• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, September 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’

metakhabar by metakhabar
२५ भदौ २०८३,
0
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी।भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ ।

घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ ।

“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहन्छिन् ।

छ महिनाको गर्भ हुर्काइरहेकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आफू कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका हुन् ।

“म अब काममा जान्छु, तिमी ढोका लगाएर बस भनेर काममा जानुभएको थियो,” घटनाको दिन सम्झँदै इन्दिरा भन्छिन्, “क्वाटरबाट १० मिनेटजति लाग्ने दूरी हो, फेरि मलाई ढोका खोल भन्न आउनुभएन,” कार्यरत स्थानमा आवास सुविधा भएपछि विकासले पत्नी र छोरीलाई सँगै लगेका थिए ।

“कामबाट फुर्सद भयो कि फोन गर्नुहुन्थ्यो, अहिले उहाँको एक वचन सुन्न मन तड्पिरहेछ,” हाल पिपरा–३ स्थित घरमा रहेकी इन्दिरा विलाप गर्दै भन्छिन्, “न छोरीले राम्रोसँग बोलाएकी छ अहिलेसम्म, न यो गर्भको बच्चाले बाबु चिन्न पाउने भयो । हे भगवान् ! गर्भे बच्चालाई न्याय गर ।”

आवासगृहका सुरक्षागार्डले माथिबाट ठूलो बाढी आउँदैछ, डाँडातिर चढ्नोस् भनेपछि छोरी काखमा च्यापेर हस्याङफस्याङ हुँदै थुम्कोमा पुगेर तलतिर हेर्दा आयोजना परिसर बाढीले ढाकेको इन्दिरालाई सम्झना छ ।

“क्वाटरमा भएका हामी निस्क्यौँ, उहाँ पनि कतै निस्कनुभयो होला भन्ने आसमा पर्खे तर न फोन आयो, न मैले गर्दा लाग्यो,” इन्दिरा भक्कानिँदै भन्छिन्, “साँझसम्म उहाँको कुनै अत्तोपत्तो नभएपछि तल झरेर खोजी गरे तर केही पाइएन ।”

त्यसपछि इन्दिरा र छोरीलाई सेनाले काठमाडौँ ल्याइदिएको र त्यहाँबाट उनका दाजुले घर ल्याएका हुन् ।

विकास सम्पर्कविहीन भएको खबर फैलिएसँगै अहिले इष्टमित्र र आफन्तजन उनको घरमा पुगिरहेका छन् । कोही नयाँ मान्छे घर आयो कि विकासको खबर आयो कि भन्ने परिवारजनलाई पर्छ ।

दुई साता नाघ्दासम्म कुनै थप खबर नपाउँदा परिवार पूरै विचलित बनेको छ । केही महिना पहिलेमात्र पाठेघरको शल्यक्रिया गराइएकी आमा बिनादेवी यादव इन्तु न चिन्तु भएर लडेकी छन् ।

छिनछिनमा ‘मेरो विकास बाबु आयौ’ भन्दै बर्बराउने बिनाका आँखामा आँसु सिद्धिएर डिल सुन्निएका छन् । पिता शम्भुनाथ र भाइ सुवासको अवस्था पनि उस्तै छ ।

“हामीले आफ्नोतर्फबाट पनि निकै खोजी गर्‍यौँ, दाजुको केही पत्ता लागेन,” बर्बरी आँसु झार्दै भाइ सुवास भन्छन्, “आमा र भाउजूलाई के गरी सम्हाल्ने होला ?” अवकाश प्राप्त शिक्षक शम्भुनाथ पत्नी बिना र बुहारी इन्दिराका अगाडि ‘बाबु आउँछ’ भन्ने गरे पनि लुकेर गह भिजाउँदै आफ्नो पीडा व्यक्त गर्छन् ।

“अब छोरा काममा लाग्यो, हाम्रा दुःखका दिन गए भनेर दङ्ग पर्थे, परमात्मालाई हाम्रो खुसी मञ्जुर रहेनछ, यो बुढेसकालमा विलाप गर्नुपरेको छ,” शम्भुनाथ भन्छन्, “बुबा, अब तपाईं दुःख नगर्नोस् भन्थ्यो, अहिले रुवाइरहेको छ ।”

विकास पढाइमा सधैँ अब्बल रहेको र आफ्नो कक्षामा कहिल्यै दोस्रो नभएको शम्भुनाथ बताउँछन् । “खै यो उमेरमा के भोग्न लेखेको रहेछ,” शम्भुनाथ छोरा सम्झँदै भन्छन् ।

भोटेकोशी बाढीले विकासको जस्तै महोत्तरीका १० घरमा विलाप सुनिन्छ । यहाँका १० जना रसुवा र नुवाकोटबाट सम्पर्कविहीन भएका छन् । बाढीमा परी मधेश प्रदेशका १७८ जना सम्पर्कविहीन भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यस्तै, तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दिन बित्दै गएपछि परिवारजनमा आफ्ना मान्छे सकुशल भेटिने हो होइन भन्ने द्विविधा बढेको छ । सम्पर्कविहीनको खोजी गरी जेजस्तो अवस्था भए पनि आफूहरूले देख्न पाऊँ भन्ने परिवारजन सरकार र खोज उद्धारकर्तासँग अनुनय विनय गर्दैछन् । आफ्ना मान्छे सकुशल भेटिएको चमत्कारिक खबरको पर्खाइमा उनीहरूको विलौना सुनिन्छ ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

metakhabar

metakhabar

सम्बन्धित खबर

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

२५ भदौ २०८३,
लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै
समाचार

लुम्बिनी प्रदेशमा स्वास्थ्य संस्था दर्ता र नवीकरण व्यावहारिक बनाइँदै

२५ भदौ २०८३,
तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र
समाचार

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

२५ भदौ २०८३,
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
समाचार

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

२५ भदौ २०८३,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

२५ भदौ २०८३,
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
समाचार

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

२५ भदौ २०८३,
Load More
Next Post
बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

बाजुराका आमाको व्यथाः बाटामै जन्मन्छन् शिशु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In