काठमाडौँ, ४ कात्तिकः विजयादशमीका अवसरमा देशभरका घरपरिवारमा बिहान १०:२६ बजेदेखि ज्येष्ठ व्यक्तिबाट टीका ग्रहण गर्ने परम्परागत धार्मिक तथा सांस्कृतिक विधि सुरु हुने भएको छ।
यस अवसरमा परिवारका सदस्यहरू एकत्रित भई घरका ज्येष्ठ व्यक्तिबाट टीका तथा आशीर्वाद ग्रहण गर्नेछन्। यस परम्पराले नेपाली समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान, पारिवारिक एकता, आपसी सद्भाव तथा सांस्कृतिक मूल्य–मान्यताको संरक्षणलाई महत्त्व दिएको छ।
देशभर मनाइने यस परम्पराले पुस्तौँदेखि चलिआएको धार्मिक आस्था, पारिवारिक सम्बन्ध र नेपाली मौलिक संस्कृतिको महत्त्वलाई उजागर गर्दछ।













