• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?

    मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य अस्थिर

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

    रास्वपा महाधिवेशन सुरु

    रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

    पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा

    पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

metakhabar by metakhabar
१८ मंसिर २०८२,
0
जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ : सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् ।

परम्परागत बाली धान, मकै, कोदो, गहुँ र आलुको तुलनामा दश गुणा बढीसम्म आम्दानी भएपछि जुनार खेती सबै किसानको रोजाइमा परेको छ । किसानको उत्पादनको प्रचारप्रसार र विश्व बजारसम्म पहुँच विस्तार गर्न स्थानीय सरकारले पछिल्ला वर्ष ‘जुनार महोत्सव’ गर्दै आएका छन् ।

यसवर्ष पनि जिल्लाको पहिचान र गोलञ्जोरको गौरवका रूपमा रहेको जुनारको प्रचारप्रसार तथा व्यवस्थित कृषि सडकको आवश्यकताबारे प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराउन यही मङ्सिर २३ देखि २५ सम्म गोलन्जोर गाउँपालिका–४ तीनकन्या माझकुभिण्डेमा महोत्सव गर्न लागिएको छ ।

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले सिन्धुलीको पहिचानका रूपमा रहेको जुनारखेती अहिले गोलञ्जोरको गौरव बनिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुनारको प्रवर्द्धन, क्षेत्रविस्तार, बजारीकरण, गुणस्तर तथा देश विदेशमा प्रचारप्रसार पु¥याउने यस वर्षको महोत्सवको उद्देश्य हो ।”

जुनार उत्पादन क्षेत्रमा व्यवस्थित सडक नहुँदा बजारसम्म लैजाने क्रममा छिट्टै कुहिएर नष्ट हुने किसानको भनाइ छ । गोलन्जोर क्षेत्रलाई सरकारले जुनार खेतीको ‘सुपर जोन’ घोषणा गरिसकेको छ । सरकारी आँकडा अनुसार यहाँबाट गत आर्थिक वर्ष २०८१÷८२ मा करिब रु ३४ करोडको जुनार बिक्री भएको छ ।

किसानले आफ्नै घर आँगनको बगैँचामा प्रतिकिलो रु ५० देखि ६० सम्ममा बिक्री गर्दै आएको जुनार बजरमा प्रतिकिलो रु ८० देखि १०० मा उपभोक्ताले खरिद गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाको कृषि विकास शाखा कार्यालयका प्रमुख चन्द्रकान्त चौधरीले भन्नुभयो, “पालिकको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षमा यस पालिकाबाट रु ३४ करोड १९ लाख ९० हजार बराबरको जुनार बिक्री भएको छ । जिल्लाबाट समग्रमा रु ३६ करोड ६४ लाख १० हजारको कारोबार देखिन्छ । जिल्लामा जुनार उत्पादनको सम्भावना बढी छ, त्यसैअनुसार क्षेत्र विस्तारको काम पनि भइरहेको छ ।”

जिल्ला जुनार सहकारी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा दोब्बर अर्थात् करिब रु ७५ करोड मूल्य बराबरको वार्षिक कारोबार हुने जनाएको छ । सिन्धुलीमा जुनारखेती पहिलेदेखि हुँदै आएको छ । जिल्लाभरमा एक हजार १०० हेक्टरमा जुनारखेती गरिन्छ ।

व्यावसायिक जुनारखेती ७५० हेक्टर क्षेत्रफलमा छ । हावापानीका हिसाबले गोलञ्जोरका सात वटै वडामा जुनार उत्पादन हुन्छ । गोलञ्जोरमा मात्र एक हजार हेक्टरमा जुनारखेती भइरहेको छ । व्यावसायिक खेती भने करिब ७०० हेक्टरमा भइरहेको कृषि विकास कार्यालयको तथ्याङ्क छ ।

कार्यालय प्रमुख चौधरीले भन्नुभयो, “उत्पादकत्व प्रतिहेक्टर १३ दशमलव शून्य तीन छ । गाँउपालिकामा मात्रै गत आर्थिक वर्षमा नौ हजार १२१ मेट्रिकटन जुनार उत्पादन भएको थियो । उत्पादनको करिब २१ प्रतिशत रोग तथा किराबाट नष्ट हुने तथा कोसेलीका रूपमा बाँडिने गरिएको छ ।

गतवर्ष रु ५५ हजार प्रतिमेट्रिकटनका दरले जुनार बिक्री भएको थियो । बेलाबखत जुनारमा विभिन्न रोग तथा किराको सङ्क्रमणका कारण समस्या देखिने गरेको छ । विगतमा जुनारमा लाग्ने औँसाले किसानलाई ठूलो नोक्सानी पु¥याएको जनाउँदै सरकारको ठूलो लगानी र प्रयासमा त्यसको नियन्त्रण गरेको चौधरीले बताउनुभयो ।

पछिल्ला वर्ष फेरी सुडेपुतलीको समस्या किसानले झेल्नु परेको छ । उक्त पुतलीले फलमा गुलियोपन आउना साथ सुडले रस चुस्ने र त्यसपछि कुहिने समस्या हुने गर्दछ । पुतलीको समस्या नियन्त्रणका लागि विभिन्न प्रयास भइरहेका छन् ।

ढुसीजन्य रोगले पनि जुनार किसानलाई हैरान पारेको छ । अर्कातर्फ जलवायु परिवर्तनको असरले एक हजारदेखि एक हजार २०० मिटर उचाइसम्मका जुनार तथा सुन्ताका बोट सुक्दै गएका छन् ।

बजारीकरणको समस्या छ । किसानले कम मूल्य पाउने तथा उपभोक्ताले बढी पैसा तिरेर खानुपर्ने समस्या पनि उत्तिकै छ । ठूला व्यावसायिक बगैँचा भएका किसानले सिधै बगँैचाबाट सजिलै बेच्न सकिने हुँदा एकमुष्ट पैसा प्राप्त भएपछि किसान खुसी छन् ।

निरन्तर देखिँदै आएका रोगकिराको सङ्क्रमण, विभिन्न रोग नियन्त्रण र बजार लैजाने पहुँच मार्ग कालोपत्र किसानको पहिलो सर्त छ । त्यस क्षेत्रमा व्यवस्थित सडक भएको खण्डमा कृषि पर्यटन विकास र विस्तारको ठूलो सम्भावना छ ।

सिन्धुलीमा उत्पादित जुनार काठमाडौँ, पोखरा, हेटौँडा, जनकपुर, सिरहा, पाँचथर, नारायणगढ, विराटनगर, झापा मात्र नभई सीमा क्षेत्रका भारतीय बजारसम्म पुग्ने गरेको छ । ‘सुपरजोन’ कार्यालयमार्फत जुनार÷सुन्तला किसानले तालिम, नर्सरी सुधार, सिँचाइ, बगैँचा विस्तार, यान्त्रीकरणका लागि सहयोग पाइरहेका छन् ।

गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले जुनार किसानका लागि सडक र बजारीकरण मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि सडक कालोपत्र गर्न प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दैन, पालिकाको बजेटबाट सम्भव भएन । सडकलाई केन्द्रित गरी प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य हो ।”

उपाध्यक्ष न्यौपानेले स्थानीय धापचौकीबाट बाहुनतिल्पुङसम्मको महाभारत क्षेत्रको कृषि सडक कोरिडोरलाई कालोपत्रका लागि सहयोगको अपेक्षा गरिएको बताउनुभयो । सिन्धुलीको महाभारत क्षेत्रका युवालाई जुनार÷सुन्तलाखेतीले केही हदसम्म रोजगारी प्रदान गरेको छ । एक जना किसानको बगैँचामा एक हजार ७०० सम्म जुनारका बोट छन् । एउटा बोटबाट अधिकतम रु २१ हजारसम्मको फल बिक्री भएको तथ्याङ्क छ ।

पछिल्लो समय टाढा–टाढाबाट जुनार÷सुन्तला खेती हेर्न र यससम्बन्धी अध्ययन गर्ने आउनेको सङ्ख्या बढेसँगै ग्रामीण पर्यटन प्रवर्द्धनको सम्भावनासमेत बढेको छ । गोलञ्जोरमा उत्पादन भएका जुनारका कारण फलफूल व्यापारी र अन्य व्यवासायीको पनि आर्थिक उन्नति देखिएको छ ।

जुनार गुणस्तरका हिसाबले टिप्ने मौसम मङ्सिर–पुस भए पनि कात्तिकदेखि फागुनसम्म बोटमा रहने फल हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विगतमा कम उचाइमा फल्ने यो फलले अग्गो ठाँउतिर सर्दै गएको छ ।

जिल्ला जुनार सहकारी सङ्घका अध्यक्ष निर्मल रम्तेलले यही मङ्सिर २३–२५ गते हुने यसवर्षको महोत्सव सिन्धुलीको जुनारलाई चिनाउने र प्रवर्द्धन गर्ने उद्देश्यले राखिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको उत्पादन नौ हजार ५०० मेट्रिकटन हुने अनुमान छ । त्यो भनेको करिब रु ८५ करोड बराबरको जुनार–सुन्तला हो । उत्पादितमध्ये करिब १५ प्रतिशत कोसेलीमा जान्छ । पछिल्लो समय जुनारको क्षेत्र विस्तार र मूल्य बढदै गएको छ ।”

जुनारखेती प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण र चिसान केन्द्र निर्माण भइरहेको छ । जुनारबाट जुसलगायत २१ प्रकारका परिकार बन्छन् । जुनार बगैँचाबाट उठाउँदा थोक मूल्य रु ६५ प्रतिकिलो पाइने जानकारी दिँदै अध्यक्ष रम्तेलले भन्नुभयो, “उपभोक्ताले उपभोक्ताले त्यही जुनार बजार पुगेपछि रु १०० तिरेर लिनुपर्ने अवस्था छ, यो बीचको ‘मार्जेन’लाई घटाउनुपर्ने छ ।”

पछिल्लो समय जलवायु परिवर्तन असरका कारण हुन सक्छ फल लाग्ने र गुणस्तर कायम गर्ने सवालमा उचाइले गडबड गरेको उहाँको भनाइ छ । अहिले आठ सयदेखि एक हजार मिटरसम्मको उचाइमा लागेका दाना दसैँतिहारमा खानयोग्य हुन्छन् भने त्यो भन्दामाथिको मङ्सिर, पुस र माघसम्म रहन्छन् । रुखबाट टिपेर चिस्यान केन्द्रमा राखेको जुनार सुन्तला वैशाखसम्म रहन्छन् ।

सिन्धुलीमा नयाँ प्रविधियुक्त करिब १५ वटा चिस्यान केन्द्र छन् । ती सबैमा गरी करिब एक हजार २०० मेट्रिकटन जुनार भण्डारण गरेर राख्न सकिन्छ । अहिले सिन्धुलीको महाभारत क्षेत्रमा जुनारबारे जानकारी लिन, बगैँचामै पुगेर आफ्नै हातले टिपेर खानेको सङ्ख्या प्रतिदिन बढोत्तरी भएसँगै आन्तरिक ग्रामीण पर्यटन प्रवद्र्धनको सम्भावना बढेको छ ।

अध्यक्ष रम्तेलले भन्नुभयो, “कृषि क्षेत्रको विकास र विस्तारका लागि पनि बाटो र बिजुली सबैभन्दा महत्वपूर्ण छ । यहाँ जुनार सुन्तलाको गुणस्तर राम्रो भएकाले बजारसम्म पहुँच विस्तारका लागि सडक, नवीनतम् प्रविधि हस्तान्तरण, विश्व बजारसम्म पु¥याउने वातावरण बनाइनुपर्छ ।”

देशकै पहिचान बोकेको महत्वपूर्ण फलका रूपमा जुनारको विकास र विस्तार भइरहेकाले अन्तरराष्ट्रिय बजारमा पु¥याउने वातावरण बनाइदिन सरकारसँग माग गर्दै किसानले जिल्लामै जुनार अनुसन्धान केन्द्र स्थापना गरी रोगकिरा नियन्त्रण र ज्ञान सिकाउने वातावरण बनाउन ध्यानाकर्षण गराउँदै आएका छन् ।

जुनार खेतीप्रति युवाको आकर्षण बढेकाले एक जना कृषक परिवारले वार्षिक रूपमा पाँच लाख देखि ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । त्यस्ता किसानले जुनार बेचेरै काठमाडौँमा घर बनाएका मात्र होइन, ठूलो रकम लगानी गरी सन्ततिलाई डाक्टर र इञ्जिनियरिङ पढाउने सफलता मिलेको छ ।

Previous Post

हिमगुण कन्सल्टेन्सी विवादः पोखरेल परिवारमाथि अवैध सम्पत्ति, बैंक झुक्याइ र ठगी आरोपमा विभागले थाल्यो अनुसन्धान !

Next Post

किराँत समुदायको उँधौली पर्व आज, देशभर सार्वजनिक बिदा

metakhabar

metakhabar

सम्बन्धित खबर

एआई डिप्रेसन सिन्ड्रोम के हो, किन नयाँ पुस्ता यसको सिकार हुँदैछ?
आवाज

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

१२ असार २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने ः आईएमओ

१२ असार २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य अस्थिर

१२ असार २०८३,
जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार
आर्थिक

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

१२ असार २०८३,
रास्वपा महाधिवेशन सुरु
फिचर-ब्यानर

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

१२ असार २०८३,
पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा
अन्तर्राष्ट्रिय

पोपद्वारा भेनेजुएलालाई एक लाख युरो सहायता

१२ असार २०८३,
Load More
Next Post
किराँत समुदायको उँधौली पर्व आज, देशभर सार्वजनिक बिदा

किराँत समुदायको उँधौली पर्व आज, देशभर सार्वजनिक बिदा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In