• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक

metakhabar by metakhabar
१ मंसिर २०८२,
0
दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर। बिहानीको सूर्योदय । पहेँलिदै र रातो हुँदै पारि आकाशमा विस्तारै सूर्यको आकार देखिने सूर्योदयको मनमोहक दृश्य, सूर्यको उदाउँदो किरणले राताम्मे बनेर टल्किएका हिमाल । अनि किनै बेरपछि हरिया डाँडामा देखिने बादल र शिरमा देखिने लामा टल्किएका हिमाली दृश्य । यी अहिले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोटको डाँडाबाट देखिने दृश्य हुन् ।

सूर्योदयदेखि सूर्यास्तसम्म, विश्वको अग्लो हिमाल सगरमाथादेखि विभिन्न आकर्षक १० हिमाली दृश्य अवलोकनको केन्द्रविन्दु बनेको नगरकोट अचेल आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रमुख गन्तव्य बन्दै गएको छ ।

नगरकोटसँगै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारयण मन्दिरसहितका सम्पदालाई पर्यटन प्रवर्द्धनका माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले गत वैशाख १ गतेदेखि आगामी चैत मसान्तसम्मका लागि आयोजना गरेको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले पर्यटकलाई थप आकर्षित बनाएको छ ।

पर्यटकीय क्षेत्र नगरकोट जाने मुख्य सडक ११ वर्षसम्म निर्माण कम्पनीले अलपत्र पारेपछि करिब रु १७ करोडको लागतमा उक्त मार्ग नगरपालिकाले कालोपत्र गरेसँगै नगरकोट जान सहज भएपछि पर्यटकहरूको आगमन बढेको पर्यटन व्यवसायी बताउँछन् ।

नगरकोट बसपार्कसँगै रहेको होटल मेरिगोल्डका सञ्चालक एवं पर्यटन व्यवसायी गोकुल लामिछानेले ११ वर्षदेखि सुस्ताएको पर्यटन व्यवसाय सडक कालोपत्र गरेपछि फस्टाएको बताए । यसअघि यहाँको पर्यटन व्यवसाय सडककै कारणले सुस्ताएको थियो । एघार वर्षसम्म एउटा ठेकेदारले सडक मात्रै अलपत्र पारेन, सिङ्गो पर्यटन व्यवसाय नोक्सानमा पारेको उनको भनाइ छ ।

लामिछानेले भने, “सडककै कारणले नगरकोट आउने पर्यटक घटेका थिए, सोही कारण व्यवसायीले मार खेप्नु पर्‍यो तर अहिले चाँगुनारायण नगरपालिकाले भ्रमण वर्ष सुरु गरेसँगै नगरप्रमुख जीवन खत्रीको नेतृत्वमा सडक कालोपत्र गराएपछि पर्यटकको आगमन बढेको छ, यहाँका व्यवसायीमा अहिले उत्साह थपिएको छ ।”

नगरकोटस्थित होटल चौतारीका सञ्चालक एवं पर्यटन व्यवसायी बद्रि माकले पर्यटकको आगमनले व्यवसायमा लगानी थप गर्न आँट आएको बताए । विसं २०७२ को भूकम्पले भत्किएको होटललाई नयाँ स्वरुपमा निर्माण गरेर व्यवसायमा लगानी बढाएको बताउँदै उनले बिदा र शुक्रबारको दिन अग्रिम बुकिङ नगरे ठाउँ पाउन मुस्किल पर्ने उल्लेख गरे ।

नगरकोटका होटलदेखि डाँडाहरूबाट देखिने सूर्योदय, सूर्यास्त, सगरमाथा र हिमाली दृश्यहरूले पर्यटकको मन आनन्दित बनाउने बताउँदै उनले आन्तरिक पर्यटक एक रात बसेर जाने र बाह्य पर्यटकहरू तीन–चार दिनसम्म नगरकोटमा रमाउने जानकारी दिए ।

नगरप्रमुख खत्रीले भूकम्प, कोरोना र अलपत्र सडकका कारण थिलथिलो बनेको यहाँको पर्यटन व्यवसाय अहिले चलायमान बन्दै गएको बताए । सरकारले नगरकोट सडकको ठेक्का रद्द गरेलगत्तै नगरपालिकाले तीव्र गतिमा भक्तपुर–नगरकोट १४ किलोमिटर सडक कालोपत्र सम्पन्न गराएपछि पर्यटकको आगमन बढेको उनको भनाइ छ ।

