• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, ८ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

    नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

    स्याङ्जामा धान उत्पादन बढ्यो

    धान थन्काउन किसानलाई चटारो

    मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

    सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

    नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

    अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

माउले छावाको वास्तै नगर्दा…

२६ फागुन २०७९,
0
माउले छावाको वास्तै नगर्दा…
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् ।

छावालाई माउले दूध खान नदिएपछि आफैले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले बताए । ‘माउले छावाको वास्तै गरेको छैन, दूध पनि खान दिएको छैन’, उनले भने, ‘चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दूध राखेर खान दिएका छौँ ।’ जबसम्म माउले दूध चुसेर खाँदैन तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने उनले बताए ।

चौधरीका अनुसार शल्यक्रिया गरेका कारण गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपरेको छ । उनले सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिदिने बताए । तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रा समेत नलाग्ने चौधरीले बताए ।

नेपालमै पहिलो पटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठले जानकारी दिए । २५ वर्ष उमेरकी गण्डकीकलीलाई मङ्गलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो । ‘व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो’, उनले भने । हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माउनु दुर्लभ रहेको डा. श्रेष्ठले बताए ।

गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो । ‘हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन । माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ’, श्रेष्ठले भने । डा। श्रेष्ठ नेतृत्वको टोली शल्यक्रियामार्फत छावा निकाल्न सफल भएको हो ।

गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षकी प्रेरणाकलीबाट जन्मिएकी हुन् । उनको यो दोस्रो बेतको छावा हो । गण्डकीकलीको तीन वर्षअघि पहिलो पटक जन्मिएको छावा मरेको थियो । ‘हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो । शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह ग¥यौँ’, डा। श्रेष्ठले भने । करिब दुई घण्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकाल्न सफल भयौँ ।’

शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु दुर्लभ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौलाले बताए । ‘शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो’, सडौलाले भने, ‘नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमा करिब १४ वटा मात्र छन् ।’ वन्यजन्तुको उपचारमा खटिने हाम्रो टिमका लागि यो जीवनकै गौरव गर्ने अनुभव भएको सडौलाले बताए । यस्तो काम गर्नका लागि बाहिरको जस्तो सामान नभए पनि उपलब्ध सामानले शल्यक्रिया गर्न सफल भएकामा उनले खुशी व्यक्त गरे ।

राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको चामत्कारिक सुधार देखिएको बताए । शुरुआतमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफै उठेर हिँडडुल गर्न थालेको उनले बताए । ‘शुरुमा छावा कमजोर अवस्थामा थियो । राति सलाइन चढाइयो । अवश्यक भिटामिन र पेनकिलर औषधि दियौँ’, उनले भने, ‘अहिले राम्रो सुधार भइरहेको छ ।’

हात्तीको छावा जन्मँदा ८० देखि एक सय केजी तौल हुन्छ । ‘छावालाई विस्तारै माउसँग लगेर माउको दूध खुवाउने प्रयास गरेका छौँ, त्यसपछि समस्या हुँदैन’, उनले भने । उनले १२ दिनपछि छावाको न्वारन गरिदिने बताए । प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकहरूको उपस्थितिमा हात्तीको नाम राख्ने चलन रहेको रिजालले जानकारी दिए ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले संरक्षणका लागेका मानिसका लागि खुशी र गर्वको क्षण भएको बताए । उनले भने, ‘संसारमा विरलै र नेपालमा पहिलो पटक भएको घटना हो । सुत्केरी व्यथाले छट्पटाइरहेको हात्तीलाई चिकित्सक र प्राविधिकको टोलीले जुन कुशलतापूर्वक माउ बच्चाको जीवनरक्षा गरेको छ ।’ यो सफलताले संरक्षणको क्षेत्रमा थप ऊर्जा मिलेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। विजयकुमार श्रेष्ठ, पशु चिकित्सक विकल्प कार्की, प्राविधिक किरण रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी डा। अमिर सडौला र क्यानडाका पशु चिकित्सक डा। निख मास्टरलगायत प्रजनन केन्द्रका माउतेहरूको टोलीले करिब दुई घण्टा लगाएर गण्डकीकलीको सफल प्रजनन गरेको हो । विसं २०५४ यता यस प्रजनन केन्द्रमा ६२ वटा छावा जन्मिएका छन् ।

अघिल्लो समाचार

यी हुन् क्षणभरमै उर्जा दिने खानेकुरा

अर्को समाचार

उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

सम्बन्धित खबर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
फिचर-ब्यानर

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत
आर्थिक

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो
आर्थिक

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई
आवाज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने
जीवन शैली

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन
अन्तर्राष्ट्रिय

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’

७ कात्तिक २०८३,
नेपालमा अन्तरिम सरकार गठनको भारतले गर्यो स्वागत

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

७ कात्तिक २०८३,
स्याङ्जामा धान उत्पादन बढ्यो

धान थन्काउन किसानलाई चटारो

७ कात्तिक २०८३,
मौरिस हर्जोगले यसरी चिनाए अन्नपूर्ण हिमाललाई

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

७ कात्तिक २०८३,
बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

७ कात्तिक २०८३,
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहयोगको प्रभावबारे अमेरिकी प्रतिनिधिमण्डलद्वारा स्थलगत अवलोकन

अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

७ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन