• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    नासाको चन्द्र आधार योजना अघि बढ्यो

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार

by
३१ जेष्ठ २०८०,
0
धमाधम हटाइँदै महानगरका अव्यवस्थित तार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र अव्यवस्थित रूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ ।

महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार सडकपेटीमा अलपत्र छोडिँदा पैदलयात्रुलाई समस्या हुनुका साथै त्यसले दुर्घटनाको जोखिम बढाएको काठमाडौँ महानगरपालिका–९ सिनामङ्गलका ज्ञानु राणाले बताए ।

उनले भने, ‘अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो हो, तर काटिएका तार सडकमा छोडिएका कारण त्यसले दुर्घटना निम्तिनुका साथै पैदलयात्रुलाई पनि समस्या हुने गरेको छ ।’

बानेश्वर, थापागाउँलगायत क्षेत्रमा सेवा प्रदायक कम्पनीले अहिले तार काटेर फुटपाथमै भद्रगोलरूपमा छाडेका कारण अल्झिएर लड्ने खतरा बढेको उहाँको भनाइ छ । सडकमै छोडिएका तारमध्ये सबैभन्दा बढी इन्टरनेट, केबल सेवा प्रदायकका तार र टेलिफोनका तार बढी रहेका छन् ।

काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य गएको वैशाख २५ गतेबाट सुरु भएको हो । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षलाई हेर्दै महानगरपालिकाले पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्न सुरु गरेको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ महानगरभित्र अव्यवस्थित तार व्यवस्थापन गर्ने कार्य राम्रो भएको नयाँबानेश्वरका स्थानीय मुकेश हमालले बताए । उनले भने, ‘तार व्यवस्थापन गर्दा राम्रो त देखिएको छ तर, बाटोमा तार फालिएका कारण पैदलयात्रुलाई समस्या हुने गरेको छ, बाटोमा फालिएका तार चाँडो व्यवस्थापन गरिनुपर्छ ।’

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेले एकीकृत तार व्यवस्थापन गर्दा निस्केका तार तथा काटेर बाटोमा राखिएका तारलाई सुरक्षित व्यवस्थापन गर्न तत्काल निर्देशन दिने बताए ।

Previous Post

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

Next Post

प्रविधिमय बन्दै सामुदायिक विद्यालय

सम्बन्धित खबर

नासाको चन्द्र आधार योजना अघि बढ्यो
फिचर-ब्यानर

नासाको चन्द्र आधार योजना अघि बढ्यो

१४ जेष्ठ २०८३,
अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा
फिचर-ब्यानर

अस्ट्रेलियामा मुद्रास्फीति घटेर ४.२ प्रतिशतमा

१४ जेष्ठ २०८३,
काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन
फिचर-ब्यानर

काँग्रेसको सात विषयगत उपसमितिका संयोजक चयन

१४ जेष्ठ २०८३,
मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने
फिचर-ब्यानर

मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

१४ जेष्ठ २०८३,
ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति
समाचार

ढोरपाटन–निसेलढोर सडक स्तरोन्नति

१४ जेष्ठ २०८३,
राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित
समाचार

राष्ट्रिय ललितकला प्रदर्शनी स्थगित

१४ जेष्ठ २०८३,
Load More
Next Post
३५ विद्यार्थी, तीन कोठा, पाँच कक्षा

प्रविधिमय बन्दै सामुदायिक विद्यालय

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In