नगरप्रमुख खत्रीले भने, “चाँगुनारायणबाट नगरकोटसम्म यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू छन् । त्यसैले नगरले निर्णय गरेर नगरकोट सडकको स्तरोन्नतिका लागि बोलपत्र आह्वान गरेर तीव्र गतिमा निर्माण सम्पन्न गरायौँ, यहाँको पर्यटन व्यवसायको विकास र प्रचारप्रसारका लागि नगरकोट भ्रमण वर्षको सुरुआत गरेका छौँ, पर्यटकको आगमनले व्यवसायी उत्साहित हुनुहुन्छ ।”

चाँगुनारायण, मण्डनदेउपुर र बनेपा नगरपालिकाको समन्वयमा पर्यटन प्रवर्द्धनका लागि संयुक्त रूपमा गुरुयोजना निर्माण गरी अगाडि बढ्ने सहमति बनेको बताउँदै भ्रमण वर्ष सफल पार्न सबै नगरपालिकाको क्रियाशीलता रहेको उनले उल्लेख गरे ।

नगरकोटमा सामान्य, मध्यमवर्गदेखि उच्च तहका व्यक्तिहरू बस्न सक्नेगरी सामान्यदेखि पाँचचारे र साततारेसम्मका होटलहरू सञ्चालनमा आएका जनाउँदै नगरप्रमुख खत्रीले नयाँ होटलहरू पनि धमाधम थपिँदै गएका बताए ।

“नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गराउन सरकारसँग संवादमार्फत पहल गरिरहेका छौँ । पर्यटन प्रवर्द्धनका लागि प्रदेश र केन्द्रीय सरकारसँग पनि पहल गर्दै जाने छौँ”, नगरप्रमुख खत्रीले भने । नगरकोटको प्रकृति, संस्कृति र समुदायलाई बचाउँदै यस क्षेत्रका बस्ने, महसुस गर्ने, सिक्ने, प्रचारप्रसार गर्ने र अनुसन्धान गर्ने विषयमा योजनाबद्ध काम गर्दै जाने उनले बताए ।

पर्यटन व्यवसायी एवं होटल पिसफुल नगरकोटका सञ्चालक रामशङ्कर ध्वजुले यहाँ पर्यटकको आगमन बढेपछि व्यवसायीले होटलमा लगानी बढाउन थालेका बताए । नगरकोटको विकासमा भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाले लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।

काठमाडौँबाट ३२ किलोमिटर उत्तर–पूर्वमा र भक्तपुर नगरबाट २० किलोमिटर पूर्वमा अवस्थित नगरकोट समुद्री सतहबाट दुई हजार १७३ मिटर उचाइमा छ । व्यवसायी ध्वजुका अनुसार विश्वको सर्वोच्च शिखर सगरमाथासहित लाङटाङ, दोर्जे लाक्पा, धौलागिरि, कञ्चनजङ्घा, मनास्लु, गणेश, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालुलगायत विश्वका उत्कृष्ट हिमशृङ्खलाहरू यहाँबाट देख्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकनका लागि पनि प्रसिद्ध मानिन्छ ।

प्राकृतिक सुन्दरता, हिमशृङ्खलाको मनोरम दृश्य, शान्त वातावरण, सूर्योदय–सूर्यास्तको अनुपम सौन्दर्य, र सांस्कृतिक विविधताको सङ्गमका रूपमा परिचित छ । यहाँबाट लाङटाङ, गणेश, हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँसम्म कि मौसम अनुकूल भएमा माउन्ट एभरेष्टसमेत देख्न सकिन्छ ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले एक दिनमा फरकफरक मौसमको अनुभूति गर्न पाइने नगरकोट हिमाली दृश्य, सूर्योदय र सूर्यास्तमात्रै नभई यहाँका हरियालीले भरिएको घना वनजङ्गल, पाखा–पखेरा, घाँसेमैदान र खुल्ला प्राकृतिक वातावरणले पर्यापर्यटनमा समेत आकर्षण बढाएको बताए ।

यहाँका गुरुङ, तामाङ, शेर्पालगायत जातिको स्थानीय संस्कृतिले पनि पर्यटकलाई सांस्कृतिक अनुभव दिनुका साथै आकर्षित गर्ने उनले बताए । यहाँका ट्रेकिङ मार्ग, साइकलिङ ट्रेल, घरबास, साहसिक खेलहरूलगायत विविध किसिमका पर्यटकलाई आकर्षित गर्ने गतिविधिका कारण बहुपक्षीय पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको उनले उल्लेख गरे ।

‘नगरकोट भ्रमण वर्ष–२०८२’ ले नगरकोटलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन ठूलो भूमिका खेलेको अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । उनले यीयस्ता विशेषताका कारण पर्यटकलाई नगरकोटतर्फ आकर्षित गर्नुका साथै स्थानीय व्यवसायीहरूलाई पनि उत्पादन र सेवा सुधार गर्ने अवसर प्रदान गरेको बताए ।

Previous Post

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

Next Post

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

metakhabar

metakhabar

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In