• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

    संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

    ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

    ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

    धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

    धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत

    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कपिलवस्तु, २७ भदौः शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गर्नुभएका शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको बाल्यकाल र युवावस्थासँग जोडिएका तिलौराकोटका ऐतिहासिक जोडी स्तूप संरक्षणको प्रतीक्षामा छन् ।

पुरातात्त्विक दृष्टिले महत्वपूर्ण ती स्तूप बुद्धत्व प्राप्त गर्नुअघि सिद्धार्थ गौतमले आफ्नो जीवनको २९ वर्ष बिताएको मानिने तिलौराकोट दरबार क्षेत्र विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि महत्वपूर्ण तीर्थस्थल हुन् ।

यही ऐतिहासिक तिलौराकोट दरबारको उत्तर–पश्चिम क्षेत्रमा रहेका जोडी स्तूप भने अहिले संरक्षणको प्रतीक्षामा छन् । एक ठूलो र अर्को केही सानो आकारका यी स्तूप शुद्धोधन र मायादेवीको स्मरणमा निर्माण गरिएका मानिन्छन् ।

कपिलवस्तु क्षेत्रमा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक महत्वका धेरै सम्पदा छन् तर संरक्षण नहुँदा जीर्ण भएका छन् । केही सम्पदा ढिस्कोका रूपमा मात्र अस्तित्वमा छन् भने कतिपयको उत्खनन भइसके पनि व्यवस्थित संरक्षण हुन सकेको छैन ।

स्थानीय शिवशङ्कर कान्दुका अनुसार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र स्थानीय तहले समयमै यस्ता सम्पदाको संरक्षणमा ध्यान नदिए महत्वपूर्ण पुरातात्त्विक संरचना नष्ट हुने जोखिम छ । “यस्ता महत्व बोकेका सम्पदालाई समयमा संरक्षण गरिएन भने भविष्यमा खोजेर वा निर्माण गरेर पनि पुनः बनाउन सकिँदैन,” उहाँले भन्नुभयो ।

खुला आकाशमुनि रहेका जोडी स्तूप घाम, पानीलगायत प्राकृतिक कारणले क्षतिग्रस्त हुँदै गएको स्थानीय पथप्रदर्शक राजकुमार यादवले बताउनुभयो । उहाँका अनुसार स्तूपमाथि छानो र वरिपरि तारबारको व्यवस्था गर्नुका साथै नियमित सरसफाइ आवश्यक छ ।

जोडी स्तूपको संरक्षणका लागि चालु आर्थिक वर्षमै वरिपरि सुरक्षा पर्खाल निर्माण गर्ने योजना रहेको लुम्बिनी विकास कोष तिलौराकोटका प्रमुख दामोदर सापकोटाले बताउनुभयो । उहाँले स्तूप क्षेत्रको नियमित सरसफाइका लागि आवश्यक जनशक्तिको अभाव रहेको जानकारी दिनुभयो ।

पुरातत्व विभागले यी स्तूपको उत्खनन सन् १९६८ र १९६९ मा गरेको थियो । पुरातत्वविद्हरूका अनुसार स्तूप बुद्धका माता मायादेवी र पिता शुद्धोधनको स्मरणमा निर्माण गरिएको हुन सक्ने अनुमान छ । चौथो शताब्दीमा निर्माण भएको मानिएको ठूलो स्तूप चार चरणमा निर्माण गरिएको थियो भने सानो स्तूप एकैपटक निर्माण गरिएको पुरातात्त्विक अध्ययनबाट पुष्टि भएको छ ।

Previous Post

ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

metakhabar

metakhabar

सम्बन्धित खबर

ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम
फिचर-ब्यानर

ऋणको भारमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम

२७ भदौ २०८३,
धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’
आवाज

धनकुटाको निसान मन्दिरमा साना घण्टी जोडेर बनाइएको ‘महाघण्टी’

२७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

मध्यपूर्वको तनावको असर अमेरिकामा, महँगी दर ३ दशमलव ४ प्रतिशत

२७ भदौ २०८३,
एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)
फिचर-ब्यानर

एकै ठाउँमा प्रेम, राक्षस ताल (तस्बिरहरू)

२७ भदौ २०८३,
नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै
आवाज

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

२७ भदौ २०८३,
चीन–रुस सम्बन्ध अशान्त विश्वमा सबैभन्दा स्थिर : राष्ट्रपति सी
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सि भारत प्रस्थान

२७ भदौ २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In