• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    बडीमालिका पूजा आजदेखि प्रारम्भ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लामिछानेका कारण विवादमा रास्वपा

by
२० माघ २०७९,
0
कुनै पनि भ्रष्टाचारको निर्मम अनुसन्धान गर्छौंः रवि लामिछाने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले बिहीबार एउटा आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरे। फेसबुकमार्फत उनले घेराबन्दीमा हाल्न आफू अभिमन्यु नभएको बताए। उनले लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

कुरुक्षेत्रको युद्धमा कौरव पक्षका प्रधानसेनापति द्रोणाचार्यले पाण्डव पक्षलाई कमजोर पार्न चक्रव्यूहको रचना गरेका थिए। उक्त चक्रव्यूहभित्र पस्ने र छिचोल्ने सामथ्र्य पाण्डव पक्षतर्फ अर्जुनमा मात्र थियो। यसकारण अर्जुनलाई अल्झाएर टाढा पुर्‍याइयो। अर्जुनपुत्र अभिमन्यु चक्रव्यूहभित्र छिर्न त सक्थे तर बाहिर निस्कने सीप उनमा थिएन। यही कमजोरीमा कौरव पक्षको समस्त महारथीले अभिमन्युलाई घेराबन्दीमा हालेर हत्या गरेका कथा महाभारतमा पाइन्छ।

रास्वपा सभापति लामिछानेले यही कुरालाई इंगित गर्दै आफू अभिमन्यु नभएको टिप्पणी गरेका छन्। तर आफूलाई कसले घेराबन्दीमा हाल्यो त्यो भने उनले पूर्ण रूपमा खुलाएका छैनन्। उनी पछिल्ला केही दिनयता आलोचनाको केन्द्रमा छन्। आफ्नै पार्टीभित्रबाट आलोचना हुन थालेपछि सम्भवतः उनको यस्तो अभिव्यक्ति आएको हुनसक्छ।

लामिछानको नागरिकता विवादसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि रास्वपा पनि विवादको भुमरीमा परेको छ। पार्टीका नेताहरू ‘अब के गर्ने रु’ भन्ने विषयमा तीन समूहमा विभक्त भएका छन्। नेतृत्वका विषयमा नेताहरूले सार्वजनिक रूपमै असन्तुष्टि पोख्न थालेका छन्। सर्वोच्च अदालतको फैसलाले गुमेको उपप्रधान तथा गृहमन्त्री पद पाउन लामिछानेले गरेको दौडधुप र त्यसले सिर्जना गरेको राजनीतिक तरंग नै अहिले रास्वपाभित्र विवादको मूल कारण बनेको छ। लामिछानेले लिएको राहदानी पनि विवादमा परेको छ।

अध्यागमन ऐन उल्लंघनलगायत उनका आधा दर्जन गल्ती सञ्चारमाध्यममा आएका छन्। कम्तीमा नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ र राहदानी छानबिन नसकिएसम्म लामिछानेलाई पुरानो जिम्मेवारीसहित सरकारमा नफर्काउने अडान प्रधानमन्त्री पुष्पकमल दाहालले लिएका छन्।

लामिछानेलाई पुरानै जिम्मेबारीसहित सरकारमा ल्याउनुपर्ने र ल्याउन नहुने विषयलाई लिएर ६ दिनदेखि सत्ता गठबन्धनभित्र गलफत्ती चलेको छ। लामिछानेले सरकारमा पुरानै हैसियत पाउन सत्ता गठबन्धनको ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको समर्थन जुटाएर प्रधानमन्त्री दाहालमाथि लगातार दबाब दिएका छन्।

