• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 10, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

    पर्यटकका आर्कषणमा ऐना पहरा

    पर्यटकका आर्कषणमा ऐना पहरा

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्योलनमा स्वास्थ्य बीमा कार्यक्रम ,कहाँ सुविधा,काँही दुविधा

metakhabar by metakhabar
२४ माघ २०८२,
0
स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेमा आठ केन्द्रबाट प्रथम सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। सर्वसाधारण नागरिकको उपचार खर्च घटाउने उद्देश्यले सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर आर्थिक संकटमा फसेको छ । लामो समयदेखि भुक्तानी नपाएको भन्दै देशका ठूला सरकारी अस्पतालहरूले सेवा रोक्ने चेतावनी दिन थालेपछि कार्यक्रमको भविष्यबारे बहस चुलिएको हो । केही दिनअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) र शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले स्वास्थ्य बीमा सेवा स्थगित गरिएको सूचना सार्वजनिक गरे । त्यसलगत्तै स्वास्थ्य बीमा बोर्डले बीमाको एक लाख रुपैयाँको सीमाभित्र ओपीडी सेवा खर्चलाई २५ हजारमा झारेपछि कार्यक्रमको दायरा, प्रभावकारिता र निरन्तरतामाथि प्रश्न उठेको छ ।
े
स्वास्थ्य बीमा बोर्डका अनुसार पुस मसान्तसम्म अस्पतालहरूलाई भुक्तानी गर्न बाँकी रकम १९ अर्ब रुपैयाँ नाघिसकेको छ । असोजयताका कुनै पनि दाबीको भुक्तानी हुन सकेको छैन भने अघिल्लो आर्थिक वर्षका दाबीसमेत ठूलो मात्रामा बाँकी छन् । नियमित भुक्तानी नहुँदा अस्पतालहरू आर्थिक दबाबमा परेका छन् ।

२०७१ चैत २५ गते कैलाली, बागलुङ र इलामबाट पाइलट प्रोजेक्टका रूपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेसँगै देशभर विस्तार गरिएको थियो । हाल पाँच जनासम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ प्रिमियम तिरेर एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ । ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ति, एचआईभी सङ्क्रमित र कुष्ठरोगीलाई सरकारले निःशुल्क बीमामा समेटेको छ । तर यसबापत सरकारले बोर्डलाई शोधभर्ना नदिँदा आर्थिक भार थपिँदै गएको बोर्डको भनाइ छ ।

हाल बीमा कार्यक्रममा आबद्धमध्ये ५५ प्रतिशतले प्रिमियम तिर्दैनन् । बाँकी ४५ प्रतिशतले तिर्ने प्रिमियमबाट उठ्ने रकम पनि पर्याप्त छैन । सरकारको अनुदान र प्रिमियम जोड्दा बोर्डको वार्षिक आम्दानी करिब १३–१४ अर्ब रुपैयाँ मात्रै हुन्छ, जबकि अस्पताललाई तिर्नुपर्ने अनुमानित वार्षिक खर्च २९ अर्ब रुपैयाँसम्म पुग्ने देखिन्छ । यसरी हरेक वर्ष करिब १५ अर्ब रुपैयाँको घाटा थपिँदै गएको छ ।

बोर्डका अनुसार प्रिमियम तिरेर बीमा गर्नेहरूमध्ये अधिकांश बिरामी भएपछि मात्रै बीमा नवीकरण गर्छन् । यसले बीमा प्रणालीको ‘रिस्क पुलिङ’ सिद्धान्त कमजोर बनाएको छ । साथै, अनावश्यक परीक्षण, ठूला प्याकेजमा साना उपचार दाबी गर्ने जस्ता फेक क्लेम पनि समस्याको अर्को कारण बनेको छ । खर्च नियन्त्रण गर्न बोर्डले सह(भुक्तानी प्रणाली लागू गरेको छ । सरकारी अस्पतालमा १० प्रतिशत र निजी अस्पतालमा २० प्रतिशत खर्च बिरामीले आफैं तिर्नुपर्ने व्यवस्था छ । रेफरल प्रणाली कडा बनाइएको छ भने पछिल्लोपटक ओपीडी खर्चमा सीमा तोकिएको छ । तर यी उपायले दीर्घकालीन समाधान नदिएको बोर्ड स्वयं स्वीकार गर्छ ।

कार्यक्रमलाई जोगाउन बोर्डले चार प्रमुख सुधार प्रस्ताव अघि सारेको छ । औपचारिक क्षेत्रका कर्मचारीलाई अनिवार्य रूपमा बीमामा आबद्ध गराउने, प्रिमियम रकम पुनरावलोकन गर्ने, विभिन्न सामाजिक सुरक्षा कोषलाई एकीकृत गर्ने र सुर्ती, मदिरा तथा चिनीजन्य पदार्थमा लाग्ने करको हिस्सा सिधै स्वास्थ्य बीमा कोषमा ल्याउने प्रस्ताव त्यसमा पर्छन् ।
विशेषज्ञहरूका अनुसार यी सुधार कार्यान्वयन नगरे स्वास्थ्य बीमा कार्यक्रम झन् संकटतर्फ धकेलिने जोखिम छ । सर्वसाधारणका लागि जीवनरेखा मानिएको यो कार्यक्रमलाई दिगो बनाउन अब ढिलाइ नगरी ठोस निर्णय आवश्यक देखिएको छ ।

Previous Post

‘गाउँमै बस्ने वातावरण बनाइदिने नेतालाई भोट’

Next Post

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु
फिचर-ब्यानर

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

२६ जेष्ठ २०८३,
पर्यटकका आर्कषणमा ऐना पहरा
फिचर-ब्यानर

पर्यटकका आर्कषणमा ऐना पहरा

२६ जेष्ठ २०८३,
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
आर्थिक

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण

२६ जेष्ठ २०८३,
करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग
फिचर-ब्यानर

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग

२६ जेष्ठ २०८३,
लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर
समाचार

लेखापरीक्षणले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गम्भीर वित्तीय बेथिति औँल्यायो, ८ करोड ६७ लाखको कारोबारै विवरणबाहिर

२६ जेष्ठ २०८३,
सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ
समाचार

सम्पत्ति छानबिनमा सरकार तयार हुनुपर्ने गगन थापाको भनाइ

२६ जेष्ठ २०८३,
Load More
Next Post
बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In