• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दिउँसो चरा र राति स्यालको रजाइँ

by
३ फाल्गुन २०७९,
0
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः डाँडाले रोक्यो परीक्षण उडान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी खण्डमा विजयपुर खोला पर्छ। दक्षिणतिर सेती नदी पर्छ। विजयपुर खोला त धावनमार्गको झनै नजिक छ। यतिसम्म कि अवतरणका क्रममा रहेको जहाजले खोला पार गर्नासाथ धावनमार्ग टेक्न पुगिहाल्छ।

विमानस्थलको नजिक भएर बग्ने यी दुवै खोला प्रायः दुुर्गन्धित हुन्छन्। सेतीको तुलनामा विजयपुर खोला बढी फोहोर हुन्छ। मरेका गाइवस्तु, कुकुर, बिरालो, कुखुरा काटेपछि निस्केको फोहोर, बंगुरको फोहोर खोलामै फालिन्छ। जसले गर्दा खोला क्षेत्र दुर्गन्धित हुने र त्यसले गर्दा त्यस क्षेत्रमा चरा आकर्षित हुने गरेका छन्। सिनोका कारण आकर्षित हुने चरा विमानस्थलका लागि ‘चुनौती’ बन्दै गएको विमानस्थलले बताएको छ।

खोलामा पानी कम भएको अवस्थामा त सिनोका कारण चरा बढी आकर्षित हुने हुँदा समस्या बढ्ने गरेको छ। विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार खोलामा जथाभावी फालिने सिनोका कारण चरा आकर्षित भएकाले त्यसको चुनौती विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा पर्ने गरेको छ। केही दिनअघि त अवतरणका क्रममा रहेको जहाजसँग चरा नै ठोक्किएको थियो। ‘विमानस्थलको नजिक रहेको ल्यान्डफिल्ड साइट त हट्यो तर खोलामा जथाभावी बगेर आउने सिनोले हवाई उडानमा चुनौती बढाएको छ,’ गौतमले भने, ‘मरेका पशुपंक्षी खोलामा भेटिन्छन्। खोला क्षेत्रमा त्यही सिनोलाई आहारा बनाउने चराको बिगबिगी छ। जसले गर्दा हवाई उडानमा समस्या थपेको छ।’

विमानस्थलको धावनमार्गको मुखैमा चराको बथान नै उड्ने गरेको उनले सुनाए। ‘जथाभावी खोलामा फोहोर फ्याँक्दा समस्या बढेको छ। फोहोरकै कारण चराको जोखिम रहेको भन्दै महानगरले ल्यान्डफिल्ड साइट हटायो तर जथाभावी फोहोर खोलामा बगेर आउँदा त्रास बढेको छ,’ उनले भने, ‘विजयपुर खोलामा बढी चरा हुन्छन्। जहाज अवतरण गर्नै लाग्दा चराको बथान उड्छन्।’

यसअघि पोखरा महानगरले फोहोर व्यवस्थापन गर्दैे आएको पोखरा– १४ बाच्छेबुडुवाको ल्यान्डफिल्ड साइट विमानस्थल सञ्चालनमा आएसँगै हटाइएको थियो।’ अहिले महानगरले सहरको फोहोर पोखरा– ३२ लामेआहालमा फ्याँकिरहेको छ।

फोहोरका कारण हुने जोखिमबाहेक विमानस्थल क्षेत्रको झाडीका कारण स्यालको जोखिम पनि उत्तिकै रहेको पोखरा– १४ का अध्यक्ष बोधराज कार्की बताउँछन्। ‘एकातिर सेती र अर्कोतिर विजयपुर खोला छन्। दुवै खोला आसपासमा बगेर आउने सिनोका कारण चरा आकर्षित हुने गरेका छन्। त्यति मात्र नभई विमानस्थल नजिकैको झाडीमा स्याल लुकेर बस्ने गरेका छन्,’ उनले भने, ‘विमानस्थल क्षेत्रमा दिउँसो चरा र राति स्यालको रजाइँ हुने गरेको छ।

हाम्रो बस्ती नजिकै रातभर स्याल कराएको आवाज सुनिन्छ।’ विमानस्थल परिसरमा कम्तीमा पनि एक सयवटा स्याल रहेको उनको अनुमान छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Previous Post

जो शान्त भावले सहने गर्दछ ऊ गम्भीर रुपले आहत पनि हुन्छ – रवीन्द्रनाथ टैगोर

Next Post

ज्ञानः पहिलादेखि नै सोच्नुस्

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
ज्ञानः हामीले कसैसँग तर्क गर्दा बिर्सन नहुने कुराहरु के के हुन् ?

ज्ञानः पहिलादेखि नै सोच्नुस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In