• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख

    रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

    इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन

    मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

    रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै

    सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

    तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ

    वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

हास्यविधाका चलचित्र दर्शकको रोजाइमा

by
१६ चैत्र २०७९,
0
हास्यविधाका चलचित्र दर्शकको रोजाइमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन्। यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा आधारित छन्। यीबाहेक दुई नम्बरी, के घर के डेरा र झिङ्गेदाउ पनि हास्य विधामै रहेको चलचित्र हो।

यसलाई हेर्दा नेपाली चलचित्रमा अहिले हास्यविधालाई दर्शकले रुचाएका छन्। निर्मातासमेत निर्धक्क भएर लगानी गरिरहेका छन्। ‘कबड्डी ४’ ले राम्रो व्यापार गरेर रेकर्ड नै बनाएको छ। यही कारण कुनै समय टेलिभिजनको पर्दामा टेलिचलचित्रमा देखिने अधिकांश कलाकार अहिले चलचित्रमा अभिनय, निर्माण, लेखन तथा निर्देशनमा व्यस्त छन्।

किनकि कुनै समय सामान्य र छोटो भूमिकामा प्रस्तुत हुने हास्य कलाकारले अहिले मुख्य भूमिका पाएका छन्। तीतो–सत्य टेलिचलचित्रकी कलाकार दीपाश्री निरौलाले निर्देशन गरेको छक्का पञ्जाको तीनै ‘सिरिज’ले राम्रो व्यापार गरिसकेको छ। यसले नेपाली चलचित्रको सफलतामा हास्यव्यङ्ग्यको भूमिका प्रमुख रहेको प्रस्टिन्छ।

ुबक्सअफिसलाई हेर्दा समेत हास्यव्यङ्ग्य शैलीमा तयार गरिएको चलचित्रकै वर्चश्व देखिन्छ, बजारमा जे कुराको माग हुन्छ, अभाव पनि त्यसकै हुन्छ। सायद खुसी खोज्न दर्शक हलसम्म आउनुभएको हुनसक्छु, निर्देशक प्रदीप भट्टराई भन्छन्। उनले निर्देशन गरेको चलचित्र जात्रा, शत्रु गते, जात्रै जात्रा र महापुरुषले पनि राम्रो व्यापार गरेको छ।

हास्यशैलीलाई कलात्मकरूपमा प्रस्तुत गर्ने भएकाले उनीसँग चलचित्र निर्माणमा सहकार्य गर्ने चाहना धेरैको छ। उनले यो सफलतालाई परिवर्तनको रूपमा हेर्छन्। ुचलचित्रभित्र पहिला हास्यव्यङ्ग्य एउटा पाटोमात्र हुन्थ्यो। हास्यकलाकारको काम नै हसाउने हुन्थ्यो। तर अहिले हास्यकलाकारलाई मुख्य अभिनेता लिएर चलचित्र बनाउने सपना प्रायः निर्माताको छु, निर्देशक भट्टराईले भने, यद्यपि हामी सचेत हुनुपर्छ। दर्शकले गरिरहनुभएको विश्वासलाई कम हुन दिनु हुँदैन। जति धेरैले चलचित्र हेर्नुहुन्छ, दायित्व उत्ति नै बढ्छ।

हास्यकलाकार मनोज गजुरेलले हास्यव्यङ्ग्यलाई मनोरञ्जनको रूपमा मात्र नलिन आग्रह गरे। उनले भने, हामीले गर्ने व्यङ्ग्यको प्रभाव समाजमा पर्छ। त्यसैले ख्यालठट्टाका लागि मात्र सामग्री बनाउनु हुँदैन। व्यङ्ग्य नेपालको सम्पूर्ण अङ्ग हो। त्यसैले हामीले प्रस्तुत गर्ने प्रस्तुतिको महत्व छुट्टै छ। केही चलचित्रसँगै टेलीचलचित्रमा अभिनय गरेका हास्यकलाकार गजुरेलले हृदय हसाउने कोसिस गरिरहेको जानकारी दिए।

