• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

    नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

    पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

    काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

    अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

    अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    विद्युत् निर्यात बढे पनि जोखिम कायमै

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ भदौ २०८३,
0
बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

बाजुरा । मातृत्व र सुरक्षित सुत्केरीका लागि अनेकन् कार्यक्रम सञ्चालन गरिन्छ । जनचेतनाका लागि भन्दै राजधानी काठमाडौँ र देशका ठुला सहरमा गोष्ठी, सेमिनार पनि हुने गर्छन् । सचेतनाका अनेकन् कार्यक्रम सञ्चालन गरिएका छन् ।

सरकारले सुरक्षित मातृत्वका लागि सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्दै आएको छ तर त्यस्ता कार्यक्रमले बाजुरामा हालसम्म प्रभाव पार्न नसकेको पाइएको छ ।

दुर्गम क्षेत्रका गर्भवतीले सुत्केरी हुने समयमा अझै पनि ठुलो जोखिम मोल्नुपर्ने बाध्यता छ । नौ वटा स्थानीय तहका प्रायः वडामा आधारभूत स्वास्थ्य संस्थाको पहुँच छ तर विडम्बना, बाजुराका आमाले अझै बाटोमा बच्चा जन्माउनुपर्ने पीडादायी अवस्था कायम नै छ ।

यस्तै, पीडादायी व्यथाको सिकार बन्नुभयो– खप्तड छेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटी । उनले मङ्गलबार दिउँसो बूढीगङ्गा नगरपालिका–६, फलासैन बजारमाथिको बाटोमा छोरालाई जन्म दिएकी हुन् ।

सुत्केरी व्यथा लागेर छट्पटाइरहनु भएकी कमलाको अवस्थाबारे स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीको टोलीले बाटोमै प्रसूति सेवा दिएको हो । कमलालाई सुत्केरी व्यथा लागेर बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले खबर गरेपछि बाजुरा स्वास्थ्य चौकी टाँटेकी स्वास्थ्यकर्मी हस्त खडायत, ईश्वरी केसी र जिल्ला अस्पतालमा कार्यरत नर्स निशा रोकाय घटनास्थलमा पुगेका थिए ।

“हामी त्यहाँ पुग्दा प्रसव पीडाले छटपटाइरहेकी कमलाले छोरालाई जन्म दिनुभयो । जन्मिएपछि बच्चाको अवस्था केही असहज रहे पनि केही समयपछि रुन थाल्यो,” नर्स रोकायाले भनिन्, “बाटोमै सालनाल व्यवस्थापन गरी आमा र बच्चालाई तत्काल बाजुरा स्वास्थ्य चौकीमा ल्यायौँ,” उनले भनिन्, “अहिले आमा र बच्चाको अवस्था सामान्य छ ।”

स्वास्थ्यकर्मीका अनुसार कमलाले बाटोमै बच्चा जन्माउनुको मुख्य कारण अन्धविश्वास रहेको पाइएको छ । यही भदौ १९ गते कृष्ण जन्माष्टमी मनाउन माइतीघर बडीमालिका नगरपालिका–६, कोर्ध गाउँ पुग्नुभएकी कमलालाई २२ गते माइतीघरमै सुत्केरी व्यथा लागेको थियो ।

विवाहित महिलाले माइतीघरमा बच्चा जन्माउनु हुँदैन र त्यसो गरे देवता रिसाउँछन् भन्ने रूढीवादी मान्यताका कारण कमला स्वास्थ्य संस्था जानुको सट्टा मङ्गलबार बिहान त्यहाँबाट आफ्नो घरतर्फ फर्किएकी थिइन् ।

माइतीघरबाट एक घण्टा लाग्ने जडाङ्गा स्वास्थ्य चौकी वा करिब दुई घण्टा लाग्ने सदरमुकामस्थित जिल्ला अस्पतालमा जानुको सट्टा उनी बिहान एक्लै घर फर्किँदै गर्दा दिउँसो ३ः०० बजे बाटोमा शिशुलाई जन्म दिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

खप्तड छेडेदह गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश ओलीका अनुसार बाटोमा बच्चा जन्माएकी कमला आठ महिनासम्म गुदुखाती स्वास्थ्य चौकीमा नियमित गर्भ जाँच गराउँदै आएकी थिइन् ।

