• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित

    हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

किराँत समुदायको उँधौली पर्व आज, देशभर सार्वजनिक बिदा

metakhabar by metakhabar
१८ मंसिर २०८२,
0
किराँत समुदायको उँधौली पर्व आज, देशभर सार्वजनिक बिदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबा। पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ– आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

धान्य पूर्णिमा र योमरी पुन्हि मनाइँदै

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।

योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

योःमरि बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।

नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ ।

मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

Previous Post

जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

Next Post

कस्तो रहला आजको मौसम ?

metakhabar

metakhabar

सम्बन्धित खबर

हर्मुजबारे अमेरिका–इरान सम्झौता अझै अनिश्चित
अन्तर्राष्ट्रिय

हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी

७ भदौ २०८३,
विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर
आर्थिक

विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

७ भदौ २०८३,
युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ
अन्तर्राष्ट्रिय

युरोपका डढेलोले सतहमा ल्याए विश्वयुद्धकालीन विस्फोटक पदार्थ

७ भदौ २०८३,
कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा
समाचार

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा

७ भदौ २०८३,
दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत
समाचार

दुर्गममा प्रशासनिक सेवा विस्तारले कुन्नावासीलाई राहत

७ भदौ २०८३,
पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
समाचार

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

७ भदौ २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

कस्तो रहला आजको मौसम ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In