विलियम शेक्सपियरका केही अमर वाणीहरुः
१) झगडाबाट बच्नु नै मेरो जीवन हो, दुवै एकसाथ बढ्दछन् । मेरो सम्मान नष्ट ग-यौ भने मेरो जीवन पनि नष्ट हुनेछ ।
२) झगडाबाट बच्नु नै उचित छ, तर यदि झगडामा प-यौ भने शत्रुलाई आफ्नो तेज, बल र पौरुष देखाएरै छाड्नु पर्दछ ।
३) उत्तेजित मस्तिष्क यस्तो त्यान्द्रो झैँ हुन्छ कि हावाले उडाएर जहाँ पनि पु-याउन सक्दछ ।
४) तिमीलाई के चाहिन्छ ? जे चाहिए पनि त्यसलाई हाँसीहाँसी प्राप्त गर, बलपूर्वक होइन ।
५) जुन उपचारलाई हामी ईश्वरको देन सम्झन्छौँ ती हाम्रै हुन्छन् र हामी भित्रै हुन्छन् ।
६) हुन सक्छ कि कोही मुस्कुराओस् तर दुष्ट नै होस् ।
७) भाग्यको जुवाको अघिल्तिर आफ्नो गर्धन नझुकाऊ । बरु सम्पूर्ण प्रतिकूलतामा पनि आफ्नो मनलाई विजयले उठाऊ ।
८) हे प्रभु ईष्र्यासँग सजग रहनु ! यो दैत्य धोकेबाज छ, यो चोक्टा खाएर बाँच्दछ ।
९) आफ्नो दुनो सोझ्याउनका लागि पिचासले पनि धर्मशास्त्रको आड लिन सक्दछ ।
१०) ती कति निर्धन छन् जोसँग धैर्य छन् । के आजसम्म कुनै घातक धैर्य बिना नै सन्चो भएको छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट