• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गोरखा–१ मा रास्वपाका गुरुङ विजयी

    जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

    मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द

    मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

    सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

    पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एघार वर्षे प्रयासले बन्ने भयो सडक

by
२७ चैत्र २०७९,
0
एघार वर्षे प्रयासले बन्ने भयो सडक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २७ चैत । सोमबार बिहान पोखरा–२७ स्थित तालचोकमा तालचोक–बेगनास सडक स्तरोन्नतिको शिलन्यास हुँँदै गर्दा छेउछाउबाट स्थानीयहरुको आबाज आइरहन्थ्यो, सडक निर्माणमा अनियमता हैन, छिटो र गुणस्तरीय बनाऊ, वर्षौदेखि खानुपरेको सडकको धुलो र हिलोबाट छुटकारा देऊ ।

स्थानीयवासी एलके शर्मा भन्दै हुनुहुन्थ्यो दिनहुँ सयौं स्वदेशी तथा विदेशी पर्यटक वेगनास ताल जाने सडक वषौंदेखि स्तरोन्नति नहुँदा पर्यटकले कति दु:ख भोग्नु पर्‍यो होला । ‘सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायमा बषौ पुग्यौं, तर सडक स्तरोउन्नतिका कुनै काम अगाडि बढेनन्, शर्माले भन्नुभयो– ११ वर्षको प्रयासपछि सडक स्तरोन्नतिको काम शुरु हुँदा खुसी भएका छौं, स्तरोउन्नतिको हरेक काममा सहयोग र सडकको गुणस्तररमा कमी हुन नदिन ठेकेदार कम्पनीलाई खवरदारी गरिरहन्छौं ।’
पोखरा–२७ तालचोकदेखि पोखरा–३१ बेगनास तालसम्मको ३.८ किलो मिटरको सडक स्तरोन्नति गर्न विश्व बैंकले १ अर्ब ४९ करोड १५ लाख रुपैयाँ सहयोग गर्ने छ । उक्त सडक स्तरोन्नति कार्यको शिलन्यास आज बिहान पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गर्नुभएको छ ।

विदेशी सहयोग लिएरै सडक स्तरोन्नतिको काम थाल्ने आश्वासन पनि स्थानीयको कानमा पटकपटक नपरेको हैन, तर यो वा त्यो बहानामा सडक स्तरोन्नति हुन सकेन भन्ने खबर पनि स्थानीयले पाइरहन्थ्यो, केही महिना अघि ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कार्य रोकिएका खबरपनि स्थानीयमा नआएको हैन, कहिले स्थानीय उपभोक्ताबाट नै अख्तियारमा उजुरी त कहिले पोखराका कार्यकारी अधिकृत वीरेन्द्रदेव भारती विवादमा नपर्न ठेक्का सम्झौतामा हस्ताक्षर गर्न नमान्ने खबर ।
पछिल्लो समय विश्ब बैंक, अख्तियार र महानगरपालिकाबीचको सम्झौतापछि सडक स्तरोन्नतिको कार्य अगाडि वढेको छ । ‘विश्व बैंकको सहयोग नै रोकिने अवस्था भएपछि जसरी भएपनि सडक स्तरोन्नति गर्न पर्छ भनेर हर प्रयास गरे,’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भन्नुभयो – जे होस् विश्व बैंकको सहयोगले पोखराको तालचोकदेखि बेगनाससम्म एशियाकै नमुना सडक बन्ने भयो ।’

शिलन्यास कार्यक्रममा बोल्दै पोखरा प्रमुख आचार्यले निर्धारित समयमै सडक निर्माण कार्य सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिनुभएको छ । “तोकिएको समय भित्र निर्माण सम्पन्न गर्नुभयो भने, कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई सार्वजनिक अभिनन्दन गर्नेछौँ ।” प्रमुख आचार्यले भन्नुभयो । कन्ट्याक्टर र कन्सल्टेन्टले दुई वर्ष भित्र सडक सम्पन्न गर्नै पर्छ, आफूले पैसाका कारण काम रोकिन नदिने पनि प्रमुख आाचार्यले आश्वास दिनुभएको छ ।

यस परियोजनामा विश्व बैङ्कले १ अर्ब ४९ करोड १५ लाख लगानी गर्नेछ । ३.२८ कि.मी लम्बाइको तालचोक –बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडरसहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् । सडकको बीचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ जानकारी शिलन्यास कार्यक्रममा दिइएको छ ।

सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उक्त कम्पनीले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपैयाँमा ठेक्का पारेको हो । निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भैसकेको छ ।
उक्त कम्पनीका संचालक एवं निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “तोकिए कै समयमा काम सम्पन्न गर्न हामी तत्पर छौँ” भुसालले भन्नुभयो । स्थानीयको सहयोगले मात्र सडक निर्माण कार्य सफल हुने बताउनुभयो ।

परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले वैशाखको पहिलो साताबाट सडक स्तरोन्नतिको काम थालिने बताउँदै उहाँले निर्माणको क्रममा कुनै समस्याहरू आए साझा रूपमा समाधान गरिनु पर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सडकको स्तरोन्नतिसँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिनुभयो ।

सडक स्तरोन्नति शिलन्यासँगै सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन समेत महानगरपालिकाका प्रमुख आचार्यले आजैदेखि निर्देशन दिनुभएको छ । महानगरको वडा नं. २७, ३० र ३१ मा पर्ने सडक खण्डका सडकको केन्द्रबाट दायाँ–बायाँ ५०/५० फिटभित्र पर्ने घर, टहरा, अस्थायी संरचना निर्देशन गरिएको छ । सडक स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र नेपाल सहरी सुशासन र पूर्वाधार परियोजना २०२१ मार्च ५ मा सम्झौता भएको थियो ।

स्थानीयवासी रामबाबु भण्डारीले सडक निर्माण कार्यमा गुणस्तर कम हुन नदिन स्थानीय उपभोक्ताले दैनिक खबरदारी गर्नुपर्ने र अनुगमन गर्ने इन्जिनियरलाई समेत गुणस्तरमा ध्यान दिन जोड दिने आवश्यक रहेको बताउनुभयो । अर्का स्थानीय सन्दीप पौडेलले सडक निर्माणसँगै अब बेगनास ताल तथा आसपासका क्षेत्रमा आउने पर्यटकले सडकको सुविधाका साथै पर्यटक वढ्नेमा समेत विश्वास व्यक्त गर्नुभयो ।

Previous Post

भारत–भुटान ऊर्जा सहकार्य छुखा जलविद्युत आयोजना मार्फत थप हुँदै

Next Post

ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी

सम्बन्धित खबर

गोरखा–१ मा रास्वपाका गुरुङ विजयी
जीवन शैली

जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री

२९ साउन २०८३,
मलेखु–मुग्लिन सडक आजदेखि साढे पाँच घण्टा बन्द
आर्थिक

मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

२९ साउन २०८३,
कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
आवाज

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

२९ साउन २०८३,
सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
जीवन शैली

पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

२९ साउन २०८३,
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
आवाज

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

२९ साउन २०८३,
आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर
आर्थिक

आलेखः ‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

२९ साउन २०८३,
Load More
Next Post
ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी

ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In