• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम

by
६ फाल्गुन २०७९,
0
खोटाङका दुई स्थानीय तहमा ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ । खोटाङका दुई स्थानीय तहका एक-एक वडामा रेडपाण्डा (हाब्रे) संरक्षणसम्बन्धी कार्यक्रम सुरु भएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा जनकल्याण समाज नेपाल लामीडाँडा खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका र केपिलासगढी गाउँपालिका–१ फेदीमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरेको हो ।

चालु आर्थिक वर्ष पाथेका र फेदीका सातवटा सामुदायिक वनमा सर्भे तथा अनुसन्धान गर्ने र चारवटा सामुदायिक वनमा समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन हुने समाजका अध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० मा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालनका लागि समाजलाई रेडपाण्डा नेटवर्कले रु २८ लाख ८६ हजार सात सय बजेट उपलब्ध गराएको छ ।

सुरुआती चरणमा रेडपाण्डाको अनुसन्धान तथा अनुगमन, शिक्षा तथा जनचेतना, वासस्थानको व्यवस्थापन, दिगो जीविकोपार्जन र निरन्तर अनुगमनका कार्यक्रम सञ्चालन गरिने समाजले जनाएको छ । रेडपाण्डाको उपस्थिति अनुपस्थिति सर्वेक्षण, वन संरक्षकको भर्ती, रेडपाण्डा र वासस्थानको नियमित अनुगमन, चोरी शिकारविरुद्ध अभियान, वन संरक्षकका लागि तालिम, रेडपाण्डा इको क्लब गठन, रेडपाण्डा संरक्षण छात्रवृत्ति, रेडपाण्डा संरक्षण सचेतना कार्यशाला, विद्यालयमा रेडपाण्डा पर्खाल बुलेटिन प्रकाशन, निजी नर्सरीलाई सहयोग, सीमान्तकृत समुदायका लागि पोली हाउस सहयोगलगायतका गतिविधि सञ्चालन गरिने रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका वडाध्यक्ष समेत रहेका समाजका अध्यक्ष मगरले जानकारी दिए ।

फेदीमा स्थानीय साम्पाङ ९राई० भाषामा रेडपाण्डालाई कुँदो भनेर चिन्ने गरिएको स्थानीय लक्ष्मण साम्पाङले बताए । यस वर्षका लागि प्राप्त बजेटबाट रेडपाण्डा संरक्षणसम्बन्धी सञ्चालन गरिने गतिविधिका बारेमा जानकारी दिन शुक्रबार दिक्तेलमा जिल्लास्तरीय सल्लाहकार समितिको गोष्ठी गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाई, सुरक्षा प्रमुख, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष राजेन्द्र राईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले लोपोन्मुख वन्यजन्तु रेडपाण्डा संरक्षण अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

केपिलासगढी गाउँपालिका–१ फेदीको बगाले, चिलिम लाहुरे, फुङगालुङ र छिमालुङ सामुदायिक वनमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको बसोबास छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सिस्नेहर्कटे, सोही नगरपालिकाको वडा नं ९ निर्मलीडाँडाको गोपिनी नायपु वन र वडा नं १० पाथेकाको कोप्चेभालुखोप सामुदायिक वनमा क्षेत्रमा पर्ने चुलिडाँडा देउराली जङ्गलमा रेडपाण्डा रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

रेडपाण्डा नेटवर्कले एक दशकअघि गरेको अनुसन्धानबाट पनि फेदी, पाथेका, खार्ताम्छा र सुङ्देलमा रेडपाण्डाको बसोबास रहेको पुष्टि भएको थियो । गुराँस, खस्रु, निगालो र मालिङ्गो मिश्रित वनमा पाइने रेडपाण्डाको संरक्षणबाट हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने र जीविकोपार्जनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मान्छे देख्दा नभाग्ने लजालु स्वभावको रेडपाण्डा स्थानीय बासिन्दाले मासुका लागि चोरी शिकार गर्ने गरेको बताइएको छ । घरपालुवा जनावर बिरालो जस्तो देखिने यसको शरीरको माथिल्लो भाग रातो र खैरो हुन्छ । भुँडीमा कालो तथा अनुहारमा सेतो र आँखा छेउछाउमा कालो हुन्छ ।

टाउकोदेखि पुच्छरसम्म लम्बाइ ९३ देखि ११० सेन्टीमिटरसम्म लामो हुने भाले रेडपाण्डाको तौल तीन दशमलव सात केजीदेखि छ दशमलव दुई केजीसम्म हुने जनाइएको छ । भालेभन्दा ठूलो हुने पोथी रेडपाण्डाको चारदेखि छ दशमलव दुई केजीसम्म तौल हुने गरेको छ । मासुका लागि शिकार गरिएको रेडपाण्डाको छाला बिक्री हुने बताइएको छ । दश स्थानीय तह रहेको जिल्लामा रेडपाण्डासँगै मृग, हरिन, थार, घोरल, खरायोलगायतका जङ्गली जनावरको चोरी शिकार हुने गरेको छ ।

Previous Post

चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन्ः देउवा

Next Post

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
ट्र्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In