बाहिरी हाँसो मात्र नभई भित्रीरूपमा असर गर्ने सामग्रीमा हामीले ध्यान दिनुपर्छ। चलचित्रमा दर्शकले देखाइरहनुभएको विश्वासलाई घट्न नदिई बढाउने दायित्व छु, हास्यकलाकार गजुरेलले भने। सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले विकृतिलाई प्रहार गर्दै आम जनताको कुरालाई बाहिर ल्याउँदा हास्यव्यङ्ग्य रुचाइएको बताए।

चलचित्र होस् वा प्रहसन त्यहाँ जनताको मनको कुरा भनिएको आभास भएकै कारण रुचाइएको हुनुपर्छ। विकृतिलाई गरिएको व्यङ्ग्य कलाकात्मक रूपमा प्रस्तुत गरेकाले नै फस्टाएको हो अध्यक्ष गाम्नागेले भने। आफू र संस्थाले हास्यव्यङ्ग्यलाई सभ्य र शालिन बनाउँदै सामाजिक रुपान्तरणमा योगदान गर्ने बाटोमा रहेको उनले बताए।

निर्देशक भट्टराईले हास्य व्यङ्ग्य विधामा चलचित्र बनाइरहेकाहरू अझै मेहनती हुनुपर्ने बताए। ुहामी हौसिएका छौँ, चलचित्र उद्योग नै हौसिएको छ। यसले चुनौती थपेको छु, उनले भने, ुटेलिचलचित्र अहिले निकै कम छन्। कुनै समय हरेक दिन हास्यविधामा निर्मित टेलिचलचित्र प्रसारण भएका थिए। जसलाई हेर्न दर्शक घरमा फुर्सद निकालेर बस्ने गरेका थिए। अहिले सानो पर्दामा आएको अवस्था ठूलो पर्दामा आउन दिनुहुँदैन।ु उनले विषयवस्तु चयन, प्रस्तुतिकरण, कलाकारको छनोटलगायतका विषयमा विशेष ध्यान दिइरहेको बताए।

टेलिचलचित्रकै माध्यमले आफूलाई स्थापित गर्न सफल मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जीतु नेपाल, केदार घिमिरेलगायतका कलाकार अहिले चलचित्रमा सफल छन्। उनीहरूले काम गरेका चलचित्रले मुनाफा दिनुका साथै व्यापारमा रेकर्डसमेत बनाउन सफल भएका छन्।

Previous Post

रूसद्वारा भारतमा तेल आपूर्ति बढाउने सम्झौताको घोषणा

Next Post

स्वर्णिम वाग्लेले छाडे कांग्रेस

सम्बन्धित खबर

किएभमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु : नगर प्रमुख
अन्तर्राष्ट्रिय

रूस–युक्रेन तनाव बढ्दै,ड्रोन आक्रमण र प्रतिकार जारी

२३ जेष्ठ २०८३,
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद
आर्थिक

विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै लक्ष्मीप्रसाद

२३ जेष्ठ २०८३,
इरानी सेनाले भन्यो- अमेरिकासँग युद्धविराम भएकाे हाे युद्ध सकिएको हाेइन
अन्तर्राष्ट्रिय

मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी

२३ जेष्ठ २०८३,
अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’
फिचर-ब्यानर

अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’

२३ जेष्ठ २०८३,
रास्वपाले आजदेखि सांसदहरुलाई प्रशिक्षण दिँदै
आवाज

सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

२३ जेष्ठ २०८३,
तथ्याङ्क, एआईको लगानीले, भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिन्यो:राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो

२३ जेष्ठ २०८३,
Load More
Next Post
स्वर्णिम वाग्लेले छाडे कांग्रेस

स्वर्णिम वाग्लेले छाडे कांग्रेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In