• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : देशभर वर्षाको सम्भावना

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज कुन सडकको अवस्था के छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

    मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

    ड्रोनमा अमेरिकाको नयाँ कर

    सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा

    पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आजको मौसम : देशभर वर्षाको सम्भावना

    वर्षाले विभिन्न सडक अवरुद्ध

    आज कुन सडकको अवस्था के छ ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

हर्मुज तनावले व्यापारमा जोखिम

metakhabar by metakhabar
१८ भदौ २०८३,
0
हर्मुज तनावले व्यापारमा जोखिम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने जोखिम बढेको छ । अमेरिकाले इरानी लक्ष्यमा ठूलो आक्रमण गरेको जनाएको छ भने इरानले युद्ध, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्न ‘नयाँ रणनीति’ अपनाउने चेतावनी दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी सेनाले राताभर इरानी लक्ष्यमा ‘धेरै भारी आक्रमण’ गरेको र आवश्यक परे जुनसुकै बेला पुनः आक्रमण गर्न तयार रहेको बताउनुभयो । उहाँले हर्मुज जलघाँटीको नाम परिवर्तन गरी ‘ट्रम्प स्ट्रेट’ राख्नुपर्ने सुझावसमेत दिनुभयो । उक्त जलमार्ग अहिले अमेरिकी नियन्त्रणमा रहेको उहाँको दाबी भए पनि पछि आफ्नो भनाइ गम्भीर नभएको सङ्केत गर्नुभएको थियो ।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका–इजरायलको आक्रमणपछि इरानले नयाँ रणनीति अपनाएको बताउनुभएको छ । उहाँले युद्धभूमि, कूटनीति र आर्थिक नाकाबन्दीको सामना गर्दै अमेरिकी आधारलाई ध्वस्त पार्ने चेतावनी दिनुभयो ।

यसैबीच, अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले इरानका आर्थिक साझेदारलाई लक्षित गरी प्रतिबन्ध विस्तार गर्ने योजना रहेको र त्यसबाट अधिकतम आर्थिक दबाब सिर्जना गरिने बताउनुभएको छ ।

मङ्गलबार इरानमा अमेरिकी बमबारी भएपछि इरानले जोर्डन, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन तथा इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाएको छ ।

इरानी रेड क्रिसेन्टका अनुसार दक्षिणी इरानको सिरिकमा विवाह समारोह भइरहेको स्थानमा भएको अमेरिकी आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले घटनालाई युद्ध अपराधको संज्ञा दिँदै आक्रोश व्यक्त गर्नुभयो । अमेरिकी सेनाले घटनाबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि सेन्ट्रल कमान्डका प्रवक्ता टिम हकिन्सले अमेरिकी सेनाले नागरिकलाई कहिल्यै निशाना नबनाउने बताउनुभयो ।

पछिल्लो चरणको लडाइँ आइतबार अमेरिकी सेनाले इरानी लक्ष्यमा आक्रमण गरेपछि सुरु भएको हो । त्यसपछि इरानले क्षेत्रका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको छ । इरानी आक्रमणका क्रममा दुई तेल ट्याङ्करमा समेत प्रहार भएको र तीमध्ये एउटामा दुई फिलिपिनो नाविकको मृत्यु भएको साउदी ढुवानी कम्पनीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले हर्मुजमा समुद्री खानी राख्ने इरानी प्रयास र जोर्डनस्थित अमेरिकी आधारमा भएको क्षेप्यास्त्र आक्रमणको जवाफमा अमेरिकी कारबाही गरिएको बताउनुभयो । हर्मुज जलघाँटीबाट यसअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने गरेकाले लामो अवरोधले विश्व ऊर्जा बजार र व्यापारमा थप दबाब पार्ने चिन्ता बढेको छ ।

इरान र अमेरिका–इजरायलबीचको युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको थियो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो । हर्मुजमा व्यापारिक जहाजमाथि भएका आक्रमणपछि नाजुक युद्धविराम भङ्ग भएको थियो ।

यसैबीच, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानले सेप्टेम्बरको मध्यदेखि सुरु हुने यहुदीहरूको उच्च धार्मिक पर्वका समयमा आक्रमण गरे इजरायलले ‘ठूलो बलका साथ’ जवाफ दिने चेतावनी दिनुभएको छ ।

पछिल्लो सैन्य टकरावले युद्धको दायरा विस्तार हुनुका साथै हर्मुज जलघाँटीमा व्यापारिक जहाजको आवागमन, विश्व तेल आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा थप अस्थिरता निम्त्याउने चिन्ता बढाएको छ

Previous Post

संसद बैठकमा अस्वस्थ भएका सांसद खड्कालाई वीर अस्पताल लाने तयारी

Next Post

अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

metakhabar

metakhabar

सम्बन्धित खबर

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो
आर्थिक

जुम्लाका किसानलाई स्याउ टिप्न चटारो

१९ भदौ २०८३,
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
अन्तर्राष्ट्रिय

ड्रोनमा अमेरिकाको नयाँ कर

१९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

पर्वले राष्ट्रिय एकता र सद्भावलाई सुदृढ बनाउँदै आएका छन्ः सभापति थापा

१९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

१९ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
समाचार

आजको मौसम : देशभर वर्षाको सम्भावना

१९ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
समाचार

आज कुन सडकको अवस्था के छ ?

१९ भदौ २०८३,
Load More
Next Post
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In