स्वतन्त्रताभन्दा अगाडिको कुरा हो, मौलाना अबुल कलाम आजादले एउटा सभालाई संबोधित गर्दै भने, ‘भाइहरु हो, गान्धीजीको भनाइ छ, अँग्रेजी स्कुल र अँग्रेजले दिने शिक्षा छोडिदेऊ, किकि यसले हाम्रो गुलामीको जन्जीर अझ बलियो बनाउँछ ।
यो सुनेर एउटा मानिस उभियो र भन्यो, गान्धीजीलाई भनिदिनु, पहिला गान्धीजीले देशी स्कुल त खोलून् तब अँग्रेजी पढाइ बन्द गराउँला ।
मौलाना आजादले जवाफ दिए, यदि अमृत भेट्टाउनु भएन भने के विष पिउनुहुन्छ ? यो सुनेर त्यो मानिसको शीर लाजले निहुरियो र ऊ चुपचाप बस्यो ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट