• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

जलवायु वार्तामा ‘महत्वाकाङ्क्षी सम्झौता’ गर्न संयुक्त राष्ट्रसङ्घका प्रमुखको आह्वान

metakhabar by metakhabar
५ मंसिर २०८२,
0
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा नेपालले स्थिरता र प्रगतिमा अघि बढोसः संयुक्त राष्ट्रसंघ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बेलेममा संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्ता समाप्त हुँनै लाग्दा राष्ट्रसङ्घका महासचिवले बिहीबार राष्ट्रहरूलाई जलवायु परिवर्तन र यसका असरबाट ह्ुने परिणामबारे ‘महत्वाकाङ्क्षी सम्झौता“ मा पुग्न आग्रह गर्नुभएको छ। सम्झौताले विश्वव्यापी तपामान वृद्धि र यसका परिणामलाई दीर्घकालीनरूपमा सम्बोधन गर्न महत्वपूर्ण १.५ डिग्रीको सीमामा सीमित गर्ने लक्ष्यलाई जोड दिनेछ।

आयोजक ब्राजिलले प्रस्ताव गरेको जीवाश्म इन्धनबाट टाढा हुने ‘रोडम्याप’ बाट कमजोर उत्सर्जन–कटौती योजनाहरू, विकासोन्मुख देशहरूका लागि वित्त, र व्यापार अवरोधजस्ता मुद्दाहरू समाधान गर्न करिब २०० देशहरूले बेलेनमा विगत दुई हप्ता बिताएका छन्।

पोर्चुगलका पूर्व प्रधानमन्त्रीसमेत रहेका एन्टिनियो गुटेरेसले जलवायु परिवर्तनका मुद्दालाई आफ्नो विशेष चासोको बिषय बनाउनुभएको छ र यसका लागि सम्झौतामा पुग्न देशहलाई विशेष दवाव दिँदै आउनुभएको छ।

शुक्रबार साँझ शिखर सम्मेलन आधिकारिक रूपमा बन्द हुनुअघि राष्ट्रहरूले नयाँ मस्यौदा वार्ताको पाठ पर्खिरहेका बेला बिहानको पत्रकार सम्मेलनमा उहाँले पत्रकारहरूसँग भन्नुभयो, “विश्वले बेलेमलाई हेरिरहेको छ।”

“बाढीमा डुबेका घरहरू, असफल फसलहरू, जीविकोपार्जन गुमाउने र हामीले अझ कति दुःख भोग्नुपर्छ भन्ने कुरालाई प्रभावको अग्रपङ्क्तिमा रहेका समुदायहरूले पनि हेरिरहेका छन् ।

“कृपया उत्कृष्ठ प्रयासमासंलग्न हुनुहोस्”, उहाँले आग्रह गर्नुभयोे, “‘महत्वाकाङ्क्षी सम्झौता’ मा पुग्न मात्र १.५ डिग्रीको सीमारेखा हुनुपर्दछ।”

जलवायु अस्थिरताको सबैभन्दा खराब प्रभावलाई रोक्न प्रकृतिमा मानवीय हस्तक्षेपका कारण सिर्जना हुने तापमान वृद्धिलाई १.५ डिग्री कायम गर्नु वा कम्तिमा २.० डिग्रीभन्दा कममा सीमित गर्न भएको पेरिस सम्झौताको १० बर्षपछि कोप ३० भइरहेको छ।

परिणामहरुले विश्वले लगभग निश्चित रूपमा १.५ डिग्रीको लक्ष्यलाई मिच्ने लगभग निश्चित देखिएको छ यद्यपि मानवीय हस्तक्षेपले अझै पनि त्यो कति लामो समयसम्म यसलाई धान्न सक्छ भनेर प्रभाव पार्न सक्छ।

ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भा बुधबार उत्तरी शहरमा उडान गरेपछि अमेजनको किनारमा भइरहेको शिखर सम्मेलनको सबैभन्दा कठिन मुद्दाहरूमा प्रारम्भिक सम्झौता गर्न गुटेर्रेसको आह्वान आएको हो ।

त्यो प्रयास असफल भए पनि ब्राजिलका राष्ट्रपति लुलाले फेरि एकपटक आफ्नो ‘रोडम्याप’ लाई जीवाश्म इन्धनबाट टाढा जानुपर्ने बिषयलाई एजेन्डाको शीर्षमा राख्दै आफ्नो “कोप अफ ट्रुथ“ भन्ने बिषयका लागि राजनीतिक पूँजी लगानी गर्नुभएको छ।

यो प्रस्तावलाई ८० भन्दा बढी देशहरूको गठबन्धनले समर्थन गरेको छ तर तेल उत्पादन गर्ने समूहले यसको विरोध गरेको छ।

कमजोर राष्ट्रहरूलाई जलवायु परिवर्तन अनुकूल बनाउन र नवीकरणीय ऊर्जा प्रयोग गर्न मद्दत गर्न विकसित देशहरूलाई थप वित्त उपलब्ध गराउनका लागि विकासोन्मुख विश्वको दबाबलाई लिएर वार्ताकारहरू पनि मतभेदमा छन्।

गत वर्ष बाकुमा भएको कोप २९ शिखर सम्मेलन विकसित राष्ट्रहरूले जलवायु वित्तमा एक वर्षमा ३०० अर्ब डलर प्रदान गर्न सहमत भएका थिए, यो तथ्याङ्कलाई विकासोन्मुख देशहरूले निकै अपर्याप्त भन्दै आलोचना गरेका थिए।

आर्थिक अवरोध र बढ्दो ऋणको सामना गरिरहेका युरोपेली सङ्घका धेरै देशहरूले थप पैसाको माग गर्न बाध्य पार्ने बिषयमा विमति जनाउँदै आएका छन्।

कमजोर राष्ट्रहरूले निर्णायक कार्यलाई सक्षम बनाउने अर्थपूर्ण वित्त प्रदान गर्न असफल भएमा अस्तित्वगत परिणामहरू हुने चेतावनी दिइरहेका छन् ।

“हामीले संलग्न भएका छलफल र वार्ताको अर्थ मेरा नातिनातिनाको भविष्य सुरक्षित हुन सक्छ वा हाम्रा टापुहरू हराउन सक्छन् भन्ने बिषयमा समाधान पहिल्याउनु हो,” पलाउका कृषि, मत्स्यपालन र वातावरण मन्त्री स्टिभन भिक्टरले बिहीबार भन्नुभयो ।

Previous Post

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

Next Post

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
लाइसेन्स छपाइ र वितरण अनिश्चितकालका लागि बन्द

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In