“स्वास्थ्य संस्था पनि धेरै टाढा छैनन्, विगतको भन्दा अहिले चेतनास्तर वृद्धि भएको छ । यद्यपी, घरमा वा बाटोमा बच्चा जन्मिने अवस्था घटेको छैन,” ओलीले भने, “अब स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवाला सबैले सोच्नुपर्छ र हरेक गर्भवती आमालाई सहज सुत्केरी हुने अवस्था सिर्जना गर्नुपर्छ ।”

बाजुराका धेरै ग्रामीण बस्तीमा सडक पुगे पनि वर्षायाममा पहिरो र बाढीका कारण सडक अवरुद्ध हुने गर्छ । सडक सञ्चालनमा रहेको समयमा समेत नियमित यातायात नहुँदा गर्भवतीलाई बोकेर वा डोको तथा स्ट्रेचरमा स्वास्थ्य संस्था लैजानुपर्ने अवस्था आउने गरेको स्थानीय खगेन्द्र रावलले बताए । उनले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि भौगोलिक विकटता र यातायातको समस्याका कारण सेवा लिन कठिनाइ हुने गरेको बताए ।

प्रसूतिको समय नजिकिँदासम्म घरमै बस्ने र व्यथा लागेपछि मात्र स्वास्थ्य संस्था खोज्ने, स्वास्थ्य संस्था टाढा हुने, सडकको पहुँच नहुने, पारिवारिक कामकाजमा बढी व्यस्त हुने अवस्था छ ।

यस्तै, जनचेतनाको कमी लगायतका कारण कतिपय गर्भवतीले स्वास्थ्य संस्था पुग्नुअघि नै घरमा वा बाटोमै शिशु जन्माउनुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत विनोद धामीले बताए । उनका अनुसार जिल्लामा गत वर्ष एक हजार २२२ महिलाले स्वास्थ्य संस्थामा र ३३ जनाले घरमै शिशुलाई जन्म दिएका छन् । जनस्वास्थ्य अधिकृत धामीले घरमै वा बाटोमा बच्चा जन्माउनुपर्ने अवस्थाको अन्त्य गर्न स्वास्थ्यकर्मीले मात्र सम्भव नहुने भन्दै सरकारले नै गर्भावस्थामा नियमित स्वास्थ्य जाँच, प्रसूतिको केही समयअघि स्वास्थ्य संस्था पुग्न प्रेरित गर्ने तथा सडक पूर्वाधार र स्वास्थ्य संस्थाको सहज पहुँचका लागि ठोस कदम चाल्नुपर्ने बताए ।

विभिन्न सञ्चारमाध्यम वा प्राप्त जानकारीअनुसार यस वर्षको असारयता मात्र जिल्लामा कम्तीमा पाँच महिलाले बाटोमै बच्चा जन्माएका छन् । गत साउन १० गते गौमूल गाउँपालिका–५ की २० वर्षीया कमला बुढाले लगातार वर्षा र सडक नहुँदा स्वास्थ्य संस्था पुग्न नसकेपछि बाटोमै शिशुलाई जन्म दिएकी थिइन् ।

यस्तै, साउन १५ गते स्वामीकार्तिक खापर गाउँपालिका–२, उदिना बस्ने २४ वर्षीया सौरी बुढाले स्वास्थ्य संस्था टाढा हुँदा ओडारमै छोरालाई जन्म दिएकी थिइन् । साउन १८ गते सोही गाउँपालिका–३, जोरुकी २४ वर्षीया अनिता महताराले पनि बाटोमै शिशुलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा सुरु भएपछि स्थानीय युवाले घरबाटै स्ट्रेचरमा बोकेर स्वास्थ्य संस्थातर्फ लैजाँदै गर्दा उनले बिच बाटोमै बच्चा जन्माएकी थिइन् ।

अघिल्लो समाचार

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

अर्को समाचार

देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
आर्थिक

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना
आवाज

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
फिचर-ब्यानर

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य
फिचर-ब्यानर

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला

देवीघाटमा एक्रो ब्रिज जडान, आजदेखि पैदलयात्रीका लागि खुला

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक पाँच दशमलव ४५ अङ्कले घट्यो

१३ कात्तिक २०८३,
पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि जरिवाना

काठमाडौँ महानगरद्वारा संस्कृत शिक्षा प्रवर्द्धनमा सहयोग

१३ कात्तिक २०८३,
अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिन र शिक्षामन्त्री सस्मित पोखरेलबीच भेटवार्ता

१३ कात्तिक २०८३,
गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन