• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, १३ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

    प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

    विद्युत् निर्यात बढे पनि जोखिम कायमै

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

    मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

    जडीबुटी बेचेर चार करोड राजस्व असुली

    विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

    अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ भदौ २०८३,
0
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

महोत्तरी।भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ ।

घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ ।

“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहन्छिन् ।

छ महिनाको गर्भ हुर्काइरहेकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आफू कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका हुन् ।

“म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्छिन्, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाई सँगै लगेका थिए ।

“कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहेकी इन्दिरा विलाप गर्दै भन्छिन्, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् ! गर्भे बच्चालाई न्याय गर ।”

आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ ।

“क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनुभयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्छिन्, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।”

त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उनका दाजुले घर ल्याएका हुन् ।

विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उनको घरमा पुगिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ ।

दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ । केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लडेकी छन् ।

छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

“हामीले आफ्नोतर्फबाट पनि निकै खोजी गर्‍यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सुवास भन्छन्, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला ?” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्छन् ।

“अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नुपरेको छ,” शम्भुनाथ भन्छन्, “बुबा, अब तपाईं दुःख नगर्नोस् भन्थ्यो, अहिले रुवाइरहेको छ ।”

विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउँछन् । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्छन् ।

भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन भएका छन् । बाढीमा परी मधेश प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आफूहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सकुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौना सुनिन्छ ।

अघिल्लो समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अर्को समाचार

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल
अन्तर्राष्ट्रिय

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग
फिचर-ब्यानर

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य
फिचर-ब्यानर

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन
आर्थिक

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
आवाज

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा
फिचर-ब्यानर

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

गङ्गा जल सन्धि नवीकरणका लागि बङ्गलादेशको पहल

१३ कात्तिक २०८३,
प्रसारण लाइन निर्माण : स्थानीयद्वारा क्षतिपूर्तिको माग

विद्युत् निर्यात बढे पनि जोखिम कायमै

१३ कात्तिक २०८३,
अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

अमेरिकाको निर्भरता घटाउन क्यानाडा–इयु सहकार्य

१३ कात्तिक २०८३,
मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जडीबुटी बेचेर चार करोड राजस्व असुली

१३ कात्तिक २०८३,
विदेश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

अनुदान दिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी

१३ कात्तिक २०८३,
जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

१३ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन