• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ अशोज २०८३,
0
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जापानमा आएको शक्तिशाली ताइफुन दुजुआनका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । भारी वर्षा र पहिरोका कारण टोकियो आसपासका हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको अधिकारीहरूले बताएका छन् ।

मंगलबार बिहानसम्म ताइफुन जापानको तटबाट टाढिँदै प्रशान्त महासागरतर्फ अघि बढिसकेको थियो । आँधी कमजोर भएसँगै अधिकारीहरूले भारी वर्षा र पहिरोको जोखिमसम्बन्धी अधिकांश चेतावनी हटाएका छन् ।ताइफुनका कारण राजधानी टोकियोमा आयोजना भइरहेको विश्वकै ठूला भिडियो गेम व्यापार मेलामध्ये एक कार्यक्रमसमेत निर्धारित समयभन्दा अगावै बन्द गरिएको थियो ।

जापानमा गर्मीयामको अन्त्यदेखि शरद ऋतुको सुरुवातसम्म शक्तिशाली ताइफुन आउने गरेका छन् । यसअघि पनि यस मौसममा आएका अन्य आँधीका कारण जापानमा जारी एसियाली खेलकुदका केही कार्यक्रम प्रभावित भएका थिए ।जापानको अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियो नजिकैको कानागावा प्रिफेक्चरमा एक जनाको मृत्यु भएको छ । त्यस्तै, चिबा प्रिफेक्चरमा पनि एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

मुसलधारे वर्षापछि गएको पहिरोमा परी बेपत्ता भएका चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेले जनाएको छ । मंगलबार बिहानसम्म टोकियो नजिकैको चिबा क्षेत्रमा ४६ हजारभन्दा बढी घरमा विद्युत् आपूर्ति अवरुद्ध थियो ।
ताइफुन कमजोर हुँदै उत्तरपूर्वतर्फ अघि बढे पनि टोकियो क्षेत्रका केही स्थानमा अत्यधिक वर्षा भएको छ । टोकियोबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको ओशिमा द्वीपमा ४८ घण्टामा ८३२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो सेप्टेम्बर महिनाको औसत वर्षाभन्दा दोब्बरभन्दा बढी हो ।

त्यस्तै, टोकियोको एडोगावा वार्डमा २४ घण्टामा २८२.५ मिलिमिटर वर्षा भएको थियो, जुन त्यहाँको रेकर्ड वर्षा हो ।वैज्ञानिकहरूका अनुसार मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनले अत्यधिक वर्षाको जोखिम बढाइरहेको छ । तापक्रम बढ्दै जाँदा वायुमण्डलले बढी जलवाष्प धारण गर्ने भएकाले भारी वर्षा हुने सम्भावना पनि बढ्ने वैज्ञानिकहरूको भनाइ छ ।

Previous Post

गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

Next Post

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
समाचार

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य
फिचर-ब्यानर

गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

६ अशोज २०८३,
Load More
Next Post
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In