क्षयरोग ब्याक्टेरियाको संक्रमणद्वारा लाग्ने रोग हो । यो रोग प्रायः जसो फोक्सोमा लाग्ने गर्छ । यस बाहेक हड्डी आन्द्रा र ग्रन्थीहरुमा पनि लाग्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु, खाना, पानी अथवा दूध संक्रमित हुनु, कामको बोझ बढी हुनु, दुषित हावामा रहनु, अनिद्राको समस्या हुनु, असन्तुलित भोजन र व्यायामको अभाव हुनु आदि कारणले यो रोग लाग्ने गर्छ ।
खानपानमा गरने हेलचेक्रयाइँ र आराम व्यायामको असन्तुलनको कारणले यो रोग लाग्ने हुँदा यसमा सुधार गरी यो रोगबाट मुक्ति पाउन सकिन्छ ।
– यो समस्यामा प्रशस्त फलफूल र दूध सेवन गर्नु लाभदायक मानिन्छ ।
– फलफूल अनार, स्याउ, अंगुर, नासपाती, आरु, सुन्तला, अमला, सिताफल, कटहर, खर्बुजा र अन्य रसिला फलफूलहरु सेवन गर्न सकिन्छ । तर, केरा नलिनु नै वेश मानिन्छ ।
– दूध कम्तिमा दिनको एक लिटर र यसका परिकारको सेवन गर्नु लाभदायक मानिन्छ ।
– दूधमा मह मिलाएर पिउन सकिन्छ ।
– फलफूलको जूस (जुनार, उखु, सुन्तला आदिको) पिउनुपर्दछ र प्रशस्त पानी पिउनुपर्दछ ।
– मेथी, लसुन दैनिक सेवन गर्नु लाभदायक मानिन्छ ।
– चिया, कफी, सेता चामल, मैदा आदिको सेवन गर्नु हुँदैन ।
– तारे भुटेका खान, मासुका परिकार खान बन्द गर्नुपर्दछ ।
– धुम्रपान र रक्सी सेवन बन्द गर्नुपर्दछ ।
– रोगी बस्ने कोठा स्वच्छ हावा आवतजावत गर्ने खालको हुनुपर्दछ ।
– बिहानपखको घाममा शरीर मालिस गर्नु लाभदायक हुन्छ ।
– उपचारको निम्ति शारीरिक र मानसिक रुपमा पूर्ण आराम गर्नुपर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट