ईसा मसिहका केही अमर वाणीहरु
१) प्रभु ! तिम्रो राज्य आओस्, जसरी स्वर्गमा तिम्रो इच्छा पूरा हुन्छ त्यस्तै पृथ्वीमा पनि होस् । हामीलाई रोटी देऊ र जसरी हामीले आफ्ना ऋणिलाई क्षमा ग¥यौँ त्यसैगरी तिमीले पनि हाम्रो ऋणमा क्षमा गरिदेऊ । हाम्रो परीक्षा नलेऊ तर दुष्कर्मबाट बचाऊ किनकि स्वर्ग, पराक्रम र महिमा सधैँ तिम्रो हो ।
२) आफ्नो लागि यस पृथ्वीमा धन सङ्कलन नगर जहाँ कीरा, लेऊले बिगार्छ र चोरले चोरी गर्दछ । बरु स्वर्गमा सङ्कलन गर किनकि जहाँ तिम्रो हुनेछ त्यहीँ तिम्रो मन लाग्नेछ ।
३) जब तिनले तिमीलाई समातेर महासभाहरुमा, हामीकहाा र राजाकहाँ पु¥याउनेछन्, तब तिमी यो चिन्ता नगर्नु कि तिमी कसरी र के उत्त दिनेछौ वा तिमी के भन्नेछौ, किनकि जे कुरा तिमीले त्यस घडी भन्नुपर्छ, त्यसै घडी तिमीलाई पवित्र आत्माले सिकाउनेछ ।
४) म तिमीलाई भन्दछु कि यदि कसैले मानिसहरुका सामुन्ने मलाई मान्नेछ, उसलाई मानिसका पुत्रले पनि स्वर्गदूतका अगाडि मान्नेछन् । यदि कसैले मानिसहरुका सामुन्ने मलाई नकार्नेछ, स्वर्गदूतका सामुन्ने उसलार्ई पनि नकारिनेछ ।
५) जब परमेश्वरले मैदानको घाँसलाई, जो आज छ र भोलि नष्ट हुनेछ, यस्तो वस्त्र पहि¥याउँछन् भने हे अल्पविश्वासी ! उनले तिमीलाई धेरै किन पहि¥याउँदैनन् ?
६) तिमीमध्ये को यस्तो छ जसले चिन्ता गरेर आफ्नो उचाइ एक अंगुल पनि बढाउन सक्दछ ? तिमी वस्त्रका लागि किन चिन्ता गर्दछौ ?
७) तिमी चिन्ता गरेर यसो नभन कि के खाने — पिउने वा लाउने । तिम्रो स्वर्गस्थ पितालाई थाहा छ कि तिमीलाई ती सब वस्तुको आवश्यकता छ ।
८) भोलिको चिन्ता नगर, किनकि भोलिको दिनले आफ्नो चिन्ता आफै गर्नेछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट