आफ्नो कामकाजमा आफ्नो प्रदर्शन सुधार्ने या कुनै क्षेत्रमा आफ्नो कौशल या योग्यता सुधार्नको लाग आफैसँग यो शब्द लगातार भनिरहनुस्, म सर्वश्रेष्ठ हुँ, म सर्वश्रेष्ठ हुँ, म सर्वश्रेष्ठ हूँ । आफैसँग यसरी संवाद गरेर मानौँ तपाईं पहिला नै त्यो मानिस बनिसक्नुहुन्छ । जुन तपाईं बन्न चाहनु हुन्छ, तपाईं आफै आफ्नो प्रोत्साहक बन्नुहुन्छ । तब तपाईंले पाउनु हुनेछ कि तपाईं जे काम गर्नुहुन्छ, त्यसमा तपाईंको प्रदर्शन राम्रो अरु राम्रो हुँदै जानेछ ।
एक अर्काे स्वीकारोक्ति जससँग तपाईं हर दिनको सुरुवात गर्न सक्नुहुन्छ, त्यो हो, म आफ्नो काम मनपराउँछु । कैयौँ पटक कस्तो हुन्छ, तपाईं बिहान जब सुतेर उठ्नु हुन्छ तब बाँकी दिनलाई लिएर तपाईं भित्र कुनै खास उत्साह हुँदैन । तर मलाई आफ्नो दिमाग र भावनामा काबू पाउँदै बस दोहो¥याउँदै जानुस्, म आफैलाई चाहन्छु र आफ्नो काम मनपराउँछु । यो स्वीकारोक्ति हर बिहान उत्साहका साथ दोहो¥याउनाले तपाईंलाई नयाँ जोश मिल्नेछ र तपाईं आफ्नो कामलाई लिएर उत्साहित हुनुहुनेछ ।
साभारः ‘सफलता शास्त्र’ पुस्तकबाट