रामसँग उसको साथीले सोध्यो, तिमीलाई थाहा छ एसी चलाउँदा कोठाको झ्याल–ढोका किन बन्द गन्छि ?
रामः किन थाहा नहुनु, बाहिरका मानिसले एसीको आनन्द सित्तैमा नलिउन् भनेर नि ।
सरको गाली खानुपर्छ
आमाः छोरा, त्यस्तो काम कहिल्यै नगर्नु, जसले गर्दा अरुको गाली खानु परोस् ।
बालकः त्यसो भए आज म स्कुल जान्न ।
आमाः किन ?
बालकः सरको गाली खानुपर्छ त्यसैले ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट