• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, ६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

    हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

    मनास्लु पदमार्गमा आवातजावत खुला

    मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

के सबैले भिटामिन सप्लिमेन्ट लिनु आवश्यक छ ?

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
१९ पुस २०८२,
0
के सबैले भिटामिन सप्लिमेन्ट लिनु आवश्यक छ ?
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ – आजभोलि भिटामिन सप्लिमेन्टको प्रयोग विश्वव्यापी रूपमा बढ्दो छ। अमेरिकी बजारमा मात्र यसको मूल्य करिब ३२.७ अर्ब डलर रहेको अनुमान छ भने ७४% भन्दा बढी अमेरिकी र दुई तिहाइ ब्रिटिशहरूले आफ्नो स्वास्थ्य सुधारका लागि सप्लिमेन्ट प्रयोग गर्ने स्वीकार गरेका छन्।

तर, के सबैले भिटामिन सप्लिमेन्ट लिनुपर्छ? यसबारे वैज्ञानिक समुदायमा अझै विवाद र बहस भइरहेका छन्। केही अध्ययनहरूले भिटामिन सप्लिमेन्टले कुनै स्पष्ट लाभ नदिन सक्छन् भने कतिपयले अत्यधिक सेवनले स्वास्थ्यमा हानी पुर्‍याउन सक्ने चेतावनी पनि दिएका छन्।

भिटामिन र खनिज के हुन् र किन आवश्यक ?

भिटामिन र खनिजहरू (मिनरल्स) हाम्रो शरीरले आफैं उत्पादन गर्न सक्दैन, तर स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन्। जस्तै, भिटामिन ए आँखाको स्वास्थ्य र छालाका लागि, भिटामिन सी प्रतिरक्षा प्रणालीका लागि र भिटामिन के रगत जम्नका लागि आवश्यक हुन्छ।

यी पोषक तत्त्वलाई माइक्रोन्यूट्रिएन्ट भनिन्छ किनभने शरीरलाई कार्बोहाइड्रेट, प्रोटीन र फ्याटजस्ता म्याक्रोन्यूट्रिएन्टको तुलनामा थोरै मात्रामा मात्र आवश्यक पर्छ।

सप्लिमेन्टले स्वस्थ आहारको विकल्प हुन सक्दैन

कुनै पनि सप्लिमेन्टले सन्तुलित र स्वस्थ आहारलाई पूरै प्रतिस्थापन गर्न सक्दैन। भिटामिनको पूर्ति गर्ने सबैभन्दा राम्रो उपाय भनेको ताजा फलफूल, सागसब्जी, अन्न, मेवा, दूधजन्य पदार्थ र माछा पर्याप्त मात्रामा खाने हो।

तर आधुनिक जीवनशैली र फास्ट फूडको बढी प्रयोगका कारण धेरै मानिसले यस्ता स्वस्थ खानाको सन्तुलित मात्रा लिन सकिरहेका छैनन्। अमेरिकाको कृषि विभागका वरिष्ठ वैज्ञानिक बेस डसन-ह्युग्सका अनुसार “औसत अमेरिकीले आवश्यक फलफूल र सागसब्जीको आधा मात्र सेवन गर्छन्।”

भिटामिन सप्लिमेन्ट कति सुरक्षित र प्रभावकारी ?

सन् १९७० को दशकमा रसायनशास्त्री लाइनस पउलिङले भिटामिन सीको ठूलो मात्रामा सेवनले रुघाखोकी लगायतका रोगको उपचार हुनसक्ने दाबी गरेका थिए। यद्यपि पछिल्लो समय यो दाबी खण्डित भइसकेको छ।

आजका केही इन्फ्लूएन्सरहरूले अत्यधिक मात्रामा भिटामिन सप्लिमेन्ट प्रयोग गर्न सुझाव दिन्छन्, तर यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्छ। अत्यधिक भिटामिन डी सेवनले तिर्खा, बारम्बार पिसाब, बेहोस हुने अवस्था र मृत्यु पनि निम्त्याउन सक्छ। भिटामिन एको अधिक सेवनले टाउको दुख्ने, दृष्टि कम्जोर हुने र कोमा समेत आउन सक्ने जोखिम हुन्छ।

