• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, October 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सडक सञ्जालमा जोडिँदै गुर्जा

    ‘दसैँ गाउँमा नै रमाइलो’

    रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

    आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

    नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

    दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन

    रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
३ कार्तिक २०८३,
0
सडक सञ्जालमा जोडिँदै गुर्जा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याई नभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ । पैसा भएपनि भने जस्तो सहज यात्रा भने ती यात्रुहरुले गर्न पाएका छैनन् ।

यात्रा निकै कष्टकर र महंगो पनि छ तर दशैंमा परिवार, आफन्त तथा ईष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुदैन । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अँझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ तथापि घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहानाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ ।
अमेरिका, युरोप भन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कने प्रदेशीहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिडिरहेका छन् । वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि दसैँ तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन् ।

भारत बैंगलोरबाट घर फर्केका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलहालबाट गाउँ फर्कदाँ शान्तिभूमि पुगेको अनुभूति भएको बताउनुभयो । दसैँ मनाउन आफु गाउँ पुगिसकेको बताउँदै उहाँले भन्नुभयो, “गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन् । बिडम्बना, सहरमा घरहरु जोडिएका भएपनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ । मानव सम्बन्धमा दरार जस्तो देखिन्छ ।”

उहाँले दसैँको यो अवसरमा सहर भन्दा गाउँमा निकै रमाईलो सुरु भएको बताउनुभयो । शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरुहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पीङ खेल्दै र दुःख सुख बाँड्दै रमाईलो लिने काम भइरहेको छ ।

यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ । यद्यपि काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ ।
सुर्खेत—दैलेख—कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गर्नुभएका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगेको बताउनुभयो । परियारले भन्नुभयो, “दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिड्नु पनि पर्यो । आज बिहान मात्र घर पुगिएको छ । सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ । मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।”

नागरिकहरु दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्के पछि सहरमा मानसिहरुको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ । सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ । विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ । ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुखाईलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताउनुभयो । “रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,” उहाँले भन्नुभयो, “सामाजिक अपराध, “चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाँउ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभास हुन्छ ।” यात्रु सिंहले यतिबेला सहर भन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र दसैँको बहारले उमंगित र रंगीन बन्दै गएको बताउनुभयो ।

Previous Post

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

metakhabar

metakhabar

सम्बन्धित खबर

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार
आर्थिक

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

३ कार्तिक २०८३,
आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै
आवाज

नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

३ कार्तिक २०८३,
नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो
आर्थिक

नवरात्रको आठौँ दिनः शक्तिपीठमा भक्तजनको घुइँचो

२ कार्तिक २०८३,
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
अन्तर्राष्ट्रिय

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

२ कार्तिक २०८३,
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति
आवाज

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

२ कार्तिक २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आवाज

नेकाको चियापान कार्यक्रम नहुने

२ कार्तिक २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In