उनले सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनबाट पनि प्रधानमन्त्री दाहालमाथि दबाब दिए। यसक्रममा लामिछानेले दर्जनौंपटक बालकोट (एमाले अध्यक्ष ओली निवास) र बालुवाटार (प्रधानमन्त्री दाहालको सरकारी निवास) मा दौडधुप गरिरहे। आफूले गृह मन्त्रालय नपाए सरकार छाड्ने धम्की पनि उनले दिइरहेका छन्। तर प्रधानमन्त्री दाहाल अहिलेसम्म आफ्नो अडानबाट टसमस भएका छैनन्। यसमा दाहाललाई उनको पार्टी नेकपा माओवादी केन्द्रले साथ दिएको छ।

झन्डै ‘एक व्यक्ति पार्टी’ जस्तो देखिएको रास्वपामा सुरूवाती दिनमा लामिछानेको आलोचना गर्ने साहस कसैले जुटाउन सकेका थिएनन्। पछिल्ला केही दिनयता लामिछानेका कारण पार्टीको सार्वजनिक छविमा असर पुग्न थालेको भन्दै असन्तुष्टि प्रकट हुन थालेको छ। केन्द्रीय सदस्य अरनिको पाँडेले ट्विटमा आफ्नो असन्तुष्टि पोखेका छन्। गृह मन्त्रालय रास्वपाले पाउनुपर्ने र त्यो लिन सबै जुट्नुपर्ने बताउँदै उनले गृह मन्त्रालयमा लामिछानेको विकल्प खोज्नुपर्ने आशय व्यक्त गरेका छन्। ‘अहिलेको परिस्थितिमा रास्वपाको टिमबाट सबैभन्दा सक्षम, विवादविहीन, अनि पार्टी र देशको गौरव बढाउने गृहमन्त्री को हुन सक्ला रु’ मंगलबारको उनको ट्विटमा उल्लेख छ।

पाँडेजस्तै अर्का केन्द्रीय सदस्य गणेश कार्कीले पनि बुधबार रास्वपालाई प्रधानमन्त्री दाहालले विधि र नैतिकताको पाठ सिकाउने र एमाले अध्यक्ष ओलीले समर्थन र सद्भाव देखाउनुपर्ने अवस्था आएको भन्दै व्यंग्य गरेका छन्। उनले लेखेका छन्, ‘यस्ता दिनको हामीलाई अपेक्षा थिएन। यस्ता दिन हामीले चाहेकै थिएनौं। तर भोगिरहेका छौं।’ राजनीतिक रूपमा रास्वपाबाट नै केही गल्ती भएको र केही हुन लागेको टिप्पणी उनले गरेका छन्।

रास्वपाले संघीय प्रतिनिधिसभामा २० सिट जितेको अवस्थामा पनि सुरूमै उदाहरण बन्नबाट चुकेको टिप्पणी कार्कीले गरेका छन्। सुरूमा सिकेर सहज ढंगबाट सरकारका राम्रा कामको समर्थन र खराब कामविरुद्ध चनाखोपूर्ण र रचनात्मक प्रतिक्रिया जनाए पुग्नेमा सरकारमा गएका विषयमन उनले असन्तुष्टि पोखेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

Previous Post

नबिकेपछि किसानले सडकमा फ्याँके तरकारी

Next Post

पाकिस्तानमा अली वजीरको रिहाइको माग गर्ने पश्तून कार्यकर्ता पक्राउ

सम्बन्धित खबर

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा
समाचार

विद्यार्थी आकर्षित गर्न क्याम्पसमा होस्टेल सुविधा

१ भदौ २०८३,
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
समाचार

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

१ भदौ २०८३,
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा
फिचर-ब्यानर

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक ८१ करोडभन्दा बढी घाटा

१ भदौ २०८३,
बडीमालिका पूजा आजदेखि प्रारम्भ
समाचार

बडीमालिका पूजा आजदेखि प्रारम्भ

१ भदौ २०८३,
Load More
Next Post
पाकिस्तानमा अली वजीरको रिहाइको माग गर्ने पश्तून कार्यकर्ता पक्राउ

पाकिस्तानमा अली वजीरको रिहाइको माग गर्ने पश्तून कार्यकर्ता पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In