भिटामिन ई धेरै सेवन गर्दा मस्तिष्कघातको जोखिम बढ्ने अध्ययनहरूले देखाएका छन्। हार्वर्ड विश्वविद्यालयकी प्रोफेसर जोआन म्यान्सनका अनुसार, “भिटामिन ईले रगत पातलो बनाउने भएकाले यसको धेरै सेवनले मस्तिष्कमा रगत बग्ने खतरा बढ्छ।”

भिटामिन डी र यसको महत्व

धेरै मानिसले पर्याप्त भिटामिन डी नपाउने समस्यामा छन्। भिटामिन डी हड्डीको स्वास्थ्यका लागि अत्यावश्यक छ। यो भिटामिन हाम्रो छालामा सूर्यको किरणबाट पनि प्राप्त हुन्छ। जाडो महिनामा घाम कम लाग्ने कारण यो पोषक तत्वको कमी हुन्छ।

यूकेको जनस्वास्थ्य निकायले अक्टोबरदेखि मार्चसम्म सबैलाई भिटामिन डी सप्लिमेन्ट लिन सुझाव दिएको छ। अमेरिकामा गरिएको ठूलो अध्ययन (द भाइटल ट्रायल) मा भिटामिन डी सेवनले क्यान्सरबाट मृत्युको जोखिममा कमी ल्याएको देखिएको छ।

मल्टिभिटामिनको प्रभाव

७० वर्षभन्दा माथिका वृद्धहरूले नियमित मल्टिभिटामिन सेवन गर्दा क्यान्सरको जोखिममा केही कमी देखिएको छ। म्यान्सन भन्छिन्, “वृद्ध वयस्कहरूको खानपान कमजोर हुने भएकाले उनीहरूले सप्लिमेन्टबाट फाइदा लिन सक्छन्।”

तर अधिकांश स्वस्थ मानिसहरूले सन्तुलित आहारबाट नै आवश्यक पोषक तत्त्वहरू प्राप्त गर्न सक्ने भएकाले सबैलाई सप्लिमेन्ट लिन आवश्यक छैन।

कसले भिटामिन सप्लिमेन्ट लिनु पर्छ ?

गर्भवती महिलाहरूलाई फोलिक एसिड र मल्टिभिटामिन लिन सिफारिस गरिन्छ।

शाकाहारी वा माछा नखानेहरूले ओमेगा-३ सप्लिमेन्ट उपयोग गर्न सक्छन्।

वृद्धवृद्धा वा केही रोगका कारण पोषण अवशोषणमा समस्या हुनेहरूले सप्लिमेन्टबाट लाभ लिन सक्छन्।

केही औषधिले शरीरमा भिटामिनको अवशोषणमा असर पुर्‍याउँदा सप्लिमेन्ट आवश्यक हुन सक्छ।

भिटामिन र खनिजहरू हाम्रो स्वास्थ्यका लागि अत्यावश्यक हुन्, तर तिनीहरूको सेवन सन्तुलित मात्रामा र आवश्यकताअनुसार मात्र गर्नुपर्छ। अत्यधिक मात्रा लिँदा स्वास्थ्य जोखिम पनि बढ्छ। सबैले भिटामिन सप्लिमेन्ट लिनु जरूरी छैन; स्वस्थ र विविध आहार नै सर्वोत्तम विकल्प हो।

यदि पोषणमा कमी छ भन्ने लाग्छ भने मात्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार सप्लिमेन्ट लिनु उपयुक्त हुन्छ।

अघिल्लो समाचार

त्रिवेणीधाममा माधव नारायण मेला सुरु

अर्को समाचार

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज
कृषि

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो
आर्थिक

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला
आवाज

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्काे थप्न समय दिइने

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

६ कात्तिक २०८३,
भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

६ कात्तिक २०८३,
मनास्लु पदमार्गमा आवातजावत खुला

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
  • टीकाको तेस्रो दिन टीका र आशीर्वाद लिने क्रम जारी, काठमाडौँमा चहलपहल बढ्दै

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन