• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भान्साको महँगीले ढाड सेक्दै

    भान्साको महँगीले ढाड सेक्दै

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

    पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

    फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
६ अशोज २०८३,
0
परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री मोटेगीले गहिरो दुःख व्यक्त गर्दै पीडितप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार र प्रभावितप्रति समवेदना व्यक्त गर्नुभयो ।

उहाँले विपद्बाट प्रभावितको उद्धार तथा सहयोगका लागि नेपाल सरकारले गरिरहेको निरन्तर प्रयासको प्रशंसा गर्दै विपद्को यस घडीमा जापान नेपालसँगै रहेको बताउनुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

त्यसअवसरमा उहाँले जापानले आपत्कालीन अवस्थादेखि दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

भेटवार्तामा परराष्ट्रमन्त्री खनालले बाढीबाट भएको क्षतिप्रति जापान सरकार र जापानी जनताले व्यक्त गरेको समवेदना तथा ऐक्यबद्धताका लागि ज्ञापन गर्नुभयो ।

उहाँले विपद्मा हराइरहेका विदेशी नागरिक, जापानी नागरिकसमेतको खोज तथा उद्धारका लागि नेपाल सरकारले कुनै कसर बाँकी नराखी प्रयास गरिरहेको जानकारी गराउनुभयो ।

एक अर्काे प्रसङगमा जापानका विदेशमन्त्री मोटेगीले लोकतन्त्रको सुदृढीकरण र विकास निर्माणमा जापानले नेपाललाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो ।

उहाँले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिबल’ले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।

उहाँले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारसँग जापानले नेपालका विकास प्रयासमा निरन्तर सहयोग गर्ने बताउनुभयो ।

त्यसअवसरमा परराष्ट्रमन्त्री खनालले जापानको दीर्घकालीन सहयोगप्रति धन्यवाद व्यक्त गर्दै दुइदेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा नेपाल–जापान सम्बन्धलाई थप विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

Previous Post

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

Next Post

भान्साको महँगीले ढाड सेक्दै

metakhabar

metakhabar

सम्बन्धित खबर

भान्साको महँगीले ढाड सेक्दै
आर्थिक

भान्साको महँगीले ढाड सेक्दै

६ अशोज २०८३,
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
आर्थिक

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

६ अशोज २०८३,
भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप
मनोरञ्जन

भारतीय क्रिकेटर पृथ्वी शा र उनकी प्रेमिका आकृतिको ब्रेकअप

६ अशोज २०८३,
पोखरामा जलन अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु
अन्तर्राष्ट्रिय

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

६ अशोज २०८३,
आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार
फिचर-ब्यानर

आर्थिक उन्नयनमा वनः १७ करोड २३ लाखको कारोबार

६ अशोज २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
अन्तर्राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता

६ अशोज २०८३,
Load More
Next Post
भान्साको महँगीले ढाड सेक्दै

भान्साको महँगीले ढाड सेक्दै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In