• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, December 7, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

    राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

    निर्वाचन आउन ८८ दिन बाँकी, समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

    नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

    आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

metakhabar by metakhabar
१ मंसिर २०८२,
0
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गरे ।

अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक दलप्रति मात्र नभई समग्र समाज र निजी क्षेत्रप्रति आक्रोशका रूपमा समेत प्रकट भएको हो । “विकासमा समावेशिता नहुँदा र बेरोजगारीका कारण युवाहरूमा जमेको पीडा आन्दोलनमा प्रतिबिम्बित भएर आएको हो”, उनले भने ।

अर्थमन्त्री खनालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने दायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै भने, “सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गर्छ । सुशासन, भ्रष्टाचार नियन्त्रण र नागरिकलाई सम्मानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नु आफैँमा सुरक्षा हो ।”

उनका अनुसार हालैको आन्दोलनले करिब रु ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भएका प्रारम्भिक विवरण आएको छ । देशभरका ५५ जिल्लामा करिब दुई हजार ९०० भवनहरू क्षतिग्रस्त भएको सरकारी तथ्याङ्कमा उल्लेख छ ।

जेनजी आन्दोलनका क्रममा भएका क्षतिको पुनर्निर्माणका लागि सरकारले चालु आर्थिक वर्षको बजेटबाट एक खर्ब २० अर्ब बराबरको स्रोत जुटाएको जनाउँदै अर्थमन्त्री खनालले उक्त रकम पुनर्निर्माणका लागि पर्याप्त हुने विश्वास व्यक्त गरे । उनले तत्काल पुनस्र्थापना कार्य अघि बढाइने धारणा राखे ।

अर्थमन्त्री खनालले इमानदार व्यवसायीलाई अनावश्यक झमेला हुने पूर्ण लेखापरीक्षण ९फुल अडिट० अब नहुने बताउँदै कर प्रणाली सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । “अर्थतन्त्र ठूलो बन्ने हो भने कराधार स्वाभाविक रूपमा बढ्छ । त्यसका लागि व्यावसायिक गतिविधि विस्तार गर्न आवश्यक छ”, उनले भने ।

उनले पुँजी बजारमा रहेका केही संरचनागत समस्याहरू समाधान गर्न सके बजार थप चलायमान बन्ने विश्वास व्यक्त गरे । निजी क्षेत्र र सरकारका बीच प्रभावकारी समन्वय आवश्यक रहेकामा उनले जोड दिए । अहिले संसद् सञ्चालनमा नरहेकाले केही आवश्यक कानुन ल्याउन नसकिएको बताउँदै अध्यादेशमार्फत दीर्घकालीन प्रकृतिका कानुन ल्याउन पनि कठिनाइ भइरहेको खनालले उल्लेख गरे ।

अर्थसचिव घनश्याम उपाध्यायले अहिले रोजगारी केन्द्रित लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । उनले राजस्व प्रशासनलाई बलियो बनाउँदै ‘फेसलेस अडिट’को व्यवस्था गरिनुपर्ने आवश्यकता औँल्याए । करदाताका सबै गुनासो र समस्या सुन्न मन्त्रालय सधैँ तयार रहेको बताउँदै अर्थसचिव उपाध्यायले रोजगारी केन्द्रित लगानीमा जोड दिनुपर्ने, राजस्व प्रशासनलाई आधुनिक बनाउनुपर्ने उल्लेख गरे ।

राजस्व सचिव भूपाल बरालले राजस्व लक्ष्य हासिल गर्न चुहावट नियन्त्रण, प्रशासन सुधार, करदातासँग समन्वय र सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग अत्यावश्यक रहेको बताए । उनका अनुसार कर्मचारीको छिटो–छिटो सरुवा हुने प्रचलनले नतिजामा आधारित काममा समस्या आउने गरेको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनले उठाएका मुद्दाहरू सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, असल नियतका भए पनि त्यस क्रममा उद्योगी–व्यवसायीका निजी तथा व्यावसायिक संरचनामा गरिएका आक्रमण अस्वीकार्य भएको बताए । उनले निजी क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने, धन्दा बिगार्ने र आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए ।

ढकालले हाल बजारमा प्रशस्त तरलता भए पनि ठूला आयोजनाहरू समयमा सम्पन्न नहुनु र धेरै कम्पनीका आइपिओ रोकिएको अवस्थाले निजी क्षेत्र निराश भएका बताए । यस वर्षको कर दिवस ‘कर प्रणालीको सार, लगानीको आधार’ भन्ने नारासहित मनाइएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

Previous Post

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

Next Post

‘एन्टिबायोटिक’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाव

metakhabar

metakhabar

सम्बन्धित खबर

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा
आर्थिक

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

२१ मंसिर २०८२,
धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु
फिचर-ब्यानर

धादिङमा ७ सवारी एकै ठाउँमा ठोकिँदा घाइते भएका ७० जनामध्ये २ को मृत्यु

२१ मंसिर २०८२,
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव
फिचर-ब्यानर

निर्वाचन आउन ८८ दिन बाँकी, समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

२१ मंसिर २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

२१ मंसिर २०८२,
आवाज

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

२१ मंसिर २०८२,
नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र
आर्थिक

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

२१ मंसिर २०८२,
Load More
Next Post
‘एन्टिबायोटिक’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाव

‘एन्टिबायोटिक’को जथाभावी प्रयोग नगर्न चिकित्सकको सुझाव

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In