँदासम्म श्रीमतीलाई निरन्तर ढ्याङ्ग्रो बजाउन र अक्षता छरिरहन आग्रह गरे । त्यसपछि उनी नागसँग सङ्घर्ष गर्न कुण्डभित्र पसे ।

लामो सङ्घर्षपछि नागलाई पराजित गरेर झाँक्री सतहमा आउन लाग्दा कुण्डको भयावह अवस्था देखेर उनकी श्रीमती आत्तिइन् । उनले ढ्याङ्ग्रो बजाउन र अक्षता छर्न छाडेर त्यहाँबाट भागेपछि झाँक्रीको शक्ति कमजोर भएको र नागले बेरेर उनको ज्यान लिएको किंवदन्ती छ । यही घटनाका कारण गोले थरका मानिसले आजसम्म भैरवकुण्ड र कतिपय अवस्थामा गोसाइँकुण्डसमेत नजाने परम्परा कायम राखेको जनविश्वास छ ।

नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङका अनुसार गोले थरका मानिसले पुर्ख्यौली कुलपरम्परा मान्दै भैरवकुण्ड नजाने चलन अझै कायम राखेका छन् । यस्ता मौखिक इतिहास, धार्मिक विश्वास र अमूर्त सांस्कृतिक सम्पदाको दस्तावेजीकरण तथा संरक्षण गर्न सके रसुवाको धार्मिक र अध्ययन पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थपिने उनको भनाइ छ ।

अघिल्लो समाचार

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

अर्को समाचार

एनपीएलमा आज दुई खेल हुँदै

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

एनपीएलमा आज दुई खेल हुँदै
खेलमैदान

एनपीएलमा आज दुई खेल हुँदै

२७ कात्तिक २०८३,
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
समाचार

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

२७ कात्तिक २०८३,
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
फिचर-ब्यानर

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

२७ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ कात्तिक २०८३,
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध
फिचर-ब्यानर

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

२६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

२७ कात्तिक २०८३,
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

२७ कात्तिक २०८३,
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

२७ कात्तिक २०८३,
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

२७ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

यस्तो छ आजको मौसम पूर्वानुमान

२७ कात्तिक २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२७ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन