• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, January 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

    राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    ‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

    वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

    अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढे

by
२९ भदौ २०७९,
0
कैलालीमा समुदायस्तरमै फैलिन थाल्यो डेंगु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – जिल्लामा पछिल्लो समय डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन्। जिल्ला अस्पतालमा मात्रै साउनयता एक सय ४० जनामा स्क्रब टाइफस र १३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको अस्पतालका हेल्थ असिन्टेन्ट हेमन्त खडायतले जानकारी दिए।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा डेङ्गु र स्क्रब टाइफस सङ्क्रमित फेला पर्न थालेका स्वास्थ्य कार्यालयले जनाएको छ। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिको परीक्षण गर्दा डेङ्गु र स्क्रब टाइफस देखापर्ने गरेको हो। परीक्षण नगराएका व्यक्तिमा समेत डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण हुनसक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

जिल्ला अस्पतालमा हाल दैनिकरूपमा डेङ्गु र स्क्रब टाइफसका बिरामी फेला पर्न थालेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। डेङ्गु र स्क्रब टाइफस लक्षण देखिए समयमा नै अस्पतालमा जाँच गर्नुपर्ने र स्वास्थ्य संस्थामा जाँच गरेपछि मात्रै सङ्क्रमण बारेमा जानकारी हुने उनको भनाइ छ।

अस्पतालले ज्वरोका प्रत्येक बिरामीमा डेङ्गु र स्क्रब टाइफस छ कि छैन भनेर परीक्षण गरिरहेको अस्पतालका प्रमुख डा दीपेश श्रेष्ठले जनाए। उनले भने, ‘केही सङ्क्रमितलाई अस्पतालमा भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ, दैनिकरूपमा नै देखिनुले यसको जोखिम निकै बढी देखिएको छ, यसबाट बच्न जरुरी छ।’

पछिल्लो समय दिनप्रतिदिन यहाँ डेङ्गु र स्क्रब टाइफसका बिरामी देखिन थालेपछि यस जोखिम पनि बढ्दै गएको छ। अहिले गाउँगाउँमा ज्वरोका बिरामी रहेकाले तीमध्ये कसैलाई डेङ्गु र स्क्रब टाइफससमेत हुनक्ने भएकाले परीक्षण गर्न भनिएको छ।

वर्षात्मा पानीका मुहान सफा नहुँदा पानीजन्य रोग देखापर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। यो समयमा किर्नालगायतका किराले टोक्ने भएकाले स्क्रब टाइफसका बिरामी पनि देखिने गरेका हुन्। पशुचौपाया घुलमिल हुँदा किर्नाले टोक्ने त्यसपछि स्क्रब टाइफस देखिने गरेको र स्क्रब टाइफसले ज्यानै लिन सक्छ।

‘माइट’ नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्। साथै एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा डेङ्गु रोग सर्छ। मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, सास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ।

यसैबीच स्वास्थ्य कार्यालयले डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि सचेतनामूलक र सरसफाइ अभियान सञ्चालन गरेको छ। डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको लार्भा भेटिएकाले सदरमुकाम क्षेत्रका पानी जम्ने ठाउँ पहिचान गरेर सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।

Previous Post

ज्याकलिनलाई सोध्न प्रहरीले तयार पार्‍यो प्रश्न सूची

Next Post

आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

सम्बन्धित खबर

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना
आवाज

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

७ माघ २०८२,
‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’
आवाज

‘निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस्’

७ माघ २०८२,
केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन
फिचर-ब्यानर

केन्द्रीय सुरक्षा समितिको बैठकःसुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

७ माघ २०८२,
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
अन्तर्राष्ट्रिय

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

७ माघ २०८२,
प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा
समाचार

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० उम्मेदवार मैदानमा

७ माघ २०८२,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ९५ हजार नाघ्यो

७ माघ २०८२,
Load More
Next Post
आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

आर्मेनिया–अजरबैजान युद्ध, ४९ आर्मेनियाली सैनिक मारिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In