• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 9, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

    हर्मुज तनावबीच युद्धविराम विस्तार

    स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    रुस–युक्रेनबीच युद्धविरामको घोषणा

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो

by
१८ चैत्र २०७९,
0
भूकम्पबाट प्रभावित टर्कीका लागि एक चौथाइ सहायता रकम जुट्यो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

टर्कीमा ५५ हजारभन्दा बढी मानिसको ज्यान जाने गरी गएको भूकम्पपछि संयुक्त राष्ट्रसङ्घले राहत कार्यका लागि आवश्यक पर्ने रकमको एक चौथाइ रकम जुटाइसकेको शुक्रबार जनाएको छ। टर्कीमा राहतका लागि एक अर्ब अमेरिकी डलर सहयोग गर्ने लक्ष्यसंयुक्त राष्ट्रसङ्घले राखेको छ।

गत फेब्रुअरी ६ मा गएको ७.८ म्याग्निच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनहरूले दक्षिणपूर्वी टर्की र युद्धग्रस्त सिरियाका केही भागलाई तहसनहस पारेपछि संयुक्त राष्ट्रसङ्घले जारी गरेको एक अर्ब अमेरिकी डलर जम्मा गर्न गरेको अपिलअनुसार दाताहरूले हालसम्म २६ करोड ८० लाख अमेरिकी डलर सहयोग गरिसकेका छन्।

जेनेभामा संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका प्रवक्ता जेन्स लार्कले आपतकालीन अवस्थाको प्रारम्भिक चरण समाप्त भएको बताएका छन्।ु अब हामी मानवीय आपतकालीन चरणमा संलग्न छौं, जहाँ हामी बाँचेकाहरूलाई के चाहिन्छ भनेर हेर्छौं, उनले भने।

गत फेब्रुअरी १६ मा संयुक्त राष्ट्रसङ्घले टर्कीमा भूकम्पपछिको पहिलो तीन महिनामा ५० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न एक अर्ब अमेरिकी डलरको अपिल गरेको थियो। संयुक्त राज्य अमेरिका, कुवेत, युरोपेली आयोग, संयुक्त राष्ट्रसङ्घको आपतकालीन कोष सीईआरएफ र साउदी अरब हाल शीर्ष पाँच दाताहरू हुन्।

लार्र्कका अनुसार संयुक्त राष्ट्रसङ्घ र अन्य मानवीय निकायले ४१ लाखभन्दा बढी मानिसलाई आधारभूत घरायसी सामग्री र लत्ताकपडा उपलब्ध गराएका छन्। तीमध्ये करिब ३० लाखलाई आपतकालीन खाद्य सहायता प्रदान गरिएको छ र १.६ मिलियनले पानी, सरसफाइ र स्वच्छता सहायता प्राप्त गरेका छन्।

ईयूले यसै महिनाको सुरुमा ब्रसेल्समा पुनर्निर्माणका लागि रकम सङ्कलन गर्न एक सम्मेलनको आयोजना गरेको थियो। दाताहरूले टर्की र सिरियाको पुनः स्थापनामा सहयोग गर्न सात अर्ब युरोको वचन दिएका छन्, यद्यपि अङ्काराले पुनर्निर्माणको लागि १० गुणा भन्दा बढीको बिल निर्धारण गरेको छ।

संयुक्त राष्ट्रसङ्घले सिरियालाई पहिलो तीन महिनामा पीडितलाई सहयोग गर्न आग्रह गरेको छ, जसले अनुरोध गरिएको ३९ करोड ८० लाख अमेरिकी डलरमध्ये ३६ करोड ४० लाख अमेरिकी डलर जुटाइसकेको छ।

टर्कीबाट उत्तरी सिरियामा हालसम्म एक हजार १७७ संयुक्त राष्ट्रसंघीय राहत ट्रक भित्रिएका छन्। लार्कले भने, गत महिनादेखि हामी र हाम्रा साझेदारहरूले करिब एक लाख मानिसलाई टेन्टलगायत आश्रय स्थल उपलब्ध गराएका छौं। साझेदारहरूले प्रभावित क्षेत्रका मानिसहरूलाई आठ लाख ५० हजारभन्दा बढी तयारी खाद्य सामान र १० लाखभन्दा बढी तातो खाना वितरण गरेका छन्।

Previous Post

प्रियंका चोपडालाई यी कारणले गर्नुपरेको थियो बलिउड छोडेर हलिउडको यात्रा

Next Post

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरू

सम्बन्धित खबर

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

२६ बैशाख २०८३,
हर्मुज तनावबीच युद्धविराम विस्तार
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प ः आइएसओ

२६ बैशाख २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
फिचर-ब्यानर

यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

२६ बैशाख २०८३,
शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता
आवाज

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

२६ बैशाख २०८३,
रुस–युक्रेनबीच युद्धविरामको घोषणा
अन्तर्राष्ट्रिय

रुस–युक्रेनबीच युद्धविरामको घोषणा

२६ बैशाख २०८३,
नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै
खेलमैदान

नेपाल ए ले आज स्कटल्याण्डविरुद्ध खेल्दै

२६ बैशाख २०८३,
Load More
Next Post
ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरू

ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी शुरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In