• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    कफीखेती विस्तारमा षडानन्दको पहल

    कफीखेती विस्तारमा षडानन्दको पहल

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

    जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि

    डलरको दबाबमा येन

    क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग

    सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

रत्नमन्दिरको भित्री संरचना हेर्न कहिले पाइन्छ ?

by
११ साउन २०८०,
0
रत्नमन्दिरको भित्री संरचना हेर्न कहिले पाइन्छ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखराको फेवाताल किनारस्थित रत्नमन्दिरको भित्री संरचना हेर्न नपाएपछि त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्न थालेका छन् । जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सशुल्क सर्वसाधरणका लागि खुला गरिएको रत्नमन्दिर दरबारको भित्र जान नपाएपछि पर्यटकले गुनासो गर्न थालेका हुन् ।

पैँसठ्ठी वर्षीय आमालाई रत्नमन्दिर परिसर घुमाएर रत्नमन्दिर गेट बाहिर आउँदै गरेकी पोखरा–१४ की सोनी शर्मा त्यति खुसी देखिइनन् । “हामीले त दरबारभित्र के छ, कसरी राजपरिवार बस्थे, उनीहरुले प्रयोग गरेका सामग्री केकस्तो होलान् भन्ने कौतुहलता लिएर आएका थियौँ तर भित्र हेर्न नपाएपछि कौतुहलता रहिरह्यो, त्यति खुसी लागेन ।” उनले आफूलेभन्दा बढी आमाले दरबारभित्र हेर्न रहर गरेकाले घुमाउन लिएर आएको तर सोचे जस्तो नपाएको बताइन् ।

पर्वतबाट पोखरा घुम्न आएकी सविता विश्वकर्मालाई पनि रत्नमन्दिरको भित्र हेर्न नपाउँदा बेकार टिकट काटीए छ जस्तो लागेको छ । उनले भनिन्, “फेवाताल किनारमा राजाको दरबार छ भन्ने सुनेर छोरी लिएर आएको थिए, अरु ठाउँहरु त घुमेका थियौँ दरबार हेर्न पाइन्छ रे भनेर आएको बाहिरमात्रै रहेछ, भित्र हेर्न पाइएन ।” उनले भित्र गएर सबै हेर्न पाएको भए बल्ल दरबार घुमेजस्तो हुने थियो भन्ने प्रतिक्रिया दिइन् ।

लेकसाइडस्थित क्रिष्टल प्यालेसका सञ्चालक पर्यटन व्यवसायी मुना पौडेलले पनि आफ्नो होटलमा आएका पर्यटकले रत्नमन्दिर भित्र हेर्न नपाएको गुनासो गर्ने गरेको बताइन् । उनले भन्नुभयो, “हामीले होटलमा आउने पर्यटकलाई रत्नमन्दिर घुम्नका लागि सुझाव दिन्छौँ तर पर्यटक त्यहाँ पुगेर आएपछि त्यति सन्तुष्ट देखिँदैन ।”

विशेषगरी रत्नमन्दिर दरबारभित्रको संरचना र सामग्री अवलोकन गर्न नपाएको गुनासो पर्यटकले गर्ने गरेको उनले बताइन् । पौडेलका अनुसार टिकट काट्यो, भित्र गयो, रत्नमन्दिर र हावाघरको बाहिरबाट अवलोकन गरेर फर्किंदा रत्नमन्दिर भित्र के छ भन्ने कुरा नै पर्यटकले हेर्न नपाउँदा खिन्न हुने गरेका छन् । बाहिर केर्न मात्र टिकट काटेर किन जाने भन्ने प्रश्न पर्यटकबाट आउन थालेको उनको भनाइ छ ।

“हामीले निकै लामो समयदेखि रत्नमन्दिर खोल्नुपर्छ भनेर विभिन्न फोरममा आवाज उठायौँ, रत्नमन्दिर खुलासँगै पोखरामा पर्यटकीय नयाँ गन्तव्य थपिनेछ र यसले पर्यटकलाई लोभ्याउने छ, तर मुख्य कुरा नै हेर्नबाट बञ्चित भएपछि यो आकर्षक गन्तव्य बन्न सकेको छैन”, पौडेलले भनिन् ।

शाह वंशको इतिहाससँग जोडिएको दरबारको आन्तरिक संरचना संरक्षित सामग्री हेर्ने अवसरबाट सर्वसाधारणलाई बञ्चित गर्न नहुने नागरिक समाजका अगुवा रामबहादुर पौडेल बताउँछन् । “सर्वसाधरणमा एउटा कौतुहलता हुन्छ राजपरिवार सदस्यले प्रयोग गर्ने सामग्री के कस्ता थिए, उनीहरुको शयन कक्ष, भान्छा कोठा, बैठक कक्ष कस्तो होला भन्ने, यो स्वाभाविक पनि हो । यसलाई हेर्ने प्रबन्ध मिलाउनुपर्छ”, उनले भनिन् । आन्तरिक व्यवस्थापन वा अन्य कुनै कारणले अहिले नमिलेको भए पनि वैकल्पिक व्यवस्था अपनाएर भने पर्यटकलाई भित्रकाबारे जानकारी दिनुपर्ने उनको भनाइ छ ।

आफूले केही समय पहिला रत्नमन्दिरभित्र अवलोकन गर्दा भान्छा, बैठक, दराजदेखि शयन कक्षलगायतका कतिपय ठाउँहरुमा खाली देख्दा तत्कालीन समयमा यसको रेखदेखको जिम्मेवार प्राप्त पदाधिकारीबाट लापरबाही भएको हो कि भन्ने आशङ्का पनि उत्पन्न गराएको अगुवा रामबहादुरले बताए ।

“रत्नमन्दिर तत्कालीन राजपरिवार बस्ने दरबार हो, यहाँ पक्कै पनि धेरै कुरा हुनुपर्छ तर अहिले भित्र हेर्दा प्राय खाली जस्तो सामान्य शयन कक्ष र केही छुटफुटका सामग्री मात्रै देखिन्छन्, यहाँ सामग्री थिए थिएनन् वा भएका सामग्रीको राम्रो रेखदेख नभएर हराए का पने हुन् कि रु” उनले भने । तत्कालिन समयमा के कति सामाग्री थिए त्यो कसले बुझेका थिए अब त्यो बारेमा पनि सोधी खोजी हुनुपर्नेमा उनले जोड दिए ।

रामबहादुरका अनुसार रत्नमन्दिर खोल्न ढिलाइ हुनुमा व्यापारिक प्रयोजनका लागि विभिन्न स्वार्थ समूह सल्बलाइरहेको अवस्थामा नागरिक समाजबाट चर्को विरोधपश्चात् हटेको पनि बताए । रत्नमन्दिरलाई एउटा ऐतिहासिक सम्पदाका रुपमा संरक्षण गरेर आन्तरिक र बाह्य पर्यटकलाई न्यूनतमरुपमा एकै शुल्क कायम गरेर सहजै अवलोकन गर्न मिल्ने वातावरण तय गर्नुपर्ने उनको भनाइ छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पनि रत्नमन्दिर अवलोकन गरेर फर्केका पर्यटकबाट भित्र हेर्न नपाएको गुनासो आउने गरेको बताए । उनले भने, “लामो समयको पहल पछि रत्नमन्दिर खोल्न सफल भयौँ, अब दरबारभित्र के–कस्तो छ भन्ने कुरा पर्यटकले सहज हेर्न पाउनुपर्छ ।”

अध्यक्ष श्रेष्ठले दरबारको आन्तरिक संरचना दरबारको संवेदनशीलता र प्राविधिक कठिनाइका कारण दरबारको सबै भाग अवलोकन गर्न नमिले पनि बाहिर स्क्रिनबाट डिस्प्ले गर्न ट्रष्टलाई आफूहरुले सुझाव दिएको बताए ।

नेपालका ट्रष्टका सञ्चालक समितिका सदस्य याङजोम शेर्पाले सर्वसाधारणबाट आएको गुनासो जायज भएको तर केही संरचनागत प्राविधिक कुराले रत्नमन्दिर भित्र अवलोकनका लागि खुलाउन नसकिएको जानकारी दिए ।

