• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जनयुद्धको उपलब्धि राष्ट्रका साझा सम्पत्ति : प्रधानमन्त्री दाहाल

by
१ फाल्गुन २०७९,
0
प्रचण्डलाई ९९.२५ प्रतिशत सांसदले दिए विश्वासको मत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् ।

२८औँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए ।

उनले जनयुद्धको २८औँ वार्षिकोत्सवको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना व्यक्त गरेका छन् । ‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु ।’ उनले शुभकामना सन्देशमा भनेका छन् ।

नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी रहेको जनाउँदै उनले साहस, वीरता र उत्सर्गको त्यस ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताएका छन् । ‘वर्ग, जाति, लिङ्ग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ,’ प्रधानमन्त्री दाहालले भनेका छन् ।

‘महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ,’ उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको जनाउँदै उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गरेका छन् ।

देशको राजनीति र अर्थतन्त्रले सङ्कटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको जनाउँदै प्रधानमन्त्री दाहालले वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ सङ्कल्पित रहेको बताएका छन् । उनले सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न जनयुद्ध दिवसले सम्पूर्ण नेपालीमा सकारात्मक ऊर्जा र प्रेरणा पैदा गरोस् भनी कामना गरेका छन् ।

Previous Post

चुट्किलाः झ्याल–ढोका किन बन्द ?

Next Post

खरो जवाफः एक प्रेरक प्रसङ्ग

सम्बन्धित खबर

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा
अन्तर्राष्ट्रिय

अमेरिकाबाट नेपाल फर्किए दुई अमूल्य धार्मिक तथा सांस्कृतिक सम्पदा

२२ असार २०८३,
संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आवाज

सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने

२२ असार २०८३,
सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु
अन्तर्राष्ट्रिय

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

२२ असार २०८३,
दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन
फिचर-ब्यानर

दाङमा बढ्दै २० वर्षमुनिका किशोरीको सुरक्षित गर्भपतन

२२ असार २०८३,
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
आवाज

धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने

२२ असार २०८३,
कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी
समाचार

कांग्रेसभित्र सहमतिको नयाँ खुलासा, ‘वरिष्ठ नेता’ प्रस्ताव आफूले अस्वीकार गरेको खड्काको दाबी

२२ असार २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः वृद्धाको पाठ

खरो जवाफः एक प्रेरक प्रसङ्ग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In