एक दिन महात्मा बुद्ध एउटा घना जङ्गलको बाटोमा हिँडिरहेका थिए । त्यो बेलामा एक लुटेराले कठोर स्वरमा उनलाई रोकिनको लागि भन्यो र ज्यान लिने धम्की दियो । यो सुनेर बुद्ध रोकिए र एउटा रहस्यमय मुस्कानका साथ उनले भने, ठीक छ तिमी मेरो प्राण अवश्य लिऊ, तर त्योभन्दा पहिला मेरो अगाडि भएको यो रुखको ४ वटा पात टिपेर ल्याऊ ।
लुटेरा आयो र ४ वटा पात टिपेर ल्यायो ।बुद्धले भने, जाऊ, अब यी पातलाई त्यहीँ लगेर जोडेर आऊ जहाँबाट टिपेका थियौ । यो कुरा सुनेर लुटेराले भन्यो, कस्तो नचाहिने कुरा गरेको ? टिपेको पात पनि कहीँ जोड्न सकिन्छ त ?
यो कुरा सुनेर बुद्धले भने, ठीक यस्तै प्रकारले लिएको ज्यान पनि फिर्ता लिन सकिँदैन । जुन वस्तु तिमी आफै दिन सक्दैनौ, त्यो वस्तु लिने अधिकार तिमीलाई छ ?
बुद्धको यो शब्द सुनेर त्यो लुटेरा बुद्धको अगाडि नतमस्तक भयो र उसले त्यसै क्षणदेखि हिंस्रक काम नगर्ने प्रतिज्ञा ग¥यो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट