• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित

    ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

    अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

    सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

जेनजी आन्दोलनका सहिदः सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

metakhabar by metakhabar
७ मंसिर २०८२,
0
जेनजी आन्दोलनका सहिदः सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएका इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । गत भदौ २३ गते जेनजी पुस्ताको आन्दोलनबारे उनलाई खासै जानकारी थिएन् । गाउँकै श्रवण सरदारसँग बजार जाने निधो गरे । उनि घर बनाउने काम गर्दा खुट्टामा चोट लागेर केही दिनदेखि घरमै आराम गरेर बसेका थिए ।

एकछिन बजार पनि पुगेर आउने अनि खुट्टा पनि सामुदायिक स्वास्थ्य केन्द्रमा देखाएर आउँछु भनेर श्रीमती मञ्जुसँग कुरा गरेर उनि घरबाट निस्किएका थिए तर कहिल्यै नआउने गरी बिदा भएर गए । साँझ अबेरसम्म पनि नफिर्किएपछि श्रमिती मञ्जुले श्रवणलाई सोध्दा दिउँसै छुटिएको र पछि खोज्दा आफूले फेला नपारेको श्रवणले भने “खै मोहन त कता जानुभयो, बजारमा आन्दोलन रहेछ, त्यो भिडभाडमा हामी छुट्टियौँ, पछि सम्पर्क हुन सकेन ।” श्रवणका कुराले मञ्जुको मनमा चिसो पस्यो ।

अनि फोन लगाउन थालिन् । फोन ‘स्वीच अफ’ थियो । आफन्त र गाउँका सबैलाई हारगुहार गरिन् । तर, सबैले हाइहाल्नुहुन्छ नी भन्ने जवाफ दिए । नभन्दै उनले पनि बेलुकासम्म त आउनुहुन्छ होला भनेर सोचिन् । तैपनि मन बेचैन भइरह्यो । फेसबुक खोलेर बेलाबेलामा हेर्थिन । त्यही फेसबुकमा गोली लागेर ढलेको भनेर आफ्नै श्रीमान्को भिडियो देखेपछि मञ्जु बेहोस् भइन् । त्यसपछि उनलाई आफन्तले सम्हालेर केही समयपछि होसमा आएको याद छ । अनि, गाउँका सबै जना मोहनको खोजतलासमा लागे । पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखेको सूचना प्राप्त भयो । आफन्त लिएर भोलिपल्ट मञ्जु हेर्न गइन् ।

उनको आठ वर्षअघि विवाह भएको थियो । उनले सुनसरी रामधुनी–८ कै मञ्जुसँग विवाह गरेका थिए । मञ्जुले यति चाँडै श्रीमान् गुमाउँदाको पीडाले उनलाई सम्हालिन धेरै दिनसम्म कुर्नुप¥यो । अहिले पनि उनि श्रीमान्को नाम लिनासाथ आँखाबाट आसु झार्छिन्, अरु केही बोल्न सक्दिनन् । ४० वर्षे पुगेका मोहन र मञ्जुबीच प्रेम विवाह भएको थियो । उनीहरुको एउटी पाँच वर्षकी र अर्की सात वर्षकी छोरी छिन् । घर बनाउने क्रममै उनिहरुबीच चिनजान भयो, अनि मन्दिरमा विवाह भएको थियो । “सँगै मर्ने अनि सँगै बाँच्ने कशम खाएर प्रेम सम्बन्धमा बाँधिएका थियौँ, तर श्रीमान्को अल्पआयुमै मृत्यु हुँदा सारै गाह्रो भएको छ”, २७ वर्षे मञ्जुले भनिन् “सानी छोरी आकृतिले बारम्बार बाको कुरा निकाल्छिन् । उनले बाबाको कुरा निकाल्दा कसरी सम्झाउनु गाह्रो हुन्छ ।”

छोरीलाई मोहन विदेश गएको भनेर ढाँटिएको छ । अब कतिञ्जेलसम्म ढाट्ने ? उनले भनिन् “छोरी आकृतिले पनि विश्वास गरेकी छन् । कुनै दिन वास्तविकता थाहा पाउँदा छोरीलाई कस्तो पीडा होला ?” मञ्जु पनि दुई वर्षसम्म कुबेत बसेर फर्किएका थिए । “छोरीलाई ममी आउनु भो, अनि बाबा जानु भो, भन्ने विश्वास छ”, मञ्जु भनिन् । सात वर्षे जेठी छोरी आरबीलाई पनि बाबुको निधन भएको ज्ञान छ ।

मञ्जुको कुबेत गएर कमाएको र मोहनले मिस्त्री गरेर जोहो गरेको पैसाले ऐलानी जग्गामा एउटा सामान्य घर बनाइएको छ । उनिहरुको जसोतसो घर व्यवहार सामान्य ढङ्गले चलेको थियो । अब भने समस्या निम्तिएको छ । “अब मैले छोरीहरुलाई कसरी पाल्नु ? मलाई जहिल्यै यही कुराले पिरोल्ने गर्छ”, मञ्जुले भनिन् ।

उनि अहिले प्रधानमन्त्री सुशीला कार्कीले जागिर दिने वचन दिएकाले त्यही आशमा छन् । तिहारअघि जेनजी पुस्ताको काठमाडौँमा भेला भएको र त्यो भेलामा झापाबाट जेनजी पुस्ताको अगुवा अञ्जु राईले मञ्जुलाई पनि लिएर गएकी थिइन् । त्यो भेलामा सकेर जेनजीकै अगुवाईमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मृतकका परिवारसहित घाइतेका आफन्तलाई भेट गराइएको थियो । त्यहीबेला प्रधानमन्त्री कार्कीले योग्यताअनुसारको जागिर लगाइदिने वचन दिएको मञ्जुले बताइन् ।

“प्रधानमन्त्रीले जागिर लगाइदिन्छु भन्नुभएको छ, अहिलेसम्म आश गरेर बसेको छु”, मञ्जुले भनिन् “अहिलेसम्म त काम खोज्न पनि गएको छैन, प्रधानमन्त्रीकै आशमा पर्खेको हो ।” काम नगरिकन छोरीहरुका लागि बिहान बेलुकाको गर्जो टार्न नै समस्या हुने भएकाले गर्दा आफ्नो क्षमताअनुसारको काम जेसुकै पाए पनि गर्ने उनले बताइन् । महिला भए पनि उनि सानैदेखि कामकाजी भएकाले गर्दा कुनै समस्या छैन । कुबेतमा पनि दुःखै गरेर आएको हो, काम गर्न कुनै समस्या छैन”, उनले उद्योगी तथा व्यवसायीलाई आग्रह गर्दै भनिन् “मेरा छोरीहरुका लागि मलाई सानोतिनो भए पनि काम दिनुहोस् ।”

उनलाई सरकारले रु १५ लाख उपलब्ध गराइसकेको छ । सरकारले गृह मन्त्रालयमार्फत क्षतिपूर्तिबापत रु १० लाख र काजकिरिया तथा अन्य खर्चका लागि रु पाँच लाख उपलब्ध गराएको हो । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकार र इटहरी उपमहानगरपालिकाले पनि राहत रकम दिने निर्णय गरेको छ । यद्यपि, अहिलेसम्म उपलब्ध भने गराएको छैन ।

सरकारले दिएको पैसा काजकिरिया खर्च गरेर बचेको सबै पैसा छोरीहरुको भविष्यका लागि वचत गरेर राखेको उनले बताइन् । उनि भन्छिन् “जस्तोसुकै कठिन सङ्घर्ष गर्न परे पनि छोरीहरुलाई कुनै अभाव हुन दिने छैन् ।”

छोरीहरुलाई आफ्नो आर्थिक अवस्था कमजोर भएकैले गर्दा घटनापछि दाताकै सहयोगमा इटहरीकै मेरिल्याण्ड बोडिङ् स्कुलमा पढाइरहेको उनले बताइन् । जेनजीको आन्दोलनको पहिलो भदौ २३ गते नै इटहरीमा दुई जनाको मृत्यु भएको थियो । मोहनसँगै प्रहरीको गोली लागेर इनरुवा–६ घर भई आफन्तको घरमा इटहरी बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको पनि मृत्यु भएको थियो ।

Previous Post

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

Next Post

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

metakhabar

metakhabar

सम्बन्धित खबर

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’
मनोरञ्जन

शुक्रबारदेखि प्रदर्शनमा आउँदै ‘आई एम जितबहादुर’

४ असार २०८३,
अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य
अन्तर्राष्ट्रिय

अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने ऐतिहासिक समझदारी, ६० दिनभित्र ठोस सम्झौतामा पुग्ने लक्ष्य

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित

४ असार २०८३,
तापक्रम बढेसँगै तराईको जनजीवन प्रभावित
आवाज

ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री

४ असार २०८३,
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
फिचर-ब्यानर

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

४ असार २०८३,
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
आर्थिक

सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि…

४ असार २०८३,
Load More
Next Post
महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

महेश बस्नेतको विरोधमा दुहबीमा पनि प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In