उनले भने, “अहिले उठेको गुनासो स्वाभाविक हो । दरबारभित्रका कोठा, भर्याङदेखि भित्री संरचना साँघुरा छन्, पुरानो संरचना हो, अहिले नै भित्रका लागि खोल्दा दरबारमा रहेका ऐतिहासिक सामग्रीको सुरक्षादेखि आन्तरिक व्यवस्थापनमा निकै चुनौती छ ।” सदस्य शेर्पाले पर्यटकको मागलाई ध्यानमा राखेर वैकल्पिक माध्यमबाट दरबारभित्रका कुरालाई बाहिर देखाउने प्रबन्धका लागि तयारी भइरहेको जानकारी दिए ।

उनले रत्नमन्दिर अवलोन गर्न आउने पर्यटकबाट बाल उद्यान, क्याफेलगायत अन्य संरचना पनि बनाइदिएको भए हुने भन्ने सुझाव पनि आएको बताए । सदस्य शेर्पाले भने, “सुझाव धेरै आएका छन् हामीले उपयुक्त र दरबारको मौलिकतालाई असर नपर्ने गरी थप व्यवस्थापनका लागि गृहकार्य गरिरहेका छौँ ।” उनले करिब १५ वर्ष पछि रत्नमन्दिर परिसर खोल्न सफल भएको र अब आन्तरिक संरचनागत विषयलाई व्यवस्था गरेर भित्र हेर्न व्यवस्था पनि गरिने बताए ।
राजा महेन्द्रले आफ्नी रानी रत्नाका नाममा २०१५ सालमा यो दरबार बनाउनुभएको थियो । दरबारभित्र बैठक कक्ष, राजारानी शयन कक्ष, डाइनिङ हल, बैठक कक्ष शाही नातेदार र सुरक्षा अधिकारीहरूका लागि शयन कक्ष गरी ११ कोठा छन् । एक सय ७४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको छ ।

सुरक्षाका लागि नेपाली सेनाको छुट्टै भवन छ । फेवाताल किनारमा ‘हावा घर’ पनि रहेको छ । राजा वीरेन्द्र र उहाँको परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि २०६४ मङ्सिर ६ गते यो दरबार नेपाल ट्रस्ट मातहतमा आएको हो ।
रत्नमन्दिर गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते खुला गरिएको रत्नमन्दिर साउन १ गतेसम्म रत्नमन्दिर अवलोकन गर्ने पर्यटक आठ हजार पाँच सय ६४ जना रहेको त्यसमा ५७ जना विदेशी पर्यटक रहेको नेपाल ट्रष्ट इकाइ कार्यालय रत्नमन्दिर पोखराका प्रमुख गीता मिजारले जानकारी दिइन्।

उनका अनुसार रत्नमन्दिर घुम्न अहिले भारत र चीनका नागरिकलाई दुई सय शुल्क र भारतबाहेक सार्क राष्ट्रका लागि दुई सय ५० र अन्य देशका नागरिकलाई तीन सय शुल्क तोकिएको छ । त्यसैगरी विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि रु ५० शुल्क निर्धारण गरिएको छ भने अन्य नेपालीलाई एक सय तोकिएको छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका, व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघन्टा रु पाँच हजार शुल्क तोकिएको मिजारले जानकारी दिइन् ।

Previous Post

कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सरकारको नेतृत्व नगर्ने, हुन मानेटलाई उत्तराधिकारी बनाइने

Next Post

माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

सम्बन्धित खबर

कफीखेती विस्तारमा षडानन्दको पहल
आर्थिक

कफीखेती विस्तारमा षडानन्दको पहल

९ असार २०८३,
मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
आवाज

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

९ असार २०८३,
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
आवाज

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

९ असार २०८३,
दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन
आवाज

दशक अघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

९ असार २०८३,
जापानको औद्योगिक उत्पादन: डिसेम्बरमा ०.१ प्रतिशतले गिरावट, वार्षिक आधारमा वृद्धि
आर्थिक

डलरको दबाबमा येन

९ असार २०८३,
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
आवाज

सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ

९ असार २०८३,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

माथिल्लो तामाकोसी जलविद्युतले हकप्रद शेयर निष्कासन गर्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In