• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चितवनमा निर्वाचनको तयारी तीव्र

    चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    इरान वार्ताप्रति ट्रम्प आशावादी

    बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र

    गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१२ साउन २०८३,
0
फ्रान्स–स्पेनमा डढेलोको कहर, तीन लाखभन्दा बढी विस्थापित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदै गर्दा तीन लाख २५ हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् । मौसमविद्ले नयाँ उष्ण लहर आउने चेतावनी दिएसँगै आगो अझ फैलिने जोखिम बढेको छ भने दुवै देशले ठूलो सङ्ख्यामा अग्निनियन्त्रक, सैनिक र सुरक्षाकर्मी परिचालन गरेका छन् ।

दक्षिणपश्चिम फ्रान्सको गिरन्डे क्षेत्र र स्पेनको म्याड्रिड आसपासका क्षेत्रमा लागेको आगो दुवै देशको इतिहासकै सबैभन्दा विनाशकारी डढेलोमध्ये एक बनेको अधिकारीहरूले बताएका छन् । फ्रान्समा डढेलोका कारण ‘पाइरोकुमुलोनिम्बस’ भनिने विशाल आगोको बादल बनेको छ । यस्तो बादलले आफ्नै हावाको प्रणाली सिर्जना गरी नयाँ स्थानमा चट्याङमार्फत थप आगो फैलाउने जोखिम बढाएको फ्रान्सको राष्ट्रिय अग्निनियन्त्रक महासङ्घले जनाएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आपत्कालीन अवस्थाबारे छलफल गर्न सोमबार सङ्कट व्यवस्थापन बैठक बोलाउनुभएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि आगो प्रभावित भ्यालेन्सिया क्षेत्रको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ । उहाँले यसअघि कठिन अवस्था अझै बाँकी रहेको चेतावनी दिनुभएको थियो ।

स्पेनका अधिकारीहरूका अनुसार अविला क्षेत्रमा मात्रै करिब ७७ हजार हेक्टर क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणका लागि २८० किलोमिटर परिधिमा अभियान सञ्चालन भइरहेको छ । भ्यालेन्सिया क्षेत्रमा थप डढेलो फैलिँदा १५ हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । म्याड्रिड, अविला, टोलेडो र कास्टेलन क्षेत्रबाट करिब ७५ हजार मानिस सुरक्षित स्थानमा सारिएका छन् ।

फ्रान्सको गिरन्डे क्षेत्रमा करिब दुई लाख २० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । ४५ वटा शिविर बन्द गरिएका छन् भने करिब ४० हजार पर्यटकको बिदा प्रभावित भएको छ । स्थानीय प्रशासनले स्काउट शिविर र अपाङ्गता भएका व्यक्तिका लागि सञ्चालित बिदा शिविरसमेत बन्द गर्न आदेश दिएको छ ।

आगोले बुधबारयता गिरन्डे क्षेत्रमा ४२ हजार हेक्टर वन क्षेत्र र कम्तीमा २४० घर ध्वस्त पारेको छ । बोर्डेक्सको दक्षिणतर्फको मुख्य राजमार्ग र रेल सेवा अवरुद्ध भएका छन् । रक्षा मन्त्रालयले बोर्डेक्स आसपासका एयरोस्पेस उद्योगको सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको जनाएको छ ।

आगो नियन्त्रणका क्रममा गिरन्डे क्षेत्रमा ८४ जना अग्निनियन्त्रक घाइते भएका छन् । तीमध्ये १० जनालाई उपचारका लागि अन्यत्र सारिएको छ । फ्रान्सका अग्निनियन्त्रक सङ्घले विषाक्त धुवाँबाट जोगिने पर्याप्त सुरक्षात्मक सामग्रीको अभाव रहेको जनाएको छ ।

हाल गिरन्डे क्षेत्रमा करिब दुई हजार ५०० अग्निनियन्त्रक, एक हजार ५०० सैनिक र एक हजार २०० प्रहरी परिचालन गरिएका छन् । बोर्डेक्सका मेयर थोमस क्याजेनाभले सहर खाली गर्ने कुनै योजना नरहेको तर अवस्था निरन्तर निगरानीमा रहेको बताउनुभएको छ ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता चरम डढेलो झन् तीव्र र बारम्बार हुन थालेको बताएका छन् । मौसमविद्का अनुसार फ्रान्सका केही क्षेत्रमा आगामी दिनमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।

स्पेनका राजा फेलिप छैटौँले डढेलोले देशको प्राकृतिक सम्पदामा अकल्पनीय क्षति पु¥याएको बताउँदै प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउनुभएको छ । पोप लियो चतुर्थले पनि फ्रान्स र स्पेनका प्रभावित समुदाय तथा उद्धारकर्मीका लागि प्रार्थना गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।

यसैबीच इटालीको दक्षिणी पुग्लिया क्षेत्रमा पनि डढेलो फैलिँदा पेसचिची आसपासबाट चार सयभन्दा बढी पर्यटक र समुद्र किनारामा रहेका सर्वसाधारणलाई समुद्री मार्गबाट सुरक्षित स्थानमा सारिएको छ भने थप उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।

Previous Post

इरान वार्ताप्रति ट्रम्प आशावादी

Next Post

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

चितवनमा निर्वाचनको तयारी तीव्र
जीवन शैली

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

१२ साउन २०८३,
इरान वार्ताप्रति ट्रम्प आशावादी
अन्तर्राष्ट्रिय

इरान वार्ताप्रति ट्रम्प आशावादी

१२ साउन २०८३,
बागलुङ र जैमिनी नगरपालिकालाई जोड्ने सडक कालोपत्र
आर्थिक

गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र

१२ साउन २०८३,
सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग
समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग

१२ साउन २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै

१२ साउन २०८३,
एकैदिन ४२ विपद्का घटना
समाचार

एकैदिन ४२ विपद्का घटना

१२ साउन २०८३,
Load More
Next Post
चितवनमा निर्वाचनको तयारी तीव्र

चितवन जिल्लाका अधिकांश अस्पतालमा बहिरङ्ग सेवा बन्दः एघार हजार बिरामी प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In