• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ साउन २०८३,
0
इरान वार्ताप्रति ट्रम्प आशावादी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौताका लागि कूटनीतिक प्रगति हुने ‘राम्रो सम्भावना’ रहेको बताउनुभएको छ । अमेरिका र इरानले लगातार तेस्रो दिन पनि युद्धविराम कायम राखिरहेका बेला उहाँले वार्तामार्फत द्वन्द्व अन्त्य हुन सक्ने आशा व्यक्त गर्नुभएको हो ।

इरानमा अमेरिकी आक्रमणका १३ रातपछि र हर्मुज जलघाँटीको नाकाबन्दीलाई लिएर उत्पन्न तनावपछि शुक्रबारदेखि युद्धविराम लागू भएको थियो । ट्रम्पले एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूसँग ‘धेरै धैर्य’ रहेको र आगामी घटनाक्रमले सकारात्मक दिशा लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले नयाँ कूटनीतिक प्रयास असफल भए अमेरिका आवश्यक परे अघिकै सैन्य रणनीतिमा फर्कन सक्ने चेतावनीसमेत दिनुभएको छ ।

यद्यपि, इरानले अमेरिका र आफूबीच प्रत्यक्ष वार्ता भइरहेको दाबी अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले मध्यस्थकर्तामार्फत अमेरिकी सन्देश प्राप्त हुन सक्ने भए पनि हाल कुनै प्रत्यक्ष वार्तामा सहभागी नरहेको स्पष्ट पार्नुभएको छ । ट्रम्पले भने मिचिगनमा आयोजित कार्यक्रममा इरानले अहिले सम्झौताबारे अमेरिकासँग संवाद गर्न चाहिरहेको दाबी गर्नुभएको थियो ।

ट्रम्पले युद्धका कारण अमेरिकी हतियार भण्डार घटेको भन्ने आशङ्कालाई पनि अस्वीकार गर्दै अमेरिकासँग पर्याप्त गोलाबारुद र अन्य सैन्य सामग्री रहेको बताउनुभएको छ ।

यसैबीच, साउदी अरेबियाको रक्षा मन्त्रालयले इराकस्थित तेल पूर्वाधारलाई लक्षित गरी इरानसँग आबद्ध समूहबाट प्रहार गरिएका केही ड्रोन रोकेको जनाएको छ । घटनाको जिम्मेवारी कुनै समूहले नलिए पनि रियादले बगदादलाई आफ्नो भूमिबाट यस्ता आक्रमण हुन नदिन आग्रह गरेको छ । इराकका प्रधानमन्त्री अली अल–जैदीले घटनाबारे अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।

मध्यपूर्वमा शान्ति स्थापनाका लागि मध्यस्थता गर्दै आएको पाकिस्तानले पनि ड्रोन आक्रमणको निन्दा गर्दै यसले क्षेत्रीय शान्ति र स्थिरतामा गम्भीर खतरा उत्पन्न गरेको जनाएको छ । यमनका इरान समर्थित हुथी विद्रोहीले साउदीको तेल पूर्वाधारमा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्, तर रियादले त्यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

उता, इजरायली सेनाले जोर्डन सीमानजिक दुईवटा ड्रोन खसालेको र ती कहाँबाट प्रक्षेपण गरिएका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

युद्धविराम कायम भएसँगै सोमबार विश्व सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ भने तेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब छ प्रतिशतले घटेर प्रतिब्यारेल ८६ अमेरिकी डलरमा झरेको छ । यसलाई खाडी क्षेत्रको ढुवानी तथा ऊर्जा उद्योगका लागि राहतका रूपमा हेरिएको छ ।

यद्यपि, हर्मुज जलघाँटीको नियन्त्रण अझै पनि शान्ति प्रक्रियाको प्रमुख विवादका रूपमा रहेको छ । इरानले उक्त सामुद्रिक मार्गको व्यवस्थापन आफ्नो अधिकारभित्र पर्ने अडान दोहो¥याएको छ भने रिभोलुसनरी गाड्र्सले निर्धारित मार्गबाहिर चलेको आरोप लगाउँदै केही जहाज रोकेको जनाएको छ ।

इरानले ओमानसँग समुद्री मार्ग सुरक्षित बनाउन साझा कार्यविधिबारे छलफल भएको जानकारी दिएको छ । तर बाकाईले उक्त वार्तामा अमेरिका संलग्न नरहेको स्पष्ट पार्दै वासिङ्टनको व्यवहारलाई ‘कुनै नियम वा कानून नमान्ने माफिया गिरोहजस्तै’ भएको आरोप लगाउनुभएको छ ।

Previous Post

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

Next Post

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
फिचर-ब्यानर

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

१२ साउन २०८३,
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

१२ साउन २०८३,
एकैदिन ४२ विपद्का घटना
समाचार

एकैदिन ४२ विपद्का घटना

१२ साउन २०८३,
Load More
Next Post
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In