• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, September 6, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२१ भदौ २०८३,
0
बाढीपीडितलाई सुरक्षित स्थानमा सार्न सरकारद्वारा १३ सदस्यीय समिति गठन

बाढीले क्षति पुर्‍ययाएको नुवाकोटको त्रिशूली बजार त्रिशूली (नुवाकोट),१३ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीले क्षतिग्रस्त भएको नुवाकोटको त्रिशूली बजार। नदीमा आएको बाढीले बस्तीका संरचनामा ठूलो क्षति पुर्‍याएपछि बजार क्षेत्र बगरमा परिणत भएको छ। तस्बिरः प्रदीपराज वन्त/रासस

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भोटेकोसी बाढीबाट विस्थापित भएका तथा जोखिमयुक्त क्षेत्रमा बस्दै आएका परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापना गर्न सरकारले जग्गा पहिचान समिति गठन गरेको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गर्दै सरकारले बाढी प्रभावित परिवारको संख्या यकिनदेखि पुनर्स्थापनाका लागि उपयुक्त जग्गा पहिचान र जोखिम मूल्यांकनसम्मका जिम्मेवारी तोकेको हो । समितिले पहिलो चरणमा भोटेकोसी बाढीका कारण प्रभावित तथा तत्काल पुनर्स्थापना आवश्यक भएका परिवारको वास्तविक संख्या सम्बन्धित स्थानीय तह र वडासँगको समन्वयमा संकलन गर्नेछ । त्यसपछि ती परिवारको नाममा अन्यत्र जग्गा भए–नभएको विवरणसमेत तयार पारिनेछ ।

बाढीपीडितलाई पुनर्स्थापना गर्नुपर्ने अवस्था देखिएमा सम्बन्धित जिल्लाका भूमि प्रशासन तथा नापी कार्यालयका प्रमुखको समन्वयमा स्थानीय तह र वडामार्फत सुरक्षित स्थानको खोजी गरिनेछ । पहिचान भएका सम्भावित स्थानको स्थलगत अध्ययन गरी विपद् जोखिमको प्रारम्भिक मूल्यांकनसमेत गरिने समितिले जनाएको छ ।

समितिका एक सदस्यका अनुसार सम्बन्धित जिल्ला तथा स्थानीय तहसँग समन्वय सुरु भइसकेको छ । यद्यपि समितिको औपचारिक बैठक बसेर काम अघि बढ्न भने बाँकी रहेको छ ।‘जिल्लामा सम्पर्क र समन्वय सुरु भएको छ । अहिले स्थानीय तह र वडामार्फत आवश्यक तथ्यांक संकलन भइरहेको छ,’ ती सदस्यले भने, ‘तथ्यांक प्राप्त भएपछि भूमि प्रशासन र नापी कार्यालयका प्रमुखसहितको सहभागितामा पुनर्स्थापनाका लागि सुरक्षित विकल्प पहिचान गरिनेछ ।’

समितिमा संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक र नापी विभागका उपसचिवलगायत छन् । जिल्लागत रूपमा जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, सशस्त्र प्रहरी नायव उपरीक्षक तथा भूमि प्रशासन र नापी कार्यालयका प्रमुखलाई समेत समितिमा समेटिएको छ ।

समितिले गर्ने मुख्य ६ काम

सरकारले समितिलाई बाढीपीडितको पुनर्स्थापनाका लागि मुख्यतः ६ वटा जिम्मेवारी दिएको छ ।

पहिलो, अन्य सुरक्षित विकल्प नभएका र पुनर्स्थापना गर्नुपर्ने परिवारको संख्या स्थानीय तह तथा वडासँगको समन्वयमा यकिन गर्ने ।

दोस्रो, पुनर्स्थापनाका लागि आवश्यक सरकारी वा अन्य उपयुक्त जग्गा स्थानीय तह, वडा, भूमि प्रशासन र नापी कार्यालयको सहयोगमा पहिचान गर्ने ।

तेस्रो, पहिचान भएका जग्गाको स्थलगत निरीक्षण गरी सम्बन्धित विज्ञको सहयोगमा प्रारम्भिक विपद् जोखिम मूल्यांकन गर्ने ।

चौथो, पहिचान गरिएका जग्गा पुनर्स्थापनाका लागि प्रयोग गर्न आवश्यक कानुनी प्रक्रिया तथा त्यसका विकल्पबारे सुझाव दिने ।

पाँचौँ, पुनर्स्थापना प्रक्रियाका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक सहयोग जुटाउने ।

छैटौँ, तथ्यांक, जग्गा पहिचान, जोखिम मूल्यांकन र कानुनी प्रक्रियालगायत सबै विषय समेटेर स्पष्ट सुझाव तथा सिफारिससहितको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पेस गर्ने ।

यस समितिको कामबाट बाढीपछि अस्थायी रूपमा विस्थापित भएका परिवारलाई दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ ।

Previous Post

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

Next Post

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

metakhabar

metakhabar

सम्बन्धित खबर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै
फिचर-ब्यानर

विद्युत्गृहमा नभेटिएपछि रसुवागढी हाइड्रोपावरका सम्पर्कविहीन जङ्गलमा खोजिँदै

२१ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
फिचर-ब्यानर

बालेनलाई गगनको सुझाव- सचिवालयको भर नपर्नुस्, राष्ट्रसंघको महासभामा तथ्यसहित प्रस्तुत हुनुस्

२१ भदौ २०८३,
भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि आर्थिक सहयोग जुटाउँदै नेपाल, अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको आग्रह

२१ भदौ २०८३,
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन
फिचर-ब्यानर

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

२१ भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
आर्थिक

भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

२१ भदौ २०८३,
Load More
Next Post
भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

भोटेकोसी बाढीपछि भग्नावशेषमा खोजी तीव्र, सुरक्षा टोली निरन्तर परिचालन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In