• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

    भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

    २०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

    दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

    मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ अशोज २०८३,
0
दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके)। नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई यतिबेला भ्याइनभ्याइ छ । सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म माटोका सुगठित मूर्तिले भरिभराउ छन् ।

तराई क्षेत्रमा घटस्थापनाका दिनदेखि टोलटोलमा माटोका मूर्ति स्थापना गरी नवदुर्गा भवानीको पूजाअर्चना गर्ने पुरानो परम्परा छ । यतिबेला यहाँका कालिगड दिनरात नभनी त्यही काममा खटिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ का अङ्कित मिश्र एक महिना अघिदेखि नै मूर्ति बनाउन व्यस्त छन् । दुर्गा भवानीको मूर्तिले आकार लिइसकेपछि अहिले उनी र सहयोगीहरू साजसज्जा र रङरोगनमा तल्लीन छन् । पराल, बाँस, माटो, भुस र दाउराको प्रयोग गरी तयार पारिएका मूर्तिमा देवीदेवताका बाहन र अस्त्रशस्त्र सजाउने अन्तिम काम भइरहेको मिश्र बताउँछन् ।

“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेका छन्”, उनले भने, “ग्राहकले महिना अगाडि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावट तथा औजार भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याइने गरिएको छ ।

नेपालगञ्ज–६ का सन्दीपकुमार वंसकारको दैनिकी पनि माटोसँगै बितिरहेको छ । पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका वंसकारले सडक किनारको अस्थायी टिनको टहरामा सयौँ मूर्ति तयार पारिरहेका छन्। “सानोमा घरमै ससाना मूर्ति बनाउँथेँ, पछि ठूला बनाउन थालेँ, “वंसकार भन्छन्, “नवरात्र हाम्रो मुख्य सिजन हो । मेहनत धेरै छ, पराल, माटो, काठ, काँटी र डोरीको जोहो गर्नुपर्छ ।”

रु २० देखि २५ हजारमा बिक्री हुने एउटा मूर्तिबाट रु चारदेखि पाँच हजारसम्म नाफा हुने उनको भनाइ छ । वंसकारले आफूसँगै अन्य छ जनालाई रु १० हजारदेखि २० हजारसम्मको पारिश्रमिकसहित रोजगारी दिएका छन् ।

सङ्गठित सङ्घ–संस्थाको अभावमा मूर्तिकारले केही समस्या पनि भोग्नुपरेको छ । स्पष्ट दररेट निर्धारण नहुँदा आ–आफ्नै तरिकाले मूर्ति बिक्री गर्नुपर्ने बाध्यता रहेको मूर्तिकार बताउँछन् । नियमित र चिनेजानेका ग्राहकलाई छुट दिँदा कहिलेकाहीँ घाटा समेत सहनुपर्ने सन्दीपको अनुभव छ ।

विगतका वर्षमा अधिकांश मूर्ति भारतबाट आयात गरिएकामा पछिल्ला वर्षमा नेपालगञ्जमै बनेका मूर्तिको माग ह्वात्तै बढेको छ । “टाढाबाट ल्याउँदा टुट्ने–फुट्ने जोखिम हुने भएकाले धेरैजसोले यहीँ अर्डर दिन्छन्”, मूर्तिकार सन्दिप भन्छन् । यद्यपि, अझै पनि धेरै ठूला र विशेष डिजाइनका लागि केही मानिस भारतीय बजार पुग्ने गरेका छन् ।

बाँकेको नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ । टोल–टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा निजी खर्चमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्ने गरिन्छ । स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार, टोलमा देवीको मूर्ति स्थापनासगै बगियामा रामलीला सुरु हुने र त्यसपछि मात्र दसैँको वास्तविक माहोल सुरु हुन्छ ।

नवरात्रभर विधिवत् पूजाअर्चना गरिएका ती मूर्तिलाई दसैँको भोलिपल्ट नजिकैको राप्ती नदीमा लगेर धूमधामका साथ विसर्जन गर्ने प्रचलन छ ।

Previous Post

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

Next Post

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

metakhabar

metakhabar

सम्बन्धित खबर

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा
समाचार

सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा

६ अशोज २०८३,
भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना
समाचार

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्णः मन्त्री डा तिमिल्सिना

६ अशोज २०८३,
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए
खेलमैदान

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

६ अशोज २०८३,
मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो
समाचार

मार्फामा स्याउ टिप्ने र खाने उत्सवमा पर्यटकको घुइँचो

६ अशोज २०८३,
जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
फिचर-ब्यानर

गल्छी–स्याफ्रुबेँसी सडक खुलाउन तीव्रता, असोजभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

Load More
Next Post
२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

२०औँ एसियाली खेलकुदः बक्सिङका चन्द्रबाहदुर प्रतियोगिताबाट बाहिरिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In