यदि तपाईं एक औसत, बुद्धिमान मानिस हो भने तपाईं जिन्दगीको हर क्षेत्रमा असफलता र निराशालाई टाल्नको लागि आफूलाई तयार गर्नुस् । तपाईं पहिला नै सोच्नुहुनेछ कि तपाईंबाट कहाँ गल्ती हुनसक्छ ।
त्यसपछि तपाईं त्यो सम्भावित समस्या टाल्नको लागि जरुरी कुरा अपनाउनु हुनेछ । तपाईं विभिन्न विकल्पलाई नापीतौली हेर्नुहुनेछ । तपाईं त्यो बाटो अपनाउनुहुनेछ जसबाट तपाईंलाई सबैभन्दा धेरै सफलताको आशा हुनेछ ।
तर पनि तपाईं कति राम्रोसँगले सोचेर योजना बनाउनुहुन्छ, तपाईंको अगाडि आउने काम तपाईंको आशा अनुरुप हुन्छ भन्ने जरुरी छैन । मर्फीको नियमले भन्छ, जे गलत हुनु छ त्यो गलत नै हुनेछ । गलन हुने आशंका भएको कुरामा सबैभन्दा धेरै गल्ती हुने खालको कुरा सबैभन्दा गलत समयमा गलत हुन्छ । यसमा तपाईंको धेरै पैसा बर्बाद हुन्छ । कोहेनको नियमले यो भन्दा अगाडि भन्छ, मर्फी एक आशावादी थिए ।
यसैले निराशा नबोलाइकन आउँदैन । निराशा तपाईंको सर्वश्रेष्ठ प्रयासपछि पनि आउँछ । निराशा त अवश्यम्भावी र अटल छ । जस्तो सूर्य पूर्वमा उदाएर पश्चिममा अस्त हुने निश्चित छ, तपाईंको जिन्दगीमा निराशा हात लाग्नु नै छ । तपाईं जति धेरै लक्ष्य निर्धारण गर्नुहुन्छ, जति धेरै प्रयास गर्नुहुन्छ, त्यति धेरै बाधा र समस्या अगाडि आउने छ ।
साभारः ‘सोच बदलौँ’ पुस